ट्रेंडिंग:

>> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
मुख्य खबर

चरा संघर्षको बिम्ब

सानो माटीकोरे चराले ठोडले माछा समातेर हाँगामा बसेको तस्बिर निक्कै प्रेरणामूलक लाग्यो । ‘शिक्षाप्रद फोटो छ,’ उनले भने, ‘चरालाई पनि बा“च्न कति संघर्ष गर्नु पर्छ भनेर देखाएको छ ।’ त्यो तस्बिर खिच्न कत्ति धैर्यता ? राख्नु प¥र्यो होला ।
२ फाल्गुन २०७९, मंगलवार
२ फाल्गुन २०७९, मंगलवार

कपिलवस्तु- नेचर गाईड अनिल चौधरीलाई सुईरोठूँडे चरा उड्दै गरेको तस्बिर देखेपछि मन छोयो । अचम्म मान्दै आल्हादित बने । ‘तस्बिरमा उस्तै सार्पनेश छ,’ उनले भने, ‘पखेटा फिजाएर उन्मुक्त वातावरणमा उड्दैछ ।’ मुभमेन्टमा तस्बिरमा कैद गर्नु सामान्य कुरा होईन् । ४ वर्षदेखि चरा देखाउ“दै आएका उनले भने तस्बिरको जीवन्तताबारे जति बखान गरेपनि कम हुन्छ । उनी जस्तै वन डिभिजन कार्यालयका जिल्ला वन अधिकृत विजयराज सुबेदीले सानो माटीकोरे चराले ठोडले माछा समातेर हा“गामा बसेको तस्बिर निक्कै प्रेरणामूलक लाग्यो । ‘शिक्षाप्रद फोटो छ,’ उनले भने, ‘चरालाई पनि बा“च्न कति संघर्ष गर्नु पर्छ भनेर देखाएको छ ।’ त्यो तस्बिर खिच्न कत्ति धैर्यता ? राख्नु प¥र्यो होला । त्यसैले यस्को उत्कृष्टताको सीमा छैन् ।

चरा पर्यटन प्रबद्र्धन र चरा संरक्षणमा सचेतना गर्न विश्व सिमसार क्षेत्रमा सूचिकृत जगदीशपुर तालमा चरा फोटो प्रर्दशनी भयो । २७ औं विश्व सिमासार दिवश तथा दशौं चरा महोत्सवका अवसरमा आयोजित प्रदर्शनीमा १९ फोटो प्रर्दशनी गरिएका थिए । १५ प्रजातिका १७ चराका रंगीन तस्विरका साथै दुई वटा जगदीशपुर तालका सौम्य र मनमोहक तस्बिर प्रर्दशन गरिएको थियो । २० वाई ३६ ईन्च लम्बाई चौडाईको तस्विर चार फिट अग्लो फ्ल्याकमा भुण्डाईएको थियो । प्रर्दशनीका तस्बिर जगदीशपुर ताल र आसपास खिचिएका थिए । डिभिजन वन कार्यालयको सहयोगमा गच्छामी मिडिया ग्रुपद्वारा आयोजित प्रर्दशनीमा चराको तस्बिर देखेर स्थानीय निक्कै रोमाञ्चित बनेका थिए । उत्साहित र उमंगित बनेका थिए । आफूलाई मन पर्ने चराभन्दै धेरै तस्बिर खिचाएका थिए । कतिपयले टिकटक बनाएका थिए । ‘तालमा कहिले काही छोटो समयकालागि देखिन्थ्यो,’ स्थानीय यमलाल उपाध्यायले भने, ‘यहा“ धित मार्ने गरि देख्न पाउदा खुसी लाग्यो ।’ प्रर्दशनीमा सुइरोठू“डे, चखेवाचखेवी, सुनजुरे, मरुल र खोयाहा“सका तस्बिर पनि समावेश थिए ।

भु“डीफोर गुरुड, सेतो सा“वरी, सानो जलेवा, ठूलो जलेवा र फुस्रो बकुल्लाका तस्विर पनि प्रर्दशन गरिएको थियो । त्यस्तै जलअप्सरा, सानो माटीकोरे, सारस, सिलसिले र डुबुल्कीचराका तस्बिर छन् । तस्बिरमा स्थानीय रैथानेदेखि आगन्तुक र विश्वका दुर्लभ चरा छन् । निक्कै कम अक्सिजन हुने सगरमाथाभन्दा माथी ९ हजार ३७५ मिटरमाथी उड्दै आउने खोयाहासका तस्बिर पनि छन् । त्यस्तै तालबाट देखिएको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको तस्बिर पनि रहेकोछ । पृष्ठभूमिमा ताल र पाहु“ना चरा, पहाड र सेताम्य हिमालको संयोजन तस्बिर छ । हिमालको तस्बिर देखेपछि स्थानीय सुरिता चौधरी अचम्म परिन् । ‘हामी यहीको बासिन्दा अझैसम्म हिमाल देखेका छैनौ,’ उनले भनिन्, ‘तस्बिर प्रर्दशनीबाट हिमाल देखिएको थाहा पाउ“दा खुसी छौं ।’ होम स्टे चलाएको छु । अब जगदीशपुर चरामात्रै हिमालपनि देखिन्छ भनेर पर्यटकीय प्रडक्ट बनाउ“छु उनले भनिन् ।

‘चराको कलरव जलक्रिया, चिरविराहट र जलविहारका उत्कृष्ट संयोजन तस्बिरमा देखाईएकोछ,’ प्रजिअ शंकरहरि आचार्यले भने, ‘यस्ले मावन जीवनलाई ऊर्जा दिन्छ ।’ रोमाञ्चित बनाउ“छ । एउटा चरादेखि उडदै गरेको बथानको तस्बिर छन् । अधिकान्स तस्बिर फोटोपत्रकार मनोज पौडेल र केही तस्बिर फोटोपत्रकार बृजेश जयसवालले खिचेका थिए । चराहरुको स्वर्ग मानिने जगदीशपुरमा चरा फोटो प्रर्दशनी गरिएको थियो । एक हजार बढी चरा अवलोकन गरेका थिए । तालले नेपालमा सबैभन्दा बढी पानी चरालाई आश्रय दिदै आएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?