ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

काग्रेस नेता बालकृष्ण खाँण भन्छन्–‘१० बर्षभित्र संसारमा कम्युनिष्ट पार्टीको रहन्न’

१० कार्तिक २०७५, शनिबार
१० कार्तिक २०७५, शनिबार

पूर्व मन्त्री, नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खांणले ले अवको १० बर्षमा संसारबाट नै कम्युनिष्ट पार्टी लोप हुने ठकुवा गरेका छन् । उनले पार्टी एकिकरण प्रक्रियामा जानु, एकिकरण हुनु समान्य कुरा भएको भन्दै जहिलेबाट कम्युनिष्ट पार्टीमा एकिकरणको प्रक्रिया सुरु भयो त्यहिबाट नै पार्टी को आयुको दिनगन्ती सुरुवात भएको दावि गरेका हुन ।
रिपोर्टस क्लव प्रदेश ५ कमिटिले बुटवलमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै काग्रेस नेता खाँणले अहिलेको सरकारकै कारण संघीयता धरापमा परको बताएका छन् । पछिल्लो समयमा सरकारले गर्दै आएको गतिविधि तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्याक्तिको कारण नै नेपालमा संघीयता धरापमा परेको बताए । तर संघीयतालाई दिगोपना दिनको लागि नेपाली काग्रेस लागि परेको बताए । साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेकमा एकताको प्रक्रिया सुरु हुने समान्य भएको भन्दै अव एकता पछि आयुको गणनाा सुरु भएको बताए । उनले भने अव नेकपा भित्र एकता मात्रै होईन, विगठनको प्रक्रिया सुरु भएको छ । ’
अहिलेको सरकारको कारण संघीयता धराkमा परेको भन्दै उनले तर यसलाई दिगो रुपमा लैजानुको विकल्प नभएको बताए । केही कमीकमजोरीहरु रहेक पनि संघीयताका धेरै राम्रा पक्षहरु रहेको भन्दै उनले ति रााम्रा पक्षलाई अगाडी बढाएर संघीयतलाई दिगो पना दिनु पर्ने बताए । संविधानमा उल्लेख भएका अधिकारहरुलाई परिमार्जन र परिस्कृत गर्नुआवश्यक रहेको भन्दै उनले नेकपाले दुई तिहाईको आडमा अन्य दलको अस्तत्विवलाई अस्वीकृत गर्ने परिपाटीले सरकारलाई नै घाटा हुने बताए ।
अहिलेको सरकार र प्रधामन्त्रीको पछिल्लो अभिव्याक्तिी, सरकारका तिविधिले मुलक विकासमा रचनात्मक काम गर्नेमा आफु विश्वस्त नभएको उनलको भनाई रहेको छ । पछिल्लो समयमा विकास निर्माणका कार्यक्रमहरु तिन वटा सरकारको विचमा तालमेल नभएको कारण विकाका गतिविधिहरुमा शुन्य भएको उनले बताए । साक्षत्कार कार्यक्रममा बोल्दै नेता खाँणले प्रतिपक्ष दल लाई सरकारले उचित व्यवाहर नगरेको बताए ।
अहिलेको सरकारले कर आतंक सृजना गर्ने कार्य वाहेक ठोस कार्य गर्न नसकेको नेता खाँणको आरोप रहेको थियो । उनले भने–‘घरको कर तिर्नको लागि घर नै बेच्नुपर्ने अवस्था समेत आउन थाल्यो भन्ने गुनासो आएको छ, यसमा सरकारको ध्यान जानुआवश्यक छ ।’
उद्योगी व्यवासयीहरुलाई समेत सकरारले आतंकित पार्ने काम गरेको भन्दै उनले सरकारलाई राज्यको शक्ति दुरुपयोग नगर्नको लागि आग्रह गरे । उनले भने–‘सरकारले आफ्नो गतिविधिलाई परिस्कृत गर्न नसकेकमा सरकारको स्थनियत धेरै कमजोर हुन्छ, बेलैमा ख्याल गर्नु राम्रो ।’
जततालाई बढि भन्दा बढि सम्पन्नशाली बनाउनको लागि संघीय लोकतान्त्री गणतन्त्र नै उत्तम विकल्प भएको भन्दै उनले पछिल्लो समयमा नेकपाको सरकार केन्द्रीय सासन प्रणाली भएको र अहिले पछिल्लो समयमा आएर मात्रै संघीयलोतान्त्रीक गणतन्त्र स्वीकार गरेको बताए । उनले भने–प्रदेश, स्थानिय सरकारलाई अधिकार दिनुको सट्टा विभिन्न विवादिद कार्य गर्नु आफैमा घाटा हो ।
१० बर्ष पनि विश्वको कुनै पनि भुभागमा कम्नष्युष्ट शासन व्यवस्था चल्न नसक्ने नेता खाँणको भर्नाइ रहेको छ । उनले नेपालका पनि दलहलरुले यस विषयमा बेलैमा सोच्नको लागि आग्रह गरे । नयाँ पुस्ताले चाहेको जस्तो मुलुक निर्माणको लागि लाग्नको लागि ढिला गर्न नहुने उनले भनाई रहेको थियो ।
नेपालमा कम्नुष्ट पार्टीको आयुको गणना सुरु भएको तर्क गर्दे नेता खाँणले द्धन्द्धान्तम भौतिक वादको सिद्धान्त अनुसार आयुगणना सुरु भएको बताए । जवसम्म एकता नहुने र एकताको प्रक्रियामा जाने र पछि एक दिन विगघन भएर नै छाड्ने ठोकुवा गरे । उनले सदाकै लागि नेपालमा सासनचलाउने सपना नेकपाले नदेख्नको आग्रह गरे । उनले भने–‘नेकपा भित्र विगठनको प्रक्रिया सुरु भईसकेको छ, बुटवलमा आएर मैले बोले, के कसरी भन्ने कुरा माक्र्सजिमम पढ्नुहोस ।’
प्रजातन्त्र र पत्रकारिता एकसिक्कका दुई पाटाको रुपमा स्थापित भएका बतायदै उनले समाचार संकलन गर्दा, पत्रकारहरुको भुमिका प्रतिपक्षजस्तो हुन थालेको छ भन्ने वातावरण नहुनको लागि आग्रह गरेका थिए । सरकारमा जो भएपनि त्यो कामको निस्पक्षरुपमा कलम चलाउनको लागि आग्रह गरे । पत्रकारितामा लागेका व्याक्तिले कहिल्यै पनि खुट्ट नकमाउनको लागि नेता खाणले आग्रह गरेका थिए ।
नेपाली काग्रेस जहिले पनि संघीय लोकतान्त्रीक गण्तान्त्रको पक्षमा रहेको बताउदै उनले स्थानिय निकाय, जनताको पक्षमा उभ्याउने क्रममा बढि भन्दा बढि अधिकार संम्पन्न गराउनु संसारकै प्रजातन्त्री पद्धतीको मुल आधारसिला भएको बताए । फरक प्रसंघमा उनले बुटवलमा नै स्थायी राजधानी बन्नेमा विस्तस्त हुनको लागि आग्रह गर्दै उनले यसमा कुनै पनि शक्तिले स्थायी राजधानी बुटवलबाट बाहिर नजाने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?