ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
मुख्य खबर

सिमसार खोज्दै

सिमसारको जलचक्र र जैविक विबिधता मात्र नभई मावन जिवनलाई पनि सहज बनाउने उद्देश्य राखी सिमासार बनाउने र संरक्षणमा नगरपालिकाले चाँसो देखाउदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पहिलो कार्यकालका तत्कालिन नगरप्रमुख धिरज शर्मा बस्यालकै बेला देखी सिमसारलाई महत्वका साथ नगरपालिकाले संरक्षण ब्यवस्थापनमा काम गर्दै आएको छ ।
२८ माघ २०७९, शनिबार
२८ माघ २०७९, शनिबार

नवलपरासी, माघ – जिल्लाका कतिपय स्थानिय तहले सिमसार पोखर पुर्ने र पुर्वाधार बनाउने तर्फ केन्द्रित भए पनि जिल्लाको वर्दघाट नगरपालिकाले सिमसार बन्ने स्थानलाई सिमसार बनाउनमा लागेको छ । सिमसारको महत्व सम्झदै विगत बर्ष देखी नै सिमसार बनाउने काममा प्राथमिकता दिएको हो पालिकाले बन जंगल होस वा सार्वजनिक स्थल यदि पानी जम्ने स्थानलाई सिमसारको रुपमा विकास गर्दै लैजाने कार्यलाई निरन्तरता दिएको छ ।

सिमसारको जलचक्र र जैविक विबिधता मात्र नभई मावन जिवनलाई पनि सहज बनाउने उद्देश्य राखी सिमासार बनाउने र संरक्षणमा नगरपालिकाले चाँसो देखाउदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पहिलो कार्यकालका तत्कालिन नगरप्रमुख धिरज शर्मा बस्यालकै बेला देखी सिमसारलाई महत्वका साथ नगरपालिकाले संरक्षण ब्यवस्थापनमा काम गर्दै आएको छ । सो सिमसार ब्यवस्थापनमा अहिले पनि नगरपालिकाले निरन्तरता दिदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । सिमसार संरक्षण कार्यले प्रत्यक्ष फाईदा कम भए पनि परोक्ष रुपमा मानिसको जिवनमा ठूलो योगदान पुर्याउदै आएको उनले बताए । सिमसार संरक्षण,ब्यवस्थापन र बनाउने संक्ने स्थानमा थप सिमसारको विस्तार कार्य वर्दघाट नगरपालिकाले गर्दै आएको छ,उनले भने,यस्तो कार्य अन्य नगरपालिका र गाउपालिकाले समेत गर्दै लैजानु पर्छ ।

सिमासारसँग मानिसको मात्र जिवन जोडिएको हुदैन,उनले थपे,पृथ्वीका हरेक प्राणीको जिवनसँग यसले सरोकार राख्छ । सिमासर एक आफैमा सम्पदा हो,यसको संरक्षण,विस्तार अति आवश्यक छ । उनका अनुसार अहिले धेरै सामुदायिक बन भित्र सिमासर बन्ने आधार देखिए त्यसलाई सिमसारको रुपमा विकास गर्नका लागि नगरपालिकाले प्रोत्साहित गर्दै आएको छ । केही सामुदायिक बन आफै पनि सिमसार बनाउदै आएका छन् । यसको प्रत्यक्ष उदाहरण समान्य खाल्टो भएको स्थानलाई पारिजात सामुदायिक बन समुहले पारिजात सिमसारको रुपमा विकास थालेको छ । त्यसै गरि चिसापानी सामुदायिक बनले पनि सिमसार बनाउदै आएको छ । वर्दघाट नगरपालिका भित्रै संसारकोट बाउन्नघोल सिमसारको रुपमा विकास गरेकोछ । यसले बन्यजन्तुलाई पिउने पानीको स्रोत बनेको छ । पिउने पानी बन जंगल भित्र भए पछि बन क्षेत्रमा बन्यजन्तुको संख्या पनि वृद्धि गर्दै गएको छ । सिमसारमा जम्मा हुने पानी भन्दा बढि सतहमा पानी जम्मा हुदा नहरको संरचना बनाई सिचाईका लागि पनि नगरपालिकाले जलको सदुपयोग गर्ने गरेको छ ।

यिनै सिमसारलाई आधार बनाई हाल नगरपालिकाले ‘खुल्ला चिडियाघर’को अवधारणा समेत अगाडी सारेको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जनाए । उनका अनुसार नगरपालिकाको पुर्वपश्चिम महेन्द्र लोकमार्ग देखी उत्तर तर्फको सामुदायिक बन क्षेत्र रहेको छ । उतm बन क्षेत्र पुर्व पश्चिम चार किलोमिटर र उत्तर दक्षिण ५ सय मिटर देखी ३ किलोमिटरसम्म फैलिएको छ । महेन्द्र राजमार्ग देखी ३ सय मिटर देखी ५ सय मिटर उत्तर तर्फ रहेको छ । वर्तमान अवस्थामा चिसापानी क्षेत्रमा ४ घिा ४ कट्ठामा पानी रहेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट बन्यजन्तुलाई पानी खुवाउनका लागि पोखरीको निर्माण गरिएको तर सुदृणिकरण गर्न बाकी नै रहेको उनले बताए ।
पुर्वाधार विकासले तत्काल केही समयका लागि फाइदा पुर्याए पनि सिमसारले पुस्तौ पुस्तालाई फाईदा पुर्याउछ । भौतिक पुर्वाधारले मरुभुमिकरणको वृद्धि गराउछ । जलवायु परिवर्तनमा प्रतिकुल असर पार्छ । जैविक विविधतालाई ह्रास गर्छ । तर सिमसार संरक्षण र विस्तारले जलबायु अनुकुलनमा मद्दा पुर्याउछ । बर्षेनी बढदै जाने पृथ्वीको तापक्रमलाई नियन्त्रण र अनुकुलनमा मद्द पुर्याउछ । सिमासर ब्यवस्थापन कार्यमा नगरपालिकासँगै स्थानियबासी,सामुदायिक बन उपभोतmाले पनि चाँसो लिएर काम गर्दै आएको नगरपालिकाका इन्जिनियर किसोर चौधरीले बताए । तर सिमसार ब्यवस्थापन गर्दा पक्कि संरचना बनाएर उपयोग गर्नु भन्दा जैविक संरचनालाई प्राथमिकतामा राखे अझै उपयुतm र प्रभावकारी हुदै जाने उनको भनाई थियो । पानीको बहार रोकेर पानी जम्मा गर्दा बनाईने पर्खाल,बाँधमा ढुगाँको पर्खालमा सिमेन्टको प्रयोग भन्दा माटोबाटै जोड्ने,काठ बाँसको प्रयोग गरि अझै जैविक विविधताले स्थान पाउने उनले बताए ।

नेपालको संविधान २०७२ ले तीन तहका सरकारबाट सिमसार क्षेत्रको बुद्धिमानी र उचित उपयोगको परिकल्पना गरेको छ । यस सन्दर्भमा, जलस्रोत संरक्षण र बहुउपयोग नीति र मानक तथा सिमसार क्षेत्र, कार्बन सेवा तयार गर्ने अधिकार संघीय सरकारलाई छ । खानेपानी प्रयोग र जैविक विविधता अख्तियार प्रदेशलाई दिइएको छ । संघ र प्रदेशको समवर्ती सूची अन्तरराज्यीय पानीको उपयोग, खानेपानी, सीमा नदी, नदी मार्ग हो। जलाधार, खानेपानी र साना जलविद्युत, जैविक विविधता स्थानीय सरकारको मातहतमा छन् । संघ, प्रदेश र स्थानीय सरकारबीचको साझा सूचीमा विद्युत, खानेपानी, सिँचाइ, पानीको उपयोग र जैविक विविधता समावेश छ । नेपाल सरकारले सिमसार संरक्षणका लागि थुप्रै कानुनी र नीतिगत व्यवस्था बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?