ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख
फ्रन्टपेज

पशुपंक्षी र मत्स्यका कार्यक्रम ‘माग तथा आवश्यकतामा आधारित ’

२२ माघ २०७९, आईतवार
२२ माघ २०७९, आईतवार

बुटवल, माघ ।- किसानलाई अनुदान दिन विगतका बर्षमा कार्यालयहरुले सूचना प्रकाशित गर्दथे । सूचनामा आधारित रहेर किसानले आवेदन पेश गर्दथे । आवेदन उपर निश्चित प्रक्रिया पुरा गरेर, स्थान प्रमाणिकरण गरेपछि किसानले अनुदान पाउँथे । जसमा किसानको लागत सहभागीता कतै ६०–४० त कतै ४०–६० कतै ५० –५० हुने गर्दथ्यो ।

तर लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य निर्देशनालय अन्र्तगतका भेटेनरी अस्पताल तथा विज्ञ केन्द्र, एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, कुखुरा विकास फार्म, पशुरोग अन्वेशण प्रयोगशाला, माछा विकास फार्म र अन्र्तगत रहेका कार्यालयहरुले अब, किसानको आवश्यकता र माग अनुसारका कार्यक्रम गर्ने भएका छन् ।
विगतका बर्षहरुमा किसानले कार्यालयले प्रकाशन गरेको सूचना अनुसार आवेदन दिँदा सोही सूचनामा आधारित रहेर कागजपत्र मिलाउने, सोही अनुसार किसानको कार्यक्रम ढाल्ने प्रवृत्तीको कारण कतिपय कार्यक्रको सहु सदुपयोग भएको पाइएको थिएन ।
किसानलाई एक थरीकुरा आवश्यक छ, तर ति कार्यालयबाट प्रकाशित सूचना अर्को किसिमका रहेका हुन्थे, तर किसानले अनुदानको लोभमा वा बाध्यतावस आफ्नो नियमित काम समेत छाडेर ति कार्यलामा लाग्नुपर्ने बाध्यता रहेको थियो । जसको कारण किसानले सोचे जस्तो प्रतिफल प्राप्त गर्न नसकेपछि लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय ले मातहतका कार्यालयहरुलाई किसानको मागमा आधारित गरी ५० हजार रुपैयाँ सम्म फिल्डमा नै सम्झौता गरेर किसानलाई प्रदान गर्ने गरी कार्यक्रम ल्याएको छ ।

किसानको आवश्यकता अनुसार प्राविधीकहरुले फिल्ड निरिक्षण पश्चात के आवश्यकता हो? पहिचान गरी सोही कार्यस्थलमा नै सम्झौता गरी ५० हजार रुपैयाँ सम्म अनुदान प्रदान गर्ने गरी कार्यक्रम ल्याइएको पशुंपक्षि तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. परवेज आलमले जानकारी दिए ।
नि.निर्देशक आलमका अनुसार आवश्ककतामा आधारित कार्यक्रम अनुसार किसान को फिल्डमा गएको बेला प्राविधिकहरुले निरिक्षण गर्दा यो कुरा चै आवश्यक रहेछ भनेर प्रमाणिकरण गरेपछि किसानले ५० हजार रुपैयाँ बढिमा अनुदान पाउने छन्, जसका किसानको लागत सहभागीता पनि रहने उनको भनाई रहेको छ ।
विगतका बर्षहरुमा किसानले कार्यालयबाट प्रकाशित सूचनालाई आधार मानेर कार्यक्रम परिमार्जन सहित पेश गर्दा प्रतिफल सोचे अनुसार नआएको भन्दै निर्देशक आलमलले यो कार्यक्रम सुरुवात गरिएको बताएका हुन ।
यस्तै प्रदेशका ९ वटा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, ३ वटा एकिकृत कार्यालयहरु प्यूठान, बर्दिया र रुकुम, माछा विकास फार्म, कुखुरा विकास फार्म, पशुरोग अन्वेशण प्रयोगशाला लगायतका कार्यालयले यो कार्यक्रम सञ्चालन गर्ने छन् । जसको लागि मातहतका कार्यालयहरुमा बजेट समेत व्यवस्थापन भैसकेको नि.निर्देशक आलमको भनाई रहेको छ ।
यस्तै निर्देशनालयबाट नै यो आर्थिक बर्षमा मागमा आधारित कार्यक्रम समेत सुरुवात गरिएको छ । किसानले आफुलाई के आवश्यक छ, त्यो पहिला मातहतका कार्यालयहरुमा आवेदन पेश पर्दछन्, सोही आवेदन अनुसार किसानलाई बढिमा २ लाख रुपैयाँ सम्म अनुदान दिने गरी कार्यक्रम समेत सुरुवात गरिएको छ ।
किसान आफुलाई आवश्यकता भएको विषयको बारेमा कार्यालयमा आवेदन पेश गर्दछन्, आवेदन बारेमा आवश्यक छलफल, प्राविधिक निरिक्षण सहित प्रतिवेदन तयार पश्चात किसानले २ लाख रुपैयाँ सम्म अनुदान पाउने छन् ।
जिल्ला अनुसार जिल्लाको मुख्य पशुपालन व्यवसायको लागि ५ लाख प्रति जिल्ला २ जना किसानले पाउने गरी अर्को अनुदान कार्यक्रम समेत यो बर्ष निर्देशनालय मातहतका कार्यालयहरुमा परिचालन भएका हुन । यो कार्यक्रमका लागि पालिका बाट मुख्य काम को रुपमा सिफारिस भएर आउनुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?