© २०२३
बुटवल,१८ माघ । नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् ।
पोखरामा आयोजित क्यानको बैठकमा संघका अध्यक्ष सहित पदाधिकारीको राजीनामा माग गरेका थिए । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्ष थिए ।
उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरुले मंगलबार अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए । क्रिकेट संघको बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिसकेको छ ।