© २०२३
भदौ २५ गते रूपन्देहीको सुर्यपुरा सालघारीमा सामुहिक बलत्कार पश्चात दानवनदीमा नग्न फेला परेकी २२ बर्षीया युवती हत्याप्रकरण पत्ता लगाउन रूपन्देही प्रहरी युनिट नै अझै असफल भएको छ ।
रूपन्देहीको गैडहवा गाँउपालिका वडा नं.६ र शुद्धोधन गाँउपालिका वडा नंं.७ स्थित दानवनदीमा फेला पारिएकी युवती माथि गरिएको बलत्कार पछिको घटना महिनौं दिनपछि पनि प्रहरीले सुईको समेत नपाउदा स्थानीय जनमानसमा प्रहरी माथि बिश्वस्नीयतामा कमी आउन थाले स्थानीय बताउछन् । नाम र ठेगाना नखुलेको अन्दाजी २०÷२२ बर्षको थारु चौधरी अनुहार भएकी युवतीलाई बहोरवा सामुदायिक बनको सालघारीभित्र बलत्कार गरि हत्या पश्चात नाङ्गो पारि दानवनदीमा शव फयाकिएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गर्दा घटना स्थलमा प्रहरीले दुईजोर चप्पल युवतीको चुन्नी, सलवार, समीच र पोष्टमार्टम रिपोर्ट प्रमाण फेला पारे पनि गैडहवा गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबेलाश यादवले जानकारी गराए ।
घटना दानवता पूर्ण तथा अमानवीय ढंगबाट गरिएको हुँदा जसरी भएपनि दोषी पत्ता लगाई कडा भन्दा कडा सजाय दिलाए पछि मात्र यस क्षेत्रका जनता प्रहरीको काम कार्यवाही माथि बिश्वाश गर्ने भएको हँुदा छिटो भन्दा छिटो दोषीलाई कानूनी कठघरा भित्र उभ्याउन प्रहरीले तत्काल ठोस कदम चाल्न उनले माँग समेत गरे ।
सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख ह्रदय थापा सँग जिञासा राख्दा उनले युवतीको चुन्नी,शूट (कपडा) बहोरवा सामुदायिक जंगलभित्र र लाश दानवनदीको पानीभित्र नग्न अवस्थामा तैरिरहेको स्थनीयले देखेपछि प्रहरीलाई जानकारी दिएपछि ती युवतीको शव भीम अस्पताल भैरहवामा पोष्टमार्टम पश्चात सुरक्षित राखी अनुसन्धान कार्य प्रहरी द्वारा अगाडