© २०२३
लमही , माघ । गढवा गाउँपालिकाले भूमिहिन सुकुम्वासीलाई दिने भनिएको जग्गा नापजाँचको प्रक्रिया अगाडी बढाउने भएको । पालिका भित्रका वडाहरुमा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिसकेकाले अब नापजाँचको कार्य सुरु गर्न लागेको पालिकाका अध्यक्ष यमनारायण पोख्रेलले वताए ।
पालिकामा रहेका ३ सय २१ भूमिहिन दलित, ११ सय भूमिहिन सुकुम्बासी र ६ हजार बढी अव्यवस्थित बसोबासी गरी ७ हजार ७ सय ५५ जनाको तथ्याङक प्रविष्ट भइसकेकोले अब नापजाँचको कार्य अगाडी बढाउने तयारी भएको गढवा गाउँपालिका अध्यक्ष पोखरेलले वताए ।
राष्ट्रिय भूमि आयोग दाङका पदाधिकारी र गाउँ कार्यपालिकाको बीच बुधवार गढवामा भएको अन्र्तक्रियावाट नापजाँचको कार्य अगाडी बढाउने सहमति भएको छ ।
पालिका अध्यक्ष पोखरेलको अध्यक्ष सहभागितामा , राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज सिंहले आयोगले विगतका अधुरा कार्यका फाइलहरु अध्ययन गरिरहेको बताए ।
निस्सा वितरण भैसकेका र तथ्याङक प्रविष्ट गरिसकेको पालिकाम नापजाँचको कार्य अगाडी बढाउने र छिटो भन्दा छिटो भूमिहिनको हातमा लालपुर्जा पुर्याउने गरी आयोग अगाडी बढेको बताए ।
नापजाँचको कार्य अगाडी बढाउनका लागि ७ दिने र १५ दिने सुचना निकाले लगतै पालिकाले नापजाँचको काम गर्ने जनाएको छ ।
मुक्त कमैयाहरुको सवालमा आयोगले केही नगर्ने र यसको लागि छुट्टै कार्यदलले हेर्ने भूमि आयोग दाङका अध्यक्ष सिंहले वताउदै –अव सवै अधिकार गाउँ कार्यपालिकाको हातमा रहेकोले जग्गाको वर्गीकरण देखी सार्वजनिक जग्गाको संरक्षणको जिम्मा समेत पालिकालाई रहेको छ ।
पालिकाको भूमिहिन सुकुम्बासीको अवस्थावारे पालिकाका भूमि सेवा केन्द्र प्रमुख संजिव पौडेलले जानकारी गराएका थिए । यसभन्दा पहिले पालिकाले ८ सय १५ घरधुरीको ९ सय २४ कित्ता जग्ग्गा नापजाँचको कार्य सम्पन्न गरिसकेको छ । यसै गरि लमही नगरपालिकाका अन्र्तगतका करिव २५ प्रतिशत भूमिहिन तथा अवेवस्थीत वसोवास नापजाँच भइ सकेको नापजाँच चलि रहेको लमही नगरपालिका भूमि सेवा केन्द्र लमहीका प्रमुख गोपाल विकले वताए ।