© २०२३
बुटवल,२६ माघ । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा तिलोत्तमामा जारी आठौं अन्तर जिल्ला पुरूष भलिबल प्रतियोगितामा बिहीबार भएका खेलमा गुल्मी, नवलपुर र बागलुङ बिजयी भएका छन् ।
जिल्ला भलिबल संघ बागलुङ र जिल्ला भलिबल संघ म्याग्दी बिच भएको खेलमा बागलुङ बिजय भएको छ । बागलुङले म्याग्दीलाई सोझो सेटमा हराउदै बिजयी भएको हो । बागलुङले २५ –१७, २५– १६ र २५– १७ अंकको जित निकालेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गकेको भन्दै बागलुङका सुर्य बिक म्यान अफ दी म्याच हुन सफल भएका छन् ।
यस्तै जिल्ला भलिबल संघ रूपन्देही र जिल्ला भलिबल संघ नबलपुर बिच भएको खेलमा नबलपुर बिजय भएको छ । नवलपुरले २८–२६, २६– २४ गरी दुई सेट जितेको हो भने नबलपुरलाई तेस्रो सेट भने रूपन्देहीले २४ मा रोक्दै २६ अंक सहित जितेको थियो । चौथो सेट भने पुन नवलपुरले २५ – २० अंकमा बनाएर नबलपुर बिजय भएको हो ।
खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका नवलपुरका खेलाडी सन्तोष राना म्यान अफ दी म्याच हुन सफल भएका छन् ।
यस्तै जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पाल्पा बिच भएको खेलमा सोझो सेटमा पाल्पालाई हराउंदै गुल्मी जिल्ला भलिबल संघ बिजयी भएको छ । गुल्मी २५–१९, २५–१५ र २५–१९ ले बिजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रीय खेलाडी कुल बहादुर (हरी ) थापा म्यान अफ दी म्याच हुन सफल भएका आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।
२८ गतेसम्म चल्ने प्रतियोगितामा भलिबल खेलप्रेमी दर्शकको उत्साहजनक सहभागिता रहेको छ । दर्शकहरु २ सय रुपैयांको टिकट काटेर दुईवटा प्याराफिटमा खचाखच भरिएका छन् ।