© २०२३
बुटवल,१८ माघ । पोखरामा जार िनेपाल क्रिकेट संघ क्यानको वैठकले पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ। सेन्ट्रल कन्ट्र्याक्टका लागि गरिएको वर्गीकरणमा पुर्व कप्तान सन्दिप लामिछाने भने समेटिएका छैनन् ।
पुरुषतर्फ ग्रेड एमा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना रहेका छन् ।
क्यानको नयाँ ग्रेडिङमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बी ग्रेडमा झारिएको छ भने अर्का पूर्वकप्तान सन्दीप लामिछानेलाई समेटिएको छैन ।
क्यानले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गिकरण गरेको छ।
पुरुषतर्फ ग्रेड एमा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना रहेका छन्।
ग्रेड एमा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन्।
आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल ग्रेड बीमा छन्।
ग्रेड सीमा रहेका खेलाडीमा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।
महिलातर्फ १२ जना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरिएको छ।
ग्रेड ए र ग्रेड बीमा ३र३ जना छन् भने ग्रेड सीमा ६ जना रहेका छन्। ग्रेड एमा रुविना क्षेत्री, सिता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन्।
कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई ग्रेड सीमा राखिएको छ।