© २०२३
नवलपरासी, माघ – प्राचिन कोलिय गणराज्यको राजधानी रहेको प्राचिन रामग्राम(पण्डितपुर) स्थित सुचना बोर्डहरु ढले पनि सरोकारवालाले ध्यान नदिएको आरोप स्थानियबासीले लगाएका छन् । पुरातात्विक स्थलको रुपमा रहेको उतm स्थानमा सुचना बोर्डहरुका नष्ट भईसकेको तर पुनः ति सुचना बोर्ड राख्न तर्फ कसैले चाँसो नदेखाउदा स्थानियबासी आक्रोसित र चिन्तित पनि भएका हुन् ।
पुरातत्व विभागले पटक पटक उत्खनन गरि बुद्धको मावली स्थल रामग्राम पण्डितपुर भएको पुरातत्व विभागले प्रमाणित गरि सकेको छ । सो क्षेत्रलाई संरक्षण,प्रवद्र्धन गर्नका लागि पुरातत्व विभागले जिल्ला स्थित सरोकारवालालाई पत्राचार गरे पनि स्थानिय प्रशासन र स्थानित तह नगरपालिकाबाट वेवास्ता र उपेक्षा गरिएको आरोप स्थानिय रामप्रित राजभरले लगाए । स्थानियबासी नारद यादवको आग्रहमा २०६९ सालमै तत्कालिन पुरातत्व विद स्वर्गिय शुक्रसागर श्रेष्ठले सो स्थानमा उत्खनन गरि पहिलो पटक कोलिय गणराज्यको राजधानी भएको उदघोष गरेका थिए ।
तत्पश्चात २०७० सालमा पुरातत्व विद स्वर्गिय डा.तारानन्द मिश्र सहितको टोलीले यस क्षेत्रमा तिन बर्षसम्म निरन्तर उत्खनन गर्यो,उत्खनन पश्चात भेटिएको प्रमाणको आधारमा बुद्धको मावली स्थल अर्थात प्राचिन कोलिय गणराज्यको राजधानी यहिँ पण्डितपुर नै भएको ठहर गरेको थियो । गत मंसिरमा पनि पण्डितपुर क्षेत्रमा जिओफिजक्स सर्वे(भुभौतिक सर्वेक्षण) ले पनि राजधानीलाई प्रमाणित गरिसकेको छ । पुरातत्व विभागको टोलीले झण्डै पचास विघा क्षेत्रफलमा फैलिएको उतm राजधानी क्षेत्रको संरक्षणका लागि विगत बर्षमा नै जिल्ला प्रशासनको नाँउमा पत्राचार गरेको थियो,उनले भने,तर यस्तो विश्वसम्पदा र राष्ट्रिय सम्पदाको संरक्षणमा ध्यान गएको छैन् । नगरपालिकाले पनि कुरा ठूल्ठूला गर्ने तर समान्य एउटा सुचना बोर्ड पनि राख्न नसक्नु दुखद कुरा भएको उनको भनाई थियो । पुरातात्विक क्षेत्रमा च्यातिएको र ढलेको अवस्थामा रहेको सुचना बोर्ड देखाउदै भने,सम्पदाको संरक्षणमा स्थानिय प्रशासन र स्थानिय तह पुरै गैरजिम्मेवार देखिएका छन् । पटक पटक कुरा उठ्ने तर काम नहुदा हामीलाई पनि चिन्ता लागेको उनको भनाई थियो ।
यसबारे प्रदेश सरकारले पनि चाँसो नलिएको उनले दुखेसो पनि पोखेका थिए । दैनिक जसो आन्तरिक र बाह्य पर्यटक यस क्षेत्रमा खोज्दै आउने गरेका छन् । तर यो स्थानको महत्व के हो ? संक्षिप्त जानकारी पनि नभएको स्थानिय बुद्धिजिवि राधेश्याम सिँह सैथवारले भने,राष्ट्रिय र विश्व सम्पदा पाउदा यसको प्रचार प्रसार र पर्यटकिय क्षेत्रको रुपमा उपयोग गर्न नसक्नु दुर्भाग्य भएको सुनाए । पहिला त यस स्थानमा पर्यटकलाई पुग्न