© २०२३
नवलपरासी माघ- जिल्लाको सुनवल ७ ज्यामिरे चारपाला स्थित बुद्धशान्ति साझेदारी बन क्षेत्रका नेपाल विद्युत प्राधिकरणले भोगाधिकार नपाउदै काम थालेको प्रति स्थानियले विरोध जनाएका छन् । अन्य संघसस्थाले बन क्षेत्र भित्र कुनै स सानो कार्य गर्दा भोगाधिकार खोज्ने डिभिजन बन कार्यालयले भोगाधिकार नल्याउदै काम थालेको तर बन कर्मचारी मौन रहेको प्रति स्थानियले आक्रोस समेत पोखेका हुन् ।
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लुम्बिनी प्रादेशिक कार्यालयले साझेदारी बन क्षेत्र भित्र १३२/३३/११ के.भी. सब स्टेसन बनाउने र बन क्षेत्र भित्रै विद्युत प्रशारण लाईन विस्तार कार्य अगाडी बढाएको स्थानिय रामभवन यादवले बताए ।
नेपाल विद्युत प्राधिकरणले सो कार्यका लागि ठेक्का समेत लगाई सकेको छ,उनले भने,बन भित्र धेरै पोल गाडि सकिएको छ ।
नेपाल विद्युत प्राधिकरणले १० करोड ४९ लाख बजेट विनियोजन गरि काम गरिरहेको छ,तर सरकारबाट बनको जग्गा प्रयोग गर्ने भोगाधिकार ल्याएको छैन् । प्राधिकरणले गत कातिक २४ गते वातावरणिय अध्ययन प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सुचना गरेको थियो ।
बन क्षेत्रको वातावरणिय अध्ययन प्रतिवेदनका लागि रिम्स नेपाल कन्सल्टेन्सि सर्भिसज कलकी काठमाडौले गरेको थियो । सो सस्थाले दिइएको प्रतिवेदन देखाउदै विद्युत प्राधिकरणले काम गर्दै आएको छ । कसैले भोगाधिकारबारे जिज्ञासा राख्दा पनि प्राधिकरणका कर्मचारीले सोही प्रतिवेदन देखाउदै आएका छन् । प्रतिवेदनको आधारमा डिभिजन कार्यालयले कुन आधारमा काम गर्न दिएको छ ।
बन भित्र भोगाधिकार बिना नै काम कसरी भई रहेकोबारे डिभिजनल बन अधिकृत महेन्द्रराज बाग्लेसँग सम्पर्क गर्दा उनले विद्युत प्राधिकरणले माथिल्लो स्तरबाट सहमती भएको भएको बताउँछन् ।
यता नेपाल विद्युत प्राविधिकरण परासी वितरण केन्द्रका प्रमुख ई.राम प्रमोद साहले वातावरणिय प्रतिवेदन देखाउदै ,प्राविधिकरणले वातावरणिय प्रतिवेदन बनाई सकेको छ,सम्बन्धित निकायमा पेश गरि सकेको र त्यही भएर माथिको प्रकृयागत काम हुदै जाने र यहाँ काम गर्दै जाने आन्तरिक सहमतिले काम थालिएको बताए । भोगाअधिकार अहिलेसम्म सरकारले नदिएको उनले स्वीकार गरे । जनताका लागि यो काम हो,यसमा कसैले विरोध गर्नु नहुने बताउदै उनले भने,केही दिनमा भोगाधिकार आउने बताए ।