ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

अन्तर्राष्ट्रिय स्नुकर यात्रामा रेगनको छलाङ

अष्ट्रेलियाको सिड्नीमा जारी वर्ड स्नुकर च्याम्पियनसिप २०२३ मा समुह चरणमा दुई खेलमा जित र एक खेलमा हारसहित उत्कृष्ट नतिजा निकाल्दै उनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
२५ माघ २०७९, बुधबार
२५ माघ २०७९, बुधबार

बुटवल, २५ माघ ।

लगन र निरन्तरता भए खेलबाट उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् बुटवलका अंकितमान श्रेष्ठ (रेगन) । एक दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलेका रेगन नेपालको स्नुकर बरियतामा एक नम्बरमा छन् । बुटवलमा हुने क्लब, जिल्लास्तरका प्रतियोगिता हुँदै उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय मन्चमा आफ्नो क्षमता प्रदर्शन गर्न सफल भए । बुटवल उपमहानगरपालिका वडा नं. ५ का स्थायी बसिन्दा उनी स्नुकर खेलमा सानैबाट रुची लिने गरेको आफन्तहरु बताउँछन् ।

विश्वमा नै चर्चित खेल स्नुकर प्रतियोगिता खेल्न रेगन अहिले अष्ट्रेलिया छन् । सिड्नीमा जारी वल्र्ड स्नुकर च्याम्पियनसिप २०२३ मा उनी आफनो पौरख देखाउँदैछन् । उनले समूह चरणको खेलमा अष्टे«लियाका ग्लेन विल्किनिसन र ग्रेक जेन्किन्सलाई हराएका छन् । यु–१९ को विश्व च्याम्पियन थाइलैण्डका श्रीपापपोर्न नौथाखाम्जनसंग भने उनी हारे । समूह चरणको ३ वटा खेलमध्ये २ मा ७३ को ब्रेकको मद्दतले उनी दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा विश्वभरका २६ देशका १ सय ५५ जना खेलाडीहरु सहभागी रहेका छन् । रेगनले काठमाडौमा सम्पन्न पहिलो र दोस्रो रंगशाला च्याम्पियन १५ र १६ मा भाग लिएका थिए । नेपालबाट प्रतिनिधित्व गर्दै नाम्ची विन्टर स्नुकर च्याम्पियन सिक्किम भारतको उपाधि चुमेका थिए । यसैगरी काठमाडौमा भएको चामुण्डा खुल्ला स्नुकर च्याम्पियनसिपमा उनी उपाधि विजेता हुन् । काठमाडौमा भएको चक्र लामा एण्ड किसन लामा मेमोरियल कप स्नुकर, साफ च्याम्पियनसिप सेलेक्सन २०१९ को उनी बिजेता हुन् । यसैगरी म्यानमारमा भएको विश्व स्कनुकर फेडेरेसन च्याम्पियन २०१८ मा उनी नकआउट चरणसम्म पुगेका थिए । सार्क च्याम्पियनसिप बंगलादेश २०१९ मा इर्मेजिङ प्लेयरबाट पुरस्कृत भएका थिए । सार्क च्याम्पियनसिप बंगलादेश २०२१ मा क्वाटरफाईनलसम्म पुगेका थिए । कतारमा भएको एशियन स्नुकर च्याम्पियनसिप २०२२ मा उनि नकआउट चरणसम्म खेले । यसैगरी युकेमा भएको विश्व स्कुलर च्याम्पियनसिप २०२२ मा उनि सहभागी भएका थिए ।

खेलप्रेमी होम बहादुर क्षेत्रीले नेपालकै गौरबका रुपमा रहेका रेगन ईतिहास रच्न लागेको बताए । बुटवल वडा नं ५ अमरपथका स्थाई बासिन्दा उनि स्नुकरमा भविष्य खोजिरहेका छन । महङ्गो खेल भएको र राजामहाराजाहरुले सुरुवात गरेकाले पनि यस खेलप्रति आम नागरिकको नकारात्मक धारणा भएको भएपनि पछिल्लो समयमा भने यो खेलबाट पनि नाम र दाम कमाउन सकिने भएकाले युवा पुस्ताहरुको आर्कषण बढेको उनी बताउँछन् । दैनिक २ घण्टा यो खेल खेलेमा करिब २ किलोमिटर बराबरको शारीरिक ब्यायाम हुने गर्दछ भने एउटा खेलाडीको मानसिक क्षमता बढाउन तथा अनुसाशन पालनाका लागि समेत सहयोग मिल्ने उनको दाबी छ ।

स्नुकर खेलाडी तथा रेगनका नजिकका साथी सन्जय कार्की स्नुकर खेल विकासमा लगानीको अभाव रहेको बताउँछन् । अन्तर्राष्ट्रिय रुपमा ब्यावसायिक मानिने स्नुकर खेलमा सरकारको लगानी न्युन हुँदा खेलाडीहरुमा निरासा भएको बताउँछन् । एउटा खेलाडी अन्तर्राष्ट्रिय प्लेटफर्ममा खेल्न जाँदा नीजि लगानी गर्नुपर्ने बाध्यता रहेको उनले दुःखेसो गरे । रुपन्देही स्नुकर तथा पुल संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले रुपन्देही स्नुकर खेलको उवर्रभुमी भएको बताए । संस्थागत रुपमा संगठन र प्रतियोगिता गरेर युवा खेलाडीहरुलाई प्लेटफर्म दिदै आएको उनले बताए ।

ब्यावसायिक खेलाडी उत्पादन गर्दै आएको स्नुकर दुई वर्ष कोभिड संक्रमणका कारण सेलाएको उनले बताए । यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातानुकुलित रुपमा सुविधासम्पन्न जिल्ला संघमा आवद्घ ३ दर्जन स्नुकर हाउसहरु छन् । स्नुकर खेललाई ब्यवस्थित गर्दै युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित जिल्ला संघ संस्थागत रुपमा आचारसंहिता, नियमहरु बनाएर अघि बढेको उनले बताए । स्नुकर अन्तर्राष्ट्रिय नाम कमाएको भएपनि नेपालमा भने खेलले गतिलिने चरणमै रहेको छ । रुपन्देहीबाट सारंग राना, कसिस क्षेत्री, शिशिर लामा, सुबिन थापा लगायत आधा दर्जन बढी नेपालका रेकिङ खेलाडीहरु उत्पादन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?