मुस्किल छ,उनले भने, जसो तसो पुगेमा समान्य खालका सुचना,बस्ने स्थान,पुजापाठ,ध्यान गर्न सक्ने स्थान समेत बनाउन नसक्नु नगरपालिकाको निकम्मापन देखिन्छ । जनप्रतिनिधिहरु कुरा ठूलो गर्छन्,उनले थपे,तर पुरा गर्न तर्किन्छन् । स्थानियबासी पनि सरकार माथि निर्भर देखिएका छन् । केही ब्यतिmले यसको महत्व समेत बुझ्न सकेका छैनन् । माल पाएर चाल नपाउनु उख्खान चरितार्थ भएको पण्डितपुरमा देख्न पाईन्छ ।
यस क्षेत्रमा विगत बर्षमा काठमाडौ नगरपालिकाले कोलिय पिस पार्क बनाउनका लागि एक करोड बढि रकम हस्तानान्तरण गरेको छ,तर तिन बर्ष भई सक्यो कोलिय पार्कको बजेट नगरपालिकाले बर्षेनी अल्या गर्दै ल्याएको छ । आफ्नो तर्फबाट बजेट हाल्नु त परै जाओस अन्य निकायबाट पाउने सहयोग र अनुदान खर्च गरेर पार्क बनाउन नसक्नु नगरपालिकाको यो भन्दा ठूलो नालायकीपन के होला ? उनले पश्न गरे । कम्तीमा पार्क नै नभए आउने पर्यटकलाई यसको महत्व झल्किने गरि सुचना बोर्ड र जानकारीसम्मको कुरा उल्लेख गर्नु पर्छ । विगतमा राखिएका सुचना बोर्डहरु पनि ढलिसकेको र फ्लेसप्रिन्ट च्यातिसकेको छ ।
घामपानीको बेला बस्ने ओत पनि छैन्,उनले आक्रोप पोख्दै भने,कोलिय गणराज्यको राजधानी रामग्रामकै नामले रामग्राम नगरपालिका नामाकरण भएको छ,राजधानी पनि यहिँ छ,रामग्राम स्तुपा पनि यहिँ छ,तर ति सबै स्थानमा काम गर्न नसक्नु तर सत्ता भत्तामा पछाडी नपर्ने सके झन झन सुविधा थपेर लिने जनप्रतिनिधिलाई के नामले उच्चारण गर्ने ? अघिल्लो नगरसभाले त रामग्राम स्तुप र राजधानी रामग्रामको संरक्षण,प्रवद्र्धन र विकास गर्नका लागि रामग्राम विकास कोष वा समिति बनाउने नगरसभाले पास पनि गरेको सुनियो,तर त्यो कागजमा मात्रै सिमित भएको देखिन्छ ।
पण्डितपुरको दुर्गतीबारे प्रतिकृया दिदै लुम्बिनी प्रदेशसभा सदस्य (प्रदेश साँसद) बैजनाथ जैसवालले आफुले पटक पटक प्रदेशसभामा यस क्षेत्रको विकासबारे कुरा उठाएको दाबी गरे । पहिलो दायित्व त नगरपालिकाकै हो,उनले भने,तर नगरपालिकाले खासै काम गरेको देखिएन्,आफुले ति स्थानमा सुचना बोर्ड पुनःराख्नका लािग पहल गर्ने प्रतिवद्धता जनाए । अतिक्रमण रोक्न स्थानिय प्रशासनले पनि तत्कालन पहल गर्नुपर्छ,उनले थपे,यसका लागि आफुले कुरा उठाउने दाबी गरेका थिए । राजधानी क्षेत्रमा राजदरबारका राजा परिवार बस्ने अन्तोनगर र सेना तथा नागरिक बस्ने बाह््यनगर भनेर दुई भागमा छुट्टिएको छ । दर्जनौ प्राचिन इनारहरु यहाँ उत्खननको बेला भेटिएका छन् । बुद्धकाल भन्दा पहिलाको ग्रेवर(खैरो भाडोका टुक्रा,सिक्का,मुर्ति र पर्खालमा प्रयोग गरिएको खम्बाका पोष्टहोल जस्ता इसापुर्व ७ सय प्राचिन बस्तुहरु फेला परेका थिए ।