ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ
गण्डक क्षेत्रका पिडित

जनप्रतिनिधीले २१ बुँदे सम्झौता नसम्झिदा अड्कियो २ अर्ब ९३ करोडको क्षतिपूर्ति

१० बर्षको क्षतिविवरण अनुसार गण्डक क्षेत्रका पिडित नेपाली नागरिकले पाउनु पर्ने २ अर्ब ९३ करोड नेपाली रुपिया भारतिय पक्षबाट क्षतिपुर्ति पाउन सकेका छैनन् ।
१७ माघ २०७९, मंगलवार
१७ माघ २०७९, मंगलवार

नवलपरासी, माघ-  गण्डक नदी नियन्त्रण संघर्ष समितिले गरेको संघर्षको कारण गण्डक क्षेत्रमा भारतिय पक्षले साढे १० अर्बको काम गरेको समितिले जानकारी गराएको छ । संघर्ष समितिसँगै नेपाली र भारतिय पक्षसँग भएको २१ बुदे सम्झौता अनुरुप भारतले काम गर्दै जाँदा अहिलेसम्म साढे १० बढि रकम खर्च गरेर विभिन्न संरचनाहरु बनेको समितिले जानकारी गराएको हो । तर सम्झौता अनुसार गण्डक क्षेत्रका पिडित नेपाली नागरिकले पाउनुपर्ने क्षतिपूर्ति भने पाउन सकेका छैनन् ।

गण्डक पिडितहरु द्धारा गठन गरिएको गण्डक नदी नियन्त्रण समितिले २०६५ सालमा भारतिय गण्डक नहर भित्र ३४ दिनसम्म धर्ना बसि भारतीय नहरको पानी रोकेर आन्दोलन गरेका थिए । आन्दोलनको फल स्वरुप भारतिय पक्षले नेपाली अधिकारी र संघर्ष समितिसँग गण्डक कमाण्ड क्षेत्रमा भएका विभिन्न समस्याहरुलाई सम्बोधन गर्नका लागि विभिन्न २१ बुदे सम्झौता गरेको थियो ।

