© २०२३
बुटवल, २१ माघ ।
देशभररहेका उपमहानगरपालिको पहिलो राष्ट्रिय सम्मेलन बुटवलमा आजबाट सुरु हुने भएको छ । जसको लागि देशका विभिन्न स्थानबाट आएका उपमहानगरपालिका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रवक्ताहरु बुटवल आई सकेका छन् ।
बुटवल उपमहानगरापलिकाको आयोजानमा पहिलो हुन लागेको यो राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
प्रमुख पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका बीचमा अनुभव आदान–प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए ।
२२ गते आईतबार बिहान ८ बजे बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन समारोह र दिउँसो बुटवल उपमहानगरपालिकाको सभाहलमा साझा समस्याबारे छलफल र घोषणा पत्र जारी गर्ने कार्यक्रम तय भएको गरिएको छ । सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गर्ने कार्यक्रम तय भएको छ ।
ण्ण्