ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

ज्ञानगंगामा जिल्लास्तरीय अण्डर १६ रनिङशिल्ड ब्याडमिन्टन शुरु

२५ माघ २०७९, बुधबार
२५ माघ २०७९, बुधबार

बुटवल, २५ माघ ।  

रुपन्देहीको तिलोत्तमामा दोस्रो जिल्लास्तरीय अण्डर १६ रनिङशिल्ड ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

तिलोत्तमा–४ स्थित ज्ञानगंगा पाठशालाको आयोजनामा भएको प्रतियोगिताको रुपन्देही–५ का प्रतिनिधि सभा सदस्य बासुदेब घिमिरेले उद्घाटन गरे ।   घिमिरेले कोरोना महामारीको कारण शैक्षिक र अतिरिक्त क्रियाकलाप प्रभावित भएको उल्लेख गरे । खेलकुदले विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यमा राम्रो प्रभाव पार्ने हुदा विद्यालय तहमा खेलाइने खेलकुद प्रतियोगिताहरुको ठुलो महत्त्व हुने बताए । खेलकुदको बिकासमा तीन वटै तहका सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिंदै उनले शिक्षा र खेलकुद सम्बन्धि कानुन निर्माणमा आफुले सकारात्मक भुमिका खेल्ने बताए ।

प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले निजि क्षेत्रबाट सँचालित शैक्षिक संस्थाहरुले मुलुकको शैक्षिक स्तर र खेलकुदमा ठुलो योगदान दिएपनि सरकारले निजि विद्यालयमा पढेका विद्यार्थीलाई छात्रवृत्तिमा भेदभाव गरेकाले उच्च शिक्षाको लागि विद्यार्थी बिदेश जाने परिपाटीले बर्सेनि अरबौं रुपैयाँ बिदेशिएको हुंदा त्यसलाई रोक्नुपर्ने बताए ।

अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, तिलोत्तमा ४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्री लगायतले स्वास्थ्यका लागि मात्रै नभई देशलाई बिश्व सामु चिनाउन खेलकुदको भुमिका हुने चर्चा गरे ।

विद्यालय प्राचार्य चन्द्र अधिकारीले जिल्लामा विद्यालय स्तरमा अन्य खेलकुद प्रतियोगिता हुने गरेपनि अण्डर १६ ब्याडमिन्टन प्रतियोगिता आफुहरुले शुरूवात गरेको बताए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषि पाण्डे, प्रबन्ध निर्देशक युवराज न्यौपाने, शिक्षक कुलचन्द्र पुरी लगायतले विद्यार्थीको सर्वाङगीण विकासका लागि विद्यालयले शैक्षिकसंगै खेलकुद गतिविधिलाई समान महत्व दिएको बताए ।

प्रतियोगिता संयोजक एबं अतिरिक्त क्रियाकलाप प्रमुख मिलन रानाले दोस्रो संस्करणको प्रतियोगितामा २२ विद्यालयका ४४ खेलाडी सहभागी रहेको बताए । बिजेताले क्रमश: ८ हजार, ४ हजार र २ हजार नगद पुरस्कार मेडल र प्रमाणपत्र पाउनेछन् । पहिलो संस्करणको उपाधी बुटवलको दीप बोर्डिङले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?