© २०२३
बुटवल
घरमा बुवा आमा दुबैको जिम्मेवारी पुरा गर्नु पर्ने दायित्व छ उनमा । श्रीमान्ले ११ वर्ष अघि अर्को विहे गरेपछि थप जिम्मेवारी थपिएको हो उनमा । उमेरले ४० काट्दै गरेकी दुई सन्तानकी आमा फुलमाया नेपाली अटो रिक्सा चलाएर जिविका चलाउँदै आएकी छिन् ।
गुल्मीको तम्घासलाई छाडेर बुटवल झरेकी उनी जीविका धान्नमा रिक्सा संघर्ष गरिरहेकी छिन् । विहानैबाट सडक छेउमा ग्राहक खोज्नु उनिहरुको घर दैलोसम्म पु¥याउनु उनको दैनिकी बनेको छ । यसरी काम गर्दा एक हजार देखि १५ सयसम्म कमाउने गरेको नेपाली बताउँछिन् । उनी भन्छिन्, यसरी कमाएको पैसा अटो साहुलाई दैनिक ८ सय रुपिया बुझाउनुपर्छ । त्यसबाट जति बाँकी हुन्छ त्यसैले आफनो खर्च धान्ने हो, उनले कम पैसा बचत हुने संकेत गर्दै भनिन् ।
अहिले उनी स्थानीय सरकारसँग रुष्ट छिन् । नगरपालिकाले रिक्सा चलाउन पनि स्थानिय बासिन्दाको कागजपत्र, बसाईसराई भोटलिस्टमा नाम लगायतका मापदण्ड बनाएको छ । म सँग केहि पनि छैन । यहाँ जग्गा किन्न सक्ने हैसियत भए किन अटो रिक्सा चलाउन पथ्यौ र ? मलिन अनुसार लगाउँदै नेपाली भन्छिन्, स्थानिय सरकारले गरिखाने ठाँउ नि दिएन ।
दिपा खत्री अर्घाखाँचीको सन्धिखर्चमा जन्मिएकी हुन् । १८ वर्षको उमेरमा प्रेम विवाह गरेकी खत्रीले पनि विगत दूई वर्ष देखि छाक टार्न कै लागि अटो रिक्सा चलाउछिन् । खत्री भन्छिन् , छोरा छोरीको लालन पालन मैले नै गर्नुपर्छ । श्रीमानले सधै रक्सी खाएर कुट्ने पिट्ने गरेपछि बस्न नसकेर छोरा छोरी सहित मैले घर छाडेर बुटवलको ईट्टाभट्टीमा भाडामा बस्दै आएको छु । पहिले त मैले लेवर काम गरे लामो समयसम्म । त्यहाँ भन्दा अटो चलाए भने राम्रो होला आफ्नै व्यवसाय सहज होला भनेर माईतीको सहयोगका ईरिकसा किने । े तर धेरै समय चलाउन पाउँदिन । बुटवलतिर जाउ भने नगर प्रहरीले लखेट्छ । तिलोत्तमा जान पाईदैन । खै कसरी हो बाँच्ने ? गरिव त बाँच्न पनि नसकिने भयो । साना बच्चा छन् श्रीमानले नगरे पनि मैले गर्छु भन्ने हिम्मत निकाले । तर यहाँ अनेक बहानामा गर्न दिएनन् । खै अब के हुने हो थाहा छैन । हाम्रा आँशु कस्ले देख्ने । उनी भन्छिन्, गरिवको कुरा सुन्ने कोहि छैन यहाँ ।
अनिता जिटी रानीगञ्जमा बस्छिन् । विगत ५ वर्ष देखि श्रीमान र उनेल रिक्सा चलाएर दैनिकी गुजारेका थिए । दिनहरु सामान्य बित्दै थियो तर आजभोली रक्सिा चलाउन नपाउदा दुबै जना बेरोजगार भएका छौ । के खाने टुङ्गो हुदैन । कसरी जिवन चलाउने निधो छैन । रिक्सा चलाउन नपाए के गर्ने अवस्था थाहै छैन । लक्ष्मी पाण्डेय र राधा परियार पनि आर्थिक अवस्था कमजोर भएका महिला हुन् । उनीहरुको आर्य आर्जकको माध्यम पनि अटो रिक्सा नै हो तर अहिले चलाउन नपाउदा निकै दुःखी देखिन्छन् । उनीहरुसँग अनगिन्ती प्रश्न र गुनासा छन् । भन्छन्, सरकारले हामी गरिवहरुलाई पनि गरेर खान दिनुपर्छ । हामी धनी भएको भए किन रिक्सा चलाउन पथ्यौं र ? खै स्थानिय सरकारले गरेर पनि खान दिएन । हामी पनि यहि देशका नागरिक है । शहर बजारमा रिक्सा नचालएर कता हाम्रो जन्म गाँउतिर चलाउन ? गाँउमा यस्तो व्यवसाय गर्न सक्ने भए साना लालाबाला लिएर शहरमा किन आउन मन लाग्दथियो र । हामीले केहि दुःख गर्न सके सन्तानले पढ्ला र सुखी जिन्दगी बिताउन सक्ला भन्ने उद्देश्य बाहेक केहि छैन । यहाँ रिक्सा चलाएर कस्ले सम्पति जोड्न सक्छ र ?
स्वतन्त्र स्वरोजगार अटो रिक्सा मजदुर संघ, बुटवल नगरका सचिव भेषराज पौडेल अनुसार बुटवलमा दर्ता हुन बाँकी दई सय ईरिक्सा रहेका छन् । त्यसमध्ये पनि १० जना महिला चालकको रहेका छन् । उनले उपमहानगरपालिकाले बनाएको ई रक्सा सञ्चालन कार्यविधि संसोधन गर्न नसके धेरै मजदुरहरुको बिच्चली हुने बताए । लाइसेन्स, ब्लुबुक भएको नेपाली नागरिकले ई रिक्सा सञ्चालन गर्न पाउनुपर्ने उनको माग छ । तर नगरपालिकाले भने व्यवस्थापनका लागि भन्दै इरिक्सा दर्ता र संचालनको नियम बनाउनुपरेको बताउँदै आएको छ ।
(((