© २०२३
सामाजिक क्षेत्रमा क्रियाशिल एक गैर सरकारी संस्था सामाजिक विकास मञ्च कपिलवस्तुले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले विष्णुप्रसाद खतिवडा अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा विष्णु प्रसाद अधिकारी, सचिवमा देवी प्रसाद बेल्बासे, सहसचिवमा कमला पौडेल र कोषाध्यक्षमा रामप्रसाद पौडेललाई सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी अधिवेशनले सदस्यहरूमा रेश्मा पाण्डेय, हुमा पौडेल, टीका उपाध्याय, मनकला वि.क., मित्रलाल गिरी र मोहम्मद मुस्तफालाई सर्वसम्मत चयन गरेको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद अर्जुन कुमार के.सी ले नयाँ पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिंदै सामाजिक क्षेत्रमा सामाजिक विकास मञ्चको पहिचानलाई अझ उँचो पार्न सबैसँग हातेमालो गर्नुपर्ने सुझाव दिएका थिए । छोटो समयमा सामाजिक क्षेत्रमा पहिचान बनाउन सफल भएकोमा प्रसंशा गर्दै आगामी दिनमा यसको संस्थागत विकास र समाज हितमा नयाँ समिति सशक्त भएर लाग्नुपर्नेमा जोड दिए ।कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जिसी, वडा ५ का वडाध्यक्ष अर्जुनबहादुर पाण्डेय, व्यापार संघका अध्यक्ष महादेव पोखरेल, हिमपात कृषि सहकारीका अध्यक्ष शिवराज सुवेदी, नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष दीपक खडका लगायतले नयाँ पदाधिकारीहरूको कार्यसफलताको शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्ष खतिवडाले संस्थाको गरिमा जोगाउन र सामाजिक रूपान्तरणमा सबैसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । खतिवडा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखाका अध्यक्ष समेत रहेका छन् ।