ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

बी लेबल लाफा भलिबलको उपाधी न्यु होराईजनलाई

१६ माघ २०७९, सोमबार
१६ माघ २०७९, सोमबार

बुटवल,१६ माघ । लाफा समुह बुटबलले आयोजना गरेको बि लेबल भलिबलको उपाधी न्यु होराईजन भलिबल क्लब बुटबले हात पारेको छ ।    शनिवार राती भएको फाईनल खेलमा आयोजक लाफा समुहलाई हराउदै होराइजनले उपाधी चुमेको हो ।

वेष्ट अफ फाईबमा भएको खेलमा पहिलो सेट २५–११ मा रोक्दै न्यु होराईजनले जित निकालेको थियो । तेस्तै दोस्रो सेट पनि न्यु होराईजनले १८ मा रोक्दै लगातार २ सेट जितेर आयोजक लाई दवाबमा राखेको थियो ।

तर निकै नै प्रतिस्पर्धात्मक रहेको खेलमा तेस्रो सेट भने आयोजक लाफा समुहले २५–२१ मा रोक्दै एक सेट जितेको थियो । फाईनल सेट भने न्यु होराईजनले लाफालाई १७ मा रोक्दै प्रतियोगितामा बिजेता हुन सफल भएको हो ।न्यू होराइजनले नगद रू ४५ हजार कप मेडल प्रमाण पत्र हात पारेको छ ।

तेस्तै दोस्रो भएको लाफाले २५ हजार नगद सहित कप मेडल प्रमाण पत्र हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा गुल्मी जिल्ला भलिबल संघ विजयी भएको छ ।

गुल्मी जिल्ला भलिबल संघ र कन्चन भलिबल संघ रूपन्देही बिच भएको खेलमा सोझो सेटमा ३ सेट जित्दै गुल्मी जिल्ला भलिबल संघ बिजयी भएको हो । गुल्मी जिल्ला भलिबल संघले नगद १५ हजार, कप मेडल प्रमाण पत्र हात पारेको छ ।

कन्चन भलिबल संघ सान्त्वना हुंदै नगद ८ हजार, कप मेडल प्रमाण पत्रमा चित बुझाएको खेल संयोजक बिजय गुरुङले बताए । उत्कृष्ट प्लेयर न्यु होराईजनका उमेश सेन्चुरी हुन सफल भएका छन् ।

होराईजनका खेलाडी सचिन गाहा मगर खेलका उत्कृष्ट स्पाईकर हुन सफल भएका छन । न्यु होराईजनका सौरब गुरूङ बेष्ट सर्भर हुन सफल भए ।

डिफेन्डरमा समिर गुरूङ सटरमा गौरब गुरूङ, उत्कृष्ट ब्लकरमा गुल्मीका लेसन राहाडी मगर, अनशासित खेलाडीमा गुल्मीका बबिन थापा मगर, उदियमान खेलाडीका रूपमा लाफाका शिसीर रानामगरले नगद सहित पुरस्कृत भए ।

पुरस्कार वितरण कार्यक्रम बोल्दै बुटबल उपमहानगरपालीका उप प्रमुख साबिन्रा देबी अर्यालले भलिबल खेललाई राज्यले बजेट मार्फत सम्बोधन गर्नुपर्ने भन्दै खेलकुदको बिकार र पुर्वाधार बिकास जरूरी रहेको बताईन ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईले राज्यले भलिबल खेललाई राष्ट्रीय खेल बनाएर राम्रो गरेको भन्दै आउदा दिनमा भलिबल खेलको बिकास गर्न खेल पुर्वाधार निर्माणसंगै खेलाडीहरूलाई प्रोत्साहन गनु जरूरी रहेको बताए ।

लाफा समुहका अध्यक्ष बबिन थापाले बजेट र पुर्बाधारको अभाबमा खेलकुद गर्नुपरेको बताए । कार्यक्रममा संरक्षक बासुदेब लामीछाने, टिप राना मगर लगाएतले सरकारले गर्नुपर्ने प्रतियोगिता आफूहरुले गर्नुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?