सम्झौता अनुरुप अहिले भारतिय पक्षले निरन्तर रुपमा काम गर्दै आएको समितिका अध्यक्ष दुधनाथ गुप्ताले जानकारी गराए । गण्डक बाँध अन्तरगतको ए ग्याप बाँध,बि ग्याप बाँध,सि ग्याप बाँध,लिगँबाँध र नेपाल बाँधको मर्मत सम्भार ति बाँध अन्तरगत रहेका विभिन्न स्पर(ठोकर) र ठोकरका फिँगर,टिथ जस्ता संरचना मर्मत गर्दै आएको छ । बाँध बाँध विचको लिगँ बाँध पनि मर्मत गर्दै आएको छ । विभिन्न साईफनहरुको पनि सरसफाई र मर्मत सम्भार गर्दै आएको अध्यक्ष गुप्ताले जानकारी गराए । सम्झौता अनुसार अहिले पनि धेरै काम बाकी नै भए पनि भारतिय पक्षबाट निरन्तर नेपालीलाई राहत पुग्ने गरि पुर्वाधार निर्माणमा काम गर्दै आएको उनले सुनाए ।
नेपाल भारत विच गण्डक नदीको पानीको सदुपयोग हुने गरि २०१६ सालमा गण्डक सम्झौता भएको थियो । गण्डक नदी नियन्त्रणका लागि तटबन्धन,गण्डक बाँधबाट नेपाल तथा भारतको भुमिमा सिचाई सुविधा पुर्याउने गरि सिचाई प्रणालीको निर्माण तथा ति सिचाई नहरको पानी सदुपयोग गरि जलविद्युत केन्द्र सञ्चालन गर्ने गरि मुख्य तिन उदेश्यले सम्झौता भएको थियो । गण्डक परियोजना अन्तरगत परियोजना कार्यालयले नै नेपाल तथा भारतको गण्डक कमाण्ड क्षेत्रको काम निरन्तर गर्नु पर्ने सम्झौता छ । सोही अनुरुप भारतले नेपाली भुमि भए पनि गण्डकसँग सम्बन्धित सबै स साना नदी नाला,साईफन, ड्रेनेज,पुल,सर्भिस रोड,जलनिकास लगायतका काम भारतिय पक्षले नै गर्नु पर्ने उल्लेख छ ।
सम्झौता अनुसार नै भारतको उत्तर प्रदेश सिचाई गर्नका लागि भारतिय मुख्य पश्चिमी नहर प्रणाली नेपाली भुमि भएर भारतमा गएको छ । सोही नहरबाट सुर्यपुरा स्थित १५ मेगावाट क्षमताको गण्डक जलविद्युत केन्द्रको निर्माण पनि भारतिय पक्षले गराएर नेपाललाई हस्तानान्तरण गरि सकेको छ । सो जलविद्युत केन्द्रको उत्पादित विद्युत नेपालले प्रयोग गर्ने गरेको छ । त्यसै गरि नेपाली भुमि सिचाई गर्नका लागि ३२ किलोमिटर लम्बाईको नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली पनि निर्माण गरि नेपाललाई हस्तानान्तरण गरि सकेको छ । तर गण्डक बाँध अन्तरगतका उल्लेखित पाँच वटा बाँध,त्यस अन्तरगतका विभिन्न स्पर,स्परलाई जोगाउनका लागि तिथ र फिगँरहरुको निर्माण पनि भएको थियो । त्यसै गरि भारत विहार प्रदेशमा सिचाई गर्नका लागि भारतिय पुर्वि मुख्य गण्डक नहर निर्माण गरि पानी लग्ने गरेको छ । सोही नहरबाट नेपालको बारा पर्सा र रौतहट जिल्लामा नेपाली किसानलाई सिचाई सेवा पाउने गरि नेपाल गण्डक पुर्वि नहर सिचाई प्रणालीको निर्माण गरेको छ । पुर्वि नहरको पानी प्रयोग गरि १५ मेगावाट क्षमताकै पश्चिमी चम्पारन जिल्लाको रामनगरमा रामननगर जलविद्युत केन्द्रको निर्माण गरेको छ । सो केन्द्रको विद्युत भारतले प्रयोग गर्ने गरेको छ । तर लामो समय मर्मत नहुदा बाँध भत्किने जोखिम पनि थियो । संघर्ष पश्चात मात्रै भारतले सो क्षेत्रमा काम गरि रहेको छ,अध्यक्ष गुप्ताले भने, अहिले गण्डक संरचनामा धेरै सुधार भई सकेको छ । तर २१ बुदे सम्झौताका धेरै माग अहिले पनि भारतिय पक्षले पुरा गर्न बाकी नै रहेको उनले बताए ।
विगत १० बर्षको क्षतिविवरण अनुसार गण्डक क्षेत्रका पिडित नेपाली नागरिकले पाउनु पर्ने २ अर्ब ९३ करोड नेपाली रुपिया भारतिय पक्षबाट क्षतिपुर्ति पाउनु पर्ने हो,तर सो रकम अहिलेसम्म नपाइएको उनले दुखेसो पोखे । यसरबारे यस क्षेत्रका जनप्रतिनिधिहरुले पनि भारतिय पक्षसँग कुरा नउठाईदिदा नेपाली मर्कामा पर्ने गरेका छन्,उनले थपे,सामुहिक रुपमा हुने काम भारतियले गरेका छन्,तर ब्यतिmगत रुपमा नागरिकले पाउने क्षतिर्पुित कहिले पाउने होला ? त्यसको लागि यहाँका जनप्रतिनिधि र राजनीतिक दलबाट पनि सहयोगको आपेक्षा रहेको उनले बताए ।

त्यसै गरि गण्डक बाँधका कारण नेपाली पक्षलाई हुने कुनै प्रकारको जनधनको क्षति पनि परियोजना कार्यालयले नै ब्यहोर्नु पर्ने छ । तर लामो समयसम्म भारतिय पक्षले गण्डकको संरचनामा काम नगर्दा गण्डक बाँधकै कारण नेपाली भुमि डुबान,कटान र पटान भएर नेपाली किसानले क्षति ब्यहोर्दै आएका थिए । ति समस्याहरु नेपाल पक्षले भारतिय पक्षसँग राख्न नसक्दा पिडित नेपालीहरुले गण्डक नदी नियन्त्रण संघर्ष समिति बनाई आन्दोलन गर्न परेको थियो । भारतिय पक्षले २१ बुदे सम्झौता पुर्ण रुपमा कार्यान्वयन नगरेसम्म संघर्ष समितिले निरन्तर संघर्ष मै रहने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?