© २०२३
बुटवल, माघ २५ । रुपन्देहीको तिलोत्तमामा सम्पन्न दोस्रो जिल्लास्तरीय ज्ञानगंगा अण्डर १६ रनिङशिल्ड छात्र ब्याडमिन्टन प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ स्कुल बुटवलले जितेको छ । रुपन्देहीका २२ विद्यालयका ४४ छात्र सहभागी प्रतियोगिताको फाइनलमा ग्रीन प्लान्ट बोर्डिङ स्कूल देवदहलाई उपविजेता बनाउंदै एभरेष्टले उपाधि जितेको हो । प्रतियोगितामा न्यू होराइजन बोर्डिङ स्कुल बुटवल र सिद्धार्थ बोर्डिङ स्कूल तिलोत्तमा ४ तेस्रो भएका छन् । प्रतियोेगितामा एभरेष्टका संजोग थापा मगर बेस्ट प्लेयर अफ द टुर्नामेन्ट र सिद्धार्थका सुशान्त पन्थी उदियमान खेलाडीका रुपमा पपुरस्कृत भए । अनुशासित टिममा गार्गी एकेडेमी घोषित भएको विद्यालयका शिक्षक कुलचन्द्र पुरीले जानकारी दिए ।
विजयी खेलाडीहरुलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम पाण्डे, प्रबन्ध निर्देशक युवराज न्यौपाने, प्राचार्य चन्द्र अधिकारी,प्रतियोगिता संयोजक एबं अतिरिक्त क्रियाकलाप प्रमुख मिलन रानाले नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरेका थिए । बिजेताले ८ हजार, दोस्रोले ४ हजार र तेस्रो हुने २ टिमले २ हजार नगद पुरस्कार पाएका छन् । पहिलो संस्करणको उपाधी बुटवलको दीप बोर्डिङले जितेको थियो । प्रतियोगिताको उद्घाटन रुपन्देही ५ का सांसद एवं तिलोत्तमाका संस्थापक मेयर बासुदेव घिमिरेले गरेका थिए ।