ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

भ्रष्टाचार नियन्त्रण बारे जनप्रतिनिधिलाई सजगता

१८ माघ २०७९, बुधबार
१८ माघ २०७९, बुधबार

लमही (बुटवल टुडे) माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा गढवा गाउँपालिमा भ्रष्टाचार नियन्त्रण सम्वन्धी अन्तरपक्रिया गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख बिजयराज पौडेलले अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, कुन पालिकाबाट कति, कुन–कुन शीर्षकका उजुरी लगायतका तथ्यांकहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रम बोल्दै प्रमुख पौडेलले अख्तियारले गल्ती गर्ने लाई कार्वाही गर्नुको साथै गर्न नदिने हिसाबले अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरेको बताए ।
उनले अख्तियारको दुरुपयोग गर्न बाट रोक्न निरन्तर अघि बढेको बताए । समाजका सबै ब्यक्तिहरु खराब नहुने र सबै राम्रो पनि नहुने बताउदै त्यसलाई सुधार गर्नका लागि अन्तक्रिया कार्यक्रमको आयोजना गरेको बताए । केही राष्ट्रसेवककर्मचारीहरु बाट पनि कानुनको सही जानकारी नहुंदा गलत काम हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न अभियान जस्तै अन्तरक्रिया कार्यक्रम चलाएको प्रमुख पौडेलले बताए ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ले एकताबद्ध भएर भ्रष्टाचार बिरुद्धमा लाग्न एकदम आवश्यक रहेको बताए । राज्यको सम्पत्तिको रक्षा गर्ने जिम्मेवार निकाय लागेमा भ्रष्टाचार न्युनीकरण गर्न सकिने बताए । भ्रष्टाचार देशको नै ठुलो समस्याको रुपमा रहेको बताउदै अध्यक्ष पोख्रेलले आफु भ्रष्टाचार नगर्ने र गरे कसैलाई नछाडनके प्रतिवद्धता जनाए । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकका बारेमा जानकारीसँगै भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरूको समेत जानकारी गराइएको थियो ।
गढवा गाउँपालिका अन्तर्गत विगत ३ आर्थिक वर्षको उजुरीको अवस्था २०७७/७८ मा जम्मा ६ वटा उजुरी दर्ता भएको थियो जस्मधखये ४ उजुरी फर्च्यौट भएको छ भने २ बाँकी रहेको जानकारी अध्यक्षले जानाकारी गराए ।

त्यसैगरी २०७८/७९ मा जम्मा १५ उजुरी परेको मध्ये १० फर्च्यौट र ५ बाँकी रहेको छ भने २०७९/८० मा माघ महिना सम्म जम्मा ७ उजुरी परेको मध्ये १ को फर्च्यौट भएको छ भने ६ अझै बाँकी रहेको छ । भ्रष्टाचारजन्य कसूर र सजायको बारेमा जानकारी दिइएको थियो साथै भ्रष्टाचार नियन्त्रणका लागि मौजुदा कानूनहरुको वारेमा जानकारी र छलफल गरिएको थियो । विगत पाँच बर्षको भ्रष्टाचारको अनुभूति सूचाकाङ्क अनुसार सन् २०१६ मा नेपाल २९ औ स्थानमा थियो भने सन् २०२१ सालमा ११ सय ७ औ स्थानमा पुगेको छ जुन भ्रष्टाचारमा चुर्लुम डुबेको मानिन्छ। यो बिश्वका १८० देशहरु यस सुचाकाङ्कमा सहभागी हुन्छन् र १०० अंक मध्ये ४० अंक वा सो भन्दा कम अंक ल्याउने मुलुकमा भ्रष्टाचारको भयावह अवस्था भएको मानिन्छ ।

५० अंक वा सो भन्दा माथी अंक ल्याउने मुलुकमा भ्रष्टाचार नियन्त्रणमा रही सुशासन प्रवर्द्धन हुदै गएको मानिन्छ। सदाचार, निष्पक्षता, निर्भिकता, भ्रष्टाचार बिरुद्धको सहकार्यका लागि अपरिहार्य भन्ने मुल नाराका साथ भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धक सम्बन्धी गढवा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । भ्रष्टाचार नियन्त्रण तथा सुशासनप्रवद्र्वन गर्ने कार्यक्रममा पालिकाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहितको सहभागिहरुले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभावसमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission