© २०२३
रोल्पा माघ – ४३ वर्ष अघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिएका हरिवहादुर वुढामगर सगरमाथा आरोहणको अन्तिम तयारीमा छन । व्रिटिस सेनामा कार्यरत रहदा उनले लडाइको क्रममा दुवै खुट्टा गुमाएका थिए । वैशाकीको भरमा उठवस गर्ने उनी दुवै खुट्टा गुमाएर पनि सगरमाथा चढेरै छाड्ने साहस गर्दै छन ।
हाल वृटिस गोर्खा वेलफेयरको एम्वेष्टर उनले १५ वर्ष व्रिटिस सेनामा विताएका थिए । लडाईको क्रममा विद्युतिय धरापमा परि उनले अफगानिस्तानमा सन् २०१० अप्रील १७ गतेदुवै खुट्टा गुमाएका थिए । हाल लण्डनमा वस्दै आएका उनी सगरमाथा चढ्ने मात्रै हैन आफु जन्मेको गाउँठाउँको विकासमा समेत सहभागि हुने गरेका छन । उनले आफु जन्मेको मिरुल गाउँको शिक्षा क्षेत्र धेरै पछाडी परेको भन्दै त्यसको विकासका लागी अभियान समेत थालनी गरेका छन ।
दुवै खुट्टा छैनन उनका । घुडा देखी मुनी कृतिम खुट्टा जडान गरिएको छ । उनी सम्झन्छन चुट्कीको भरमा मेरो दुवै खुट्टा गुमे । अपांगता भएकाहरुलाई सशक्तीकरण अभियानकै शिलशिलामा आफुले सगरमाथा चढ्न थालेको वताए । अपांगताहरुको सशक्तीकरणका लागी उत्प्रेरण चाहिन्छ जुन मैले सगरमाथा चढेर दिदैछु वुढाले भने ।
सिढी चढ्न पनि धौ धौ हुन्छ उनलाई तर हिमाल चढ्ने आँट गर्दैछन । उनी भन्छन मेरा दुई खुट्टा मात्रै त होनी गुमेको शरिरका अरु सवै अंग त म संगै छन । अपांगता भएका व्यक्तिहरु अवसर नपाएर पछाडी परेको उनको भनाई छ । उनीहरुले पढ्ने अवसर पनि पाएका छैनन । पहिलेको जुनीमा के पाप गरेको थिए र म यस्तो भए भन्ने हिनतावोधमा वाँच्ने हैन । म पनि गर्न सक्छु भन्ने आत्मविश्वास लिएर काम गर्न अघि वढ्नु पर्ने वुढाको भनाई छ । अपांगता भएकाहरु मागेर मात्र खान्छन केही गर्न सक्दैनन भन्ने वुझाई लाई परिवर्तन गर्न चाहान्छु उनले भने । अपांगतालाई हेपाहा र हेयको दृष्टिले हेर्नु हुदैन उनले भने । शरिरका एकाध अंगको दुर्वलतालाई केन्द्रमा राखेर हैन शरिरका अन्य धेरै सवल अंगहरुलाई केन्द्रमा राखेर अघि वढ्नु पर्छ वुढाले भने ।
जीवन वाच्नका लागी मात्र हैन सानो भएपनि केही काम गर्ने सपनाले उनलाई चुप्प लागेर वस्न दिएन त्यसैले उनले जोखिमपूर्ण काम गर्ने आँट गरे । उनले आफ्नो कामले पछिल्लो पुस्तालाई उत्प्रेरित गर्न चाहेको वताए । दुवै खुट्टा नभएको लाहुरेले पनि सगरमाथा चढेछ भनेर पछिल्लो पुस्ता उत्प्रेरित हवस वुढाले भने ।
सानै देखी सगरमाथा चढ्ने धोको थियो उनलाई । विश्वकै सवभन्दा अग्लो शिखर सगरमाथा चढ्नुपर्छ भन्ने बालमनोविज्ञानले अहिले सम्म पनि नछोडेको उनले वताए । वेलायती सेनामा रहदाँ पनि उनले सगरमाथा चढ्न चाहेका थिए तर जागिर र समयले साथ दिएन ।
खुट्टा गुमेपछि पनि हिमाल चढ्ने धोकोले छोडेन । नेपालमा आएर सगरमाथाको वारेमा धेरै कुरा अध्ययन गरे । दुवै खुट्टा र दुवै आँखा गुमेकाहरुलाई सगरमाथा चढ्न वन्देज थियो । उनी त्यसका विरुद्ध सर्वोच्च अदालत गए । सर्वोच्च अदालतको फैसलाले सगरमाथा चढ्न पाउने भए संगै उनी अहिले अन्तिम तयारीमा जुटेका छन ।
अपांगता भएका व्यक्तिहरुलाई दया माया भन्दा पनि कसरी सहयोग गर्ने र अवसर कसरी दिने भन्ने कुरामा सोच्नु पर्छ वुढाले भने । मलाई दया हैन अव सहयोग गर्नुस वुढाले भने । दयाले मानिसलाई कमजोर वनाउछ, संघर्षले शक्ति र हिम्मत दिन्छ त्यसकारण म हिम्मत गरेर हिमाल चढ्दै छु वुढामगरले भने ।
मिरुल गाउँवाट एसएलसी पास गर्ने उनी पहिलो व्यक्ति हुन । एसएलसी परिक्षा दिएपछि उनी काम खोज्न काठमाण्डौ हानिए । उनले त्यहाँ केही समय ईटा वाके । उनी विगतलाई लज्जावोध हैन गौरव गर्नुपर्ने वताउछन । ११ वर्षको उमेरमा विवाह गरेका उनी जागिरको भोको थिए । वेलायती सेनामा भर्ना खुलेको थाहा पाएका उनी कडा मेहनत पछि त्यहाँ भर्ना भए ।
आउने चैत्र वैशाखमा सगरमाथा चढ्ने तयारीमा छु । पैसा धेरै लाग्ने भएकाले सहयोग उठाई रहेको छु । एक पटक यूके गएर फकेर आएर सगरमाथा चढ्छु । रोल्पामा अपांगता भएका व्यक्तिहरुलाई कसरी माथि उठाउन सकिन्छ म त्यो विषयमा संवेदनशील छु । उनले वालविवाह न्यूनिकरण गर्न समेत अभियान थालनी गर्ने वताए ।