ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
मुख्य खबर

सरकारको ठेकेदारलाई ७ दिने अल्टिमेटम, को को परे ?

१४ माघ २०७९, शनिबार
१४ माघ २०७९, शनिबार

नवलपरासी,माघ – सडक पुर्वाधार विकास कार्यालय रुपन्देहीले विभिन्न ठेकेदार तथा निर्माण कम्पनीलाई चेतावनी सहित काम शुरु गर्न सार्वजनिक सुचना जारी गरेको छ । जिल्ला स्थित विभिन्न स्थानका पुर्वाधान निर्माण कार्यको ठेक्का लिएका निर्माण कम्पनीले काम नगरिदिदा अलपत्र परेको आयोजनाहरुको काम तत्काल काम सम्पन्न गर्नका लागि सार्वजनिक सुचना प्रकाशित गरि चेतावनी दिइएको हो ।
लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय अन्तरगतको सडक पुर्वाधार विकास कार्यालयबाट नवलपरासी र रुपन्देहीमा ठेक्का लिएको तर बर्षाैसम्म काम नगर्दा आयोजना निर्माण हुन सकेको छैन ।

बेलामा अयोजना निर्माण सम्पन्न नहुदा स्थानिय जनताले सास्ती ब्यहोर्न परेको हुदा कार्यालयले ठेकेदारलाई काम गर्नका लागि कडाई गर्न थालेको छ । आयोजना सम्पन्न नभए पछि स्थानिय जनताले दैनिक जसो कार्यालयका प्राविधिक तथा कार्यालयमा फोनसम्पर्क समेत गरि विरोध जनाउदै आएका छन् ।
कार्यालयमा मात्रै नभई सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई पनि दैनिक जसो दवाव दिइने कार्य भई रहेको छ । तर ठेकेदारहरु सो काम सम्पन्न गर्नका लागि वेवास्ता समेत गर्दै आएका छन् । ठेकेदारले ठेक्का लिए पछि विभिन्न बहाना बनाउदै काममा ढिलाई गर्ने गरेको समेत पाइएको छ । बेलामा काम सम्पन्न गर्दा उनीहरु महगीको मारमा पर्न पर्दैन्थ्यो,तर उनीहरु आफ्नै लापर्वाहीले आफुलाई नै समस्या निम्त्याउने गरेको प्राविधिकहरुले बताएका छन् ।

कार्यालयले सार्वजनिक गरेको सुचनामा १५ वटा आयोजनाका कार्यहरु मध्ये ६ वटा आयोजना नवलपरासीको रहेको छ । जस्मा नविन कन्ट्रक्सन वर्दघाट १३ नवलपरासीले सरावल गाउपालिका पहुँच मार्ग नवलपरासीको ठेक्का लिएको छ । महेश नविन जेभि नवलपरासीले पनि सरावल गाउपालिका पहुँच मार्ग नवलपरासी र हिम सगरमाथा महेश नबिन जेभि नवलपरासीको नाममा पनि सरावल गाउपालिका पहुँच मार्ग नै ठेक्का उल्लेख गरिएको छ । त्यसै गरि महेश इन्जिनियरिगँ तथा विल्डर्स प्रालि नवलपरासीले सुनवल तुरिया —पर्सावल— अमरौट —बन्जरिया— घिनहवा —लालपाटी —तोनवा सडकको ठेक्का लिएको छ ।

त्यसै गरि सुगम ओम इन्फास्क्ट्रचर जेभि ललितपुर तुरिया खोला पुल पुरानो हुला

की सडक नवलपरासीको ठेक्का लिएको छ । सरावल देवीनगर सिमलटाडी नयाँटोल हुदै सुनवल मिश्रौली जोड्न्े सडकको ठेक्का लि.वि.निर्माण सेवा कुश्मा ४ पाल्हीनन्दन ३ नवलपरासी परासीले लिएको छ । यि सडकको ठेक्का भएको बर्षाै वितिसक्यो,तर हालसम्म निर्माण कार्य सम्पन्न नहुदा सो कार्यालयले सार्वजनिक सुचना प्रकाशित गरेको छ । माघ १३ गते प्रकाशित गरिएको सुचनामा यस कार्यालय अन्तरगत ठेक्काहरुमा सम्बधित निर्माण ब्यवसायिहरुलाई तोकिएको समय सिमा भित्र कार्य सम्पन्न गर्न पटक पटक मौखिक तथा लिखित रुपमा जानकारी गराउदा पनि लामो समय देखी निर्माण कार्य सम्पन्नगर्न गराउने तर्फ कुनै अग्रसरता नदेखाएकाको कार्य तािलका अनुसार अपेक्षित प्रगति हािसल नगरेको हुदा समयमै कार्य सम्पन्न गर्न गराउनका लागि अनुरोध गरिएको छ ।

उल्लेखित निर्माण ब्यवसायिहरुले तत्काल साईटहरुमा श्रोत साधनहरु परिचालन गरि निर्माण कार्यमा तिब्रता दिईन सो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र अधिकारिक प्रतिनिधि अनिवार्य रुपमा कार्यालयमा उपस्थित भै कार्य सम्पन्न गर्ने सुनिश्चितता सहितको संसोधन कार्य तालिका पेश गर्न हुन समेत जानकारी गराइएको छ ।
यदि निर्धारित समय सम्ममा पनि कार्य सम्पन्न गर्न तर्फ अग्रसरता नदेखाएमा सार्वजनिक खरिद ऐन २०६३,सार्वजनिक खरिद नियमावली २०६४ तथा सो कार्यालयसँग भएको सम्झौता बमोजिम आवश्यक कारवाही समेत हुने ब्यहोरा सहितको सार्वजनिक सुचना प्रकाशित भएको छ । निर्माण ब्यवसायिबाट हुने ढिलाईले जनता र सरकार दुबैलाई समस्या भएको सरावल गाउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । ठेकेदारले काम नगर्दा स्थानियबासी धुलाम्य सडकले प्रभावित हुदा गाउपालिकामा गुनासो लिएर आउने गरेका छन,उनले भने,तर ति आयोजनाहरु लुम्बिनी प्रदेश सरकार मार्फत हुने हुदा गाउपालिकाबाट पनि केही गर्न सक्ने अवस्था छैन् । जति सके छिटो आयोजना सम्पन्न गर्दा स्थानियबासीको पर्ने मर्का हट्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission