© २०२३
बुटवल, २७ माघ । रुपन्देहीको योगिकुटीमा जारी आठौंं मणिमुकुन्द रनिङ शिल्ड भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ गुल्मीलाई हराउदै नवलपुर फाईनल प्रबेश गरेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा नबलपुरले शरूका २ सेट जितेर गुल्मीलाई दवाबमा राखेको थियो । तर गुल्मीले पुन: एक सेट जितेपछि खेल रोचक बनेको थियो ।
दर्शकको पुरै समर्थन रहेको गुल्मीका खेलाडीको खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा फाईनल दाबेदार टिम बाहिरिएको हो । खेलमा २३–२५, १९–२५, २५–१९ र १९–२५ अंक सहित जिल्ला भलिबल संघ नवलपुरले जिते संगै फाईनल प्रबेश गरेको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नवलपुरका खेलाडी अशोक श्रेष्ठ म्यान अफ दी म्याच हुन सफल भएका छन् । उनलाई नगद सहित सम्मान गरिएको आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भन्डारीले बताए । अबको खेल जिल्ला भलिबल संघ पर्बत र जिल्ला भलिबल संघ स्याङजा बिच हुने खेल संयोजक सुरेन्द्र गुरूङले बताए । प्रतियोगिताको फाइनल खेल भोलि हुने छ ।