© २०२३
बुटवल । बुटवल–८ स्थित सुख्खानगरमा रहेको भिटामिन फुड्स एण्ड क्याफेको बुटवल बेसक्याम्पमा शाखा विस्तार भएको छ । पाँचौं बर्षको अवसरमा ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको क्याफेका सञ्चालक प्रबिण पौडेलले जानकारी दिए । सन्ध्या पाण्डे पौडेलको पूर्ण स्वामित्वका रहेको फ्याफेको उद्घाटन बुटवल–८ का वडाध्यक्ष यज्ञ प्रसाद पङ्गेनीले गरेका हुन ।
उद्घाटन समारोहमा बोल्दै आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । करिव २० लाख लगानी रहेको सन्चालक पौडेलले बताईन । ७ जना कर्मचारी सहित सन्चालनमा आएको क्याफेमा बर्थडे केक , बेडिङ केक , एनिभर्सरी केक आदि सेवा दिदै आएको छ ।