© २०२३
सुनवल, माघ– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आम्दानीको मुख्य स्रोत मानिने नदिजन्य पर्दाथ उत्खनन्को लागी खोलानालको ठेक्का नगर्ने भएको छ । त्यसैले नगरपालिकाले हाल सम्म खोलाको वातवरणीय प्रभाव मुल्याङ्कन (आइइइ) समेत गरेको छैन् । स्थानिय तहको आम्दानीको मुख्य स्रोत मानिने खोलाको ठेक्का पट्टानै नलगाउदा राजश्व संकलनमा सिधा असर पर्ने देखिएको छ ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले अब आफ्नो नेतृत्व रहदा सम्म खोला ठेक्का नलगाउने बताए । खोला ठेक्का लगाउदा मेसिन प्रयोग गरी दोहन बढेको बताउदै उहाँले अब ठेक्का नलगाउने बताए ।
खोलामा चोरी निकासी बढ्यो भन्ने गुनासो छ नदिजन्य पर्दाथको ठेक्का लगाउने होईन् ? भन्ने जिज्ञासामा नगर प्रमुख श्रेष्ठले भने ५ वर्ष सम्म खोलाको ठेक्का लाग्दैन् । खोला क्षेत्रमा नगर प्रहरी खटाईने भन्दै अहिले भईरहेको नदिजन्य पर्दाथको चोरी निकासीको विषयलाई सामान्य रुपमा लिए । ‘अहिले दिनमा धेरै चोरी त भएको छैन् रातको समयमा हुन्छ, खबर भएसम्म प्रहरी पठाउने गरेका छौ श्रेष्ठले भने ।’ ठेक्का लगाउदा खोला दोहन बढ्ने र कलधारामा पानी समेत सुक्दै गएकाले ठेक्का नलगाउने निष्र्कषमा पुगेको उनले बताए ।
नगरपालिकाले विगतमा खजुरा गंगटी लगाएतका खोला ठेक्का लगाएर दुई करोड सम्म राजश्व संकलन गर्दे आएको थियो । अहिले दैनिक ट्याक्टर प्रयोग गरी नदिजन्य पर्दाथको चोरी हुने गरेको छ । विशेषगरी रातको समयमा खोला बाट निर्वाध रुपमा नदिजन्य पर्दाथको उत्खनन् हुदा पनि जनप्रतिनिधिले वास्ता गरेका छैनन् । खजुरा खोलाबाट हुने चोरीको सन्र्दभमा नाम नबताउने शर्तमा एक स्थानिय युवाले जनप्रतिनिधिकै मिलीमतोमा चोरी निकासी हुने गरेको बताएका छन् ।
राजनैतिक आडमा नगरप्रमुख शम्भुलाल श्रेष्ठले आखाँ चिम्लीदा खोलाको दोहन बढेको स्थानियकै भनाई छ । अझ पाँच वर्ष ठेक्का नलगाउने नगरप्रमुखको भनाईले चोरी निकासीले प्रसय पाउने देखिएको छ । नगर प्रमुखले खोला ठेक्कामा नलगाउने बताईरहदा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले भने खोलाको आइइइ गर्ने सोच बनाएको बताए । गंगटी खोलाको आईइइ भएपनि मुल आम्दानीको स्रोत मानिने खजुरा खोलाको आइइइ भएको छैन् । प्रमुख प्रशासकिय अधिकृत सापकोटाले चोरी निकासी भईरहेको गुनासो आईरहेपनि जनप्रतिनिधिले नै विवादित हुने भन्दै खोला ठेक्कामा लगाउन खासै चासो नदिदा समस्या भएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले पटक पटक बर्दघाट नगरपालिलाई चोरी निकासी बढेकाले खोला ठेक्का लगाउन आग्रह गरेपनि सुनुवाई नभएको बताए । मुख्य ठुला खोला भएका सुनवल र बर्दघाटलाई विशेष आग्रह गरेपनि सुनुवाई नभएको उहाँको भनाई छ । ‘सुनवलले आइइइ गरिसकेको छ, ठेक्का आह्वान गरेको छैन्, बर्दघाटले त कुनै सुनुवाई नै गरेन् जिसस प्रमुख यादवले भने ।’बर्दघाट नगरपालिकाका पुर्व नगर प्रमुख धिरज शर्मा बस्यालले नगरपालिकाको आम्दानीको मुख्य स्रोत रहेको खोलानालाको समयमै ठेक्का लगाउन सके नगरको राजश्व संकलनमा सकारात्मक असर पर्ने बताए । आफुहरुको समयमा नियमित खोलाको ठेक्का लगाउदै आएको बताउदै पुर्व नगरप्रमुख बस्यालले ठेक्का नियमित गर्नुपर्नेमा जोड दिए ।