ट्रेंडिंग:

>> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा

नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार

२४ माघ २०७९, मंगलवार
२४ माघ २०७९, मंगलवार

काठमाडौँ ।

नेपालमा आयोडिनयुक्त नुनको मात्रा शरीरलाई चाहिने भन्दा बढी प्रयोग भएको पाइएको छ । शरीरमा आयोडिनको मात्रा चाहिने भन्दा बढी रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसको मात्रा घटाउने तयारी गरेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले आयोडिनको मात्रा हिमाल, पहाड र तराईका जनतालाई समेट्ने गरी कति मात्रामा नुनमा आयोडिन तोक्ने भनेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकको अध्यक्षतामा बसेको स्टान्डराइजेशन कमिटीको बैठकले छलफल गरिरहेको उनले बताए ।

यस्तै, काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सको समूहले गरेको अनुसन्धानबारेको लेख तथा अमेरिकाको द न्यूयोर्क एकेडेमी अफ साइन्सको जर्नल एनल्समा उल्लेख गरिएअनुसार नेपालमा चाहिनेभन्दा बढी आयोडिनयुक्त नुन विभिन्न खाद्य बस्तुबाट खाने गरेका पाइएको छ ।

हालै देशका सात जिल्लाका भान्साबाट दुई हजार ११७ नुनका नमुना सङ्कलन गर्दा ९८ प्रतिशत घरमा आयोडिनयुक्त नुन प्रयोग गरिएको पाइयो । जसमध्ये करिब ८४ प्रतिशत नमुनामा अत्यधिक आयोडिन पाइएको थियो । १३ प्रतिशत नमुनामा पर्याप्त आयोडिन र करिब एक प्रतिशतमा आवश्यक मात्राभन्दा कम आयोडिन रहेको पाइएको थियो ।

यस्तै, सन् २०१६ मा गरिएको माइक्रो न्युट्रियन्ट सर्भेका अनुसार ४० पीपीएम भन्दा बढी आयोडिन विभिन्न खानामार्फत खाने कुल जनसङ्ख्याको ६७ प्रतिशत छ । प्याकिङ हुँदा आयोडिनको मात्रा ५० पीपीएम राखिन्छ । तर, १५ देखि ४० पीपीएमसम्म मानव स्वास्थ्यका लागि आवश्यक पर्छ ।

यसरी शरीरमा आयोडिनको मात्रा आवश्यक भन्दा कम वा बढी भएमा स्वास्थ्यमा असर पुर्‍याउने चिकित्सकहरूको भनाइ छ ।  आवश्यकभन्दा बढी आयोडिन खाएमा थाइराइड हर्मोनलाई गडबडी गराउने फिजिसियन डा. रोशनकुमार झा सुनाउँछन् । थाइरोइड हर्मोनहरु शरीरमा हुने पोषक तत्त्वहरू पाचन गर्ने प्रक्रिया र शारीरिक तथा मानसिक वृद्धिका लागि आवश्यक पर्छ ।

थाइरोइडलाई उत्प्रेरित गर्ने हर्मोन घटबढ भएमा दिमाग, पिट्युटरी, थाइरोइडलाई उत्प्रेरित गर्ने हर्मोन, थाइरोइड ग्रन्थि, मांसपेशी, थाइराइड हर्मोनहरु मुटु, कलेजो, मिर्गौलालाई असर गर्छ । डा.झाका अनुसार आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्त्व हो । आयोडिनले थाइरोइड ग्रन्थिबाट थाइरोइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाको लागि यो हर्मोन अत्यन्त जरुरी छ ।

आयोडिनको मात्रा घटाउने तयारी
पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले बाहिर कुनै पनि चिकित्सकले तथा कुनै विद्यार्थीले पास गर्ने क्रममा आयोडिनको मात्रा कति कति प्रयोग गरिएकोबारे भएको  अनुसन्धानबाट आएका सबै निचोडले देशलाई प्रतिनिधित्व गर्न नसक्ने दाबी गर्छन् ।
‘देशभरिको प्रतिनिधित्व हुनुपर्छ । कुनै ठाउँमा गरिएको नमुना सङ्कलनले मात्रै  हुँदैन,’ उनले भने ।

सरकारले ६ देखि ८ कक्षासम्म पढ्ने विद्यार्थीको पिसाब जाँचेर हेर्दा आयोडिनको मात्रा, आयोडिन एक्रेयस्न युरिन कति गयो भनेर हेर्दा धेरै आयोडिन खाएको नदेखिएको उनको दाबी छ । यद्यपि २०७७ सालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न रिपोर्टका आधारमा नुनमा आयोडिन मिसाउने विषयमा पुनरावोलन गर्नुपर्ने बताएको थियो ।

आयोडिनको मात्रा बढी भएर हाइपर थाइराइराडिजम रोग लाग्ने दर बढ्दै गएको इन्ड्रोक्राइनोलोजिष्टहरुले बताउँदै आएका छन् । हाइपर थाइराइराडिजम रोग भन्नाले आयोडिन शरीरमा बढी भएर हुने रोग हो ।
पोषण शाखाका प्रमुख थापाका अनुसार नेपालमा प्राकृतिक रूपले आयोडिन पाइँदैन । हिउँ र वर्षाको कारणले धेरैजसो पहाडी तथा तराई भूभागको माटो रहेको आयोडिन पखालिनुका साथै माटोमै  उपलब्ध हुँदैन । नेपालको भौगोलिक बनोट र वातावरणीय कारणले गर्दा खाद्यपदार्थमा आयोडिनको कमी हुन्छ, जसले गर्दा पर्याप्त मात्रा आयोडिनको मात्रा नहुने उनले बताए ।

त्यही आधारमा पहाड, हिमाल र तराई क्षेत्रमा कसरी, कति आयोडिनको नुन सेवन गर्छन् भन्ने कुराका आधारमा आयोडिनको मात्रा तोकिने उनले बताए । भन्छन्, ‘सहरी क्षेत्रमा जति धेरै खानेकुरा परिकार खायो, त्यति धेरै नुन सेवन गरिन्छ ।’ नुनको प्याकेटमा उत्पादन हुँदा कम्तीमा ५० पीपीएम आयोडिन हुन्छ । पसलसम्म आइपुग्दा कम्तीमा ३० प्रतिशत र भान्सासम्म पुगेर सेवन गर्दा कम्तीमा १५ पीपीएम हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । अव सम्बन्धित निकायले आयोडिनको पीपीएम परिमार्जन गर्ने क्रममा रहेको उनले बताए ।

शरीरमा आयोडिन कम हुँदा हुने असर
परिवार कल्याण महाशाखाका अनुसार नेपालमा ११.९ प्रतिशत घरहरूमा ढिके नुन तथा ४.१ प्रतिशत घरहरूमा खुल्ला रूपले विक्री हुने धुलो नुनको प्रयोग भइरहेको छ । जसमा पर्याप्त मात्रामा आयोडिन हुँदैन । यस्ता नुनमा आयोडिन राम्ररी मिसाउन सकिँदैन । यसको तिखोखाले बनावटले गर्दा यस्ता नुनलाई प्लास्टिकको प्याकिङ सामग्रीमा प्याकिङ गर्न पनि नमिल्ने शाखाका प्रमुख थापाले बताए ।

त्यसैले यी नुनमा आयोडिन मिसाए ता पनि ढुवानी गर्ने, विक्री गर्ने र भण्डार गर्ने क्रममा राखिएको आयोडिन उडेर नाश हुने उनको भनाइ छ । विशेष गरी ढिके नुन फोहोर हुन्छ ।  आयोडिन शरीरमा कम भएमा गर्भ तुहिने, मरेको बच्चा जन्मने, अविकसित, शारीरिक विकलाङ्ग, बालबालिकाहरूमा हाइपरथाररोइज्म, पढाइमा कमजोर र सुस्त मनस्थिति, शारीरिक कमजोरी हुने लगायत समस्या हुने प्रमुख थापाले बताए ।

यस्तै, वयस्क गलगाँड, हाइपरथइरोइडिज्म र मानसिक क्षमतामा कमी, शारीरिक तथा सामाजिक समस्या, शक्तिमा कमी, निद्रा लाग्ने, अल्छी लाग्ने, दिमागले कम नगर्ने सुस्त मनस्थिति, शारीरिक विकास नहुने बामपुडके, बहिरो आदि, बोलीको विकास नहुने आदि समस्या देखिने उनले बताए ।

यद्यपि नेपालमा नुनकै कमीले गलगाँड, पुड्कोपन लगायतका समस्या कति जनामा देखिएको छ भन्नेबारे यकिन तथ्याङ्क सरकारसँग छैन । उनले पकाएका खानामा नुन हाल्दा ३० देखि ७० प्रतिशत आयोडिन नष्ट हुने तर नपकाई नुन छर्केर खाने खानाहरूमा आयोडिनको मात्रा बढी हुने समेत जानकारी दिए । दुई बालबालिका चिन्ह भएको आयोडिनयुक्त नुन ९६ प्रतिशत घरधुरीले सेवन गर्ने गरेको पोषण शाखाले जनाएको छ ।

कुन उमेर समूहलाई आयोडिनको मात्रा कति ?
यसै क्रममा नेपालमा पछिल्लो समय तोकिएको आयोडिनको मात्रालाई परिमार्जन गरिने भएको छ । किनकि आवश्यकभन्दा धेरै आयोडिनयुक्त नुनको खानाका विभिन्न परिकारमार्फत सेवन गर्ने क्रम बढेको पाइएको छ ।
परिवार कल्याण महाशाखाका अनुसार ०–५९ महिनाका बालबालिकालाई ९० माइकोग्राम आयोडिन सेवन गर्नुपर्छ । यस्तै, ६–१२ वर्षका बालबालिका १२० माइक्रोग्राम, वयस्क उमेर समूहकालाई १५० र महिला गर्भवती तथा सुत्केरीलाई २५० माइक्रोग्राम आवश्यक पर्छ ।
भारतमा गरिएको एक अध्ययनले प्रायः मानिसले खानामार्फत खाएको आयोडिन नुन ३० देखि ७० प्रतिशत  खाना पकाउँदा नष्ट हुने देखाएको छ । नेपालमा पनि धेरै नेपालीले पकाउनुभन्दा पहिला नुन पहिला राखेर प्रेसर लगाएर पकाउने चलन छ । त्यसरी पकाएर नुनिलो स्वाद आए पनि आयोडिन भने उड्ने भएकाले पकाउँदा ध्यान दिन उनको आग्रह छ ।

एडीएचएसका अनुसार नेपालमा ढिके नुनको आयात न्यून अर्थात् १० प्रतिशत मात्रै भित्रिने गर्छ । यद्यपि भारत, नेपाल खुल्ला सिमानाबाट आयोडिन मात्रा ज्यादै कम तथा नभएको नुन प्याकेट र ढिके नुन  ठुलो मात्रामा नेपाल भित्रिने पोषण शाखाका एक कर्मचारीले बताए । जसले गर्दा नेपालका लागि अर्को चुनौती थपिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?