ट्रेंडिंग:

>> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो

पाल्पाको कोल्डस्टोरः मर्मत गर्ने समयमा निर्माण शुरु

निर्माण सकिएको भए १० वर्षमा यस क्षेत्रका किसानले शित भण्डारबाट फाइदा लिइसकेका हुने थिए । भने शितभण्डार अहिलेसम्म पुरानो भइ ममर्त गर्नुपर्ने अवस्थामा पुगिसकेको हुनेथियो । तर मर्मत हुने समयमा शितभण्डारको निर्माण कार्य बल्ल अगाडि बढेको छ ।
१९ माघ २०७९, बिहीबार
१९ माघ २०७९, बिहीबार

पाल्पा माघ – भारत सरकारको सहयोगमा तानसेन नगरभित्र निर्माण भएको शित भण्डारको निर्माण कार्य पुन दश वर्षपछि अगाडि बढेको छ । कृषि उपज भण्डारको लागि निर्माण हुन लागेको शित भण्डार रकम अभावका कारण निर्माणको कार्य चरणमै रोकीन पुगेको थियो ।
करिव एक महिना अगाडि भारतिय राजदुतावासका सेकेन्ड सेक्रेटरी प्रशान्त सोनालको पाल्पा भ्रमणको क्रममा शित भण्डारको निर्माणको कार्य अगाडि बढाउने सहमति भएपछि दस वर्षपछि पुन निर्माणको कार्य अगाडि बढेको हो । निर्माण सकिएको भए १० वर्षमा यस क्षेत्रका किसानले शित भण्डारबाट फाइदा लिइसकेका हुने थिए । भने शितभण्डार अहिलेसम्म पुरानो भइ ममर्त गर्नुपर्ने अवस्थामा पुगिसकेको हुनेथियो । तर मर्मत हुने समयमा शितभण्डारको निर्माण कार्य बल्ल अगाडि बढेको छ ।

२०६९ सालको पाल्गुन २३ गते २ वर्षमा सम्पन्न गर्ने गरी भारतिय सरकारको ४ करोड , ४ लाख , ४४ हजार , ४ सय, १० रुपैया , तानसेन नगर सरकारको ५५ लाख, ४७ हजार , ४ सय , ६९ रुपैया लागतमा, हिमढुगां,एण्ड ठोकर, जय रक्तकाली जे.भि निर्माण कम्पनी संग ठेक्का संझौता भएको तानसेन नगर सरकारको सुचना अधिकारी भरत आचार्यले बताए ।
जिल्लामा कृषि उपज भण्डारणको लागि निर्मीत शित भण्डारको भौतिक पुर्वाधारको निर्माण दश वर्षको अवधिमा २७ प्रतिशत मात्र कार्य प्रगति मात्र भएको थियो । निर्माण कम्पनीले तानसेन नगर सरकार संग पटक पटक म्याद थप गर्दैृ आएको र पुरानो लागत मुल्यमा काम सम्पन्न गर्ने गरी संझौता भएपछि निर्माण कम्पनीले निर्माणको कार्य अगाडि बढाएको नगर सरकारका प्रमुख प्रशाशकिय अधिकृत जिवन ज्ञवालीले बताए ।

शित भण्डार तानसेन नगरको बाघखोरमा निर्माण कार्य अगाडि बढेको हो । शित भण्डार आफनौ टोलमा निर्माण हुन लागेपछि उत्साहीत स्थानियबासी एकाएक निर्माण कार्य रोकिदा निरास थिए । दश वर्ष पछि पुन निर्माणको कार्य अगाडि बढेपछि निरासा पुन खुशीमा परिणत भएको स्थानिय भरत थापा बताउछन ।
स्थानिय माधव भटराई भन्दछन पुन निर्माणको कार्य अगाडि बढनेमा कल्पना नै थिएन तर नगर सरकारले भारतिय दुतावासलाई समय समयमा घच घच्चाउदा निर्माण कार्य अगाडि बढेको हो रोकिएको लामोसमय पछि पुन निर्माणको कार्य अगाडि बढदा सबैमा उत्साह नै पैदा भएको उनले बताए ।
नगर सरकारले पटक पटक सहयोगी निकायलाई रकम उपलब्ध गराउन लिखीत रुपमा पत्राचार गरेका कारण दुतावासका कर्मचारी नै निर्माण स्थालको भ्रमण पछि रकम उपलदब्ध गराउने सहमति थियो ।
निर्माणको क्रममा एकाएक दाता बाटै रकम उपलब्ध नभए पछि लामो समय समय सम्म अलपत्र अवस्थामा रहेको थियो । निर्माणका क्रममा सामाग्री ढुवानीका लागि पहुच मार्ग निर्माणको कार्य निर्माण कम्पनीले लागत खर्च बेहोर्ने गरि काम अगाडि बढाएको भए पनि संझौता भन्दा बाहिरको कामको रकम भुक्तानीको माग दावी भए पछि निर्माण कम्पनी र नगर सरकार बिच समझदारी हुन नसक्दा नगर सरकारले दाता सग रकम उपलब्ध गराउन माग नगर्दा रकम नै रोकीदा निर्माण कार्य रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?