© २०२३
बुटवल ,माघ– मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा रूपन्देहीमा डेढ लाख नगदपुरस्कार राशीको राष्ट्रियस्तरको भलिबल प्रतियो गिता आजबाट सुरु हुने भएको छ । माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको आठौ संस्करणमा ९ वटा समूहको सहभागिता रहने छ ।
प्रतियोगितामा स्याङजा, नवलपरासी, नवलपुर, रूपन्देही, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, पर्वत जिल्ला भलिबल संघले भागलिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा विजयी टिमले १ लाख ५० हजार शिल्ड, मेडल प्रमाणपत्र, दोस्रोले १ लाख, तेस्रोले ५५ हजार शिल्ड, मेडल प्रमाणपत्र, र सान्त्वना हुने ले ३० हजार नगद सहित शिल्ड , मेडल प्रमाणपत्र, पुरस्कार प्राप्तगर्ने क्लबका उपाध्यक्ष किसन चन्दले जानकारी गराए ।
करिब २५ लाख रूपैयाँ खर्चहुने प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले मुख्य प्रायोजन गरेको छ । अन्य विभिन्न व्यवसायिक संघसंस् थाबाट सहयोग जुटाईएको प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले बताए ।
क्लबका सल्लाहकारहरू तथा निवर्तमान अध्यक्ष मिलन रानाले प्रतियोगितालाई सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नेबताए । प्रतियो गितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि नगद सहित पुरस्कृत गरिने आयो जकले जनाएको छ ।