© २०२३
बुटवल,माघ- बुटवलउप–महानगरपालिका वडा नम्बर ७, ८ , ९ र ११मा फैलिएको शिवनगर सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सर्वसम्मतरुपमा मनोज गौचन चयन भएका छन् ।
२७ औ बार्षिक सधारण सभा तथा १२ औ अधिवेसनबाट अध्यक्षमा गौचन सहित उपाध्यक्ष दिपेन्द्र पराजुली, महिला उपाध्यक्षमा मनकुमार साठीघरे र सचिव पदमा श्यमकली आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन । अन्यकोषाध्यक्ष, सह–सचिव र सदस्य खुल्ला र महिला सदस्यमा भने शनिवार निर्वाचन भएको छ । निर्वाचनबाट ति पदपूर्ती हुने छन ।
नव निर्वाचित अध्यक्ष मनोज गौचनले सामुदायिक वनलाई जनताको वनको रुपमा विकास गर्ने प्रतिवद्धता समेत जानए । उनले वन लाई समुदायको आय आर्जन संग के कसरी जाड्न सकिन्छ भन्ने विषयमा नयाँ कार्यसमिति आएपछि छलफल गरी कार्यायोजना निर्माण गरी सोही अनुसार अगाडी बढ्ने समेत जानकारी दिए ।