© २०२३
बुटवल माघ । – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले आवधिक योजना निर्माण प्रकिया शुरु गर्न लागेको छ ।
आवधिक नगर विकास सम्बन्धि एक दिने योजना तर्जुमा अभिमुखिकरण गरि भुमिकास्थानले पन्चबर्षिय योजना निर्माणको थालनी गरेको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै भुमिका स्थानका नगरप्रमुख झविलाल थापाले अहिले सम्म स्थानिय सरकारले अबलम्बन गर्ने गरेको आयमा आधारित निति बनाउने गलत प्रवृतिलाई हटाएर खर्चमा आधारित निति ल्याई भुमिकास्थानलाई विकासमा नमुना बनाउने अभियान स्वरुप पन्चबर्षिय योजना बनाउन लागिएको जानकारी कार्यक्रममा दिए ।
केन्द्रबाट आउने बजेट र आन्तरिक स्रोतबाट प्राप्त बजेटलाई बाँडफाँड गरि योजना संचालन गर्ने आम प्रवृतिले स्थानिय सरकारको लक्ष्य र नागरिकको समस्या समाधान हुन नसक्ने बताएका थिए । उनले पन्चबर्षिय योजना निर्माणमा आफ्ना राय सुझाव दिन सरोकारवालापक्षलाई आग्रह समेत गरे ।
लुम्बिनी प्रदेश सुशासन केन्द्रको वित्तिय सहयोग अलान इन्टरनेश्नल सर्भिसेस काठमाडौंको प्राविधिक सहयोगमा आयोजित अभिमुखिकरण कार्यक्रममा बिषय विज्ञको तर्फबाट शहरी योजना तथा विकास व्यवस्थापनका टिम लिडर वि.के.महर्जन र मन्डुबाबु अधिकारीले आवधिक योजना निर्माणको प्रक्रिया र फाइदाको बारेमा पहिलो चरणको प्रस्तुती दिनुभएको अलान ईन्टरनेस्नल का कार्यकारी निर्देसक उदय भट्टराईले जानकारी दिए ।
।कार्यक्रममा बिकास ब्यबस्थापन का टिम लिडर बिके महर्जन र मन्डुबाबु अधिकारीले नेपालको संविधानले संघ र स्थानिय सरकार बलियो तथा प्रदेश सरकार समन्वयको भुमिकामा रहने व्यवस्था गरेपनि त्यसको कार्यान्वयन फितलो भएको उहाँहरुको भनाई छ । स्थानिय तहलाई सरकारको भुमिकामा काम गर्न दिनुपर्ने र पालिकाले बिषयगत शाखालाई स्थानिय सरकारको मन्त्रालयको हैसियतमा जिम्मेवारी दिएमा मात्रै नेपालको समृद्धि हुने उहाँहरुको तर्क रहेको छ ।
भुमिकास्थान नगर उप–प्रमुख बालकृष्ण बन्जाडे,प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेल,स्थानिय राजनितिक दलका प्रतिनिधि,वडाध्यक्ष,कार्यपालिका सदस्य,पत्रकार,नागरिक समाज,गैह्र सरकारी संस्थाका प्रतिनिधि तथा पालिकामा कार्यरत कर्मचारीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा योजनाशाखा प्रमुख हरिशचन्द्र भुसाल , कम्प्युटर अपेटर शेषकान्त घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए । पन्चबर्षिय योजना निर्माणभएपछि त्यसैको आधारमा नगरपालिकाले निति निर्माण,बजेटको व्यवस्थापन,बाँडफाँड र कार्यान्वयन गर्नुपर्ने प्राबधान रहेको छ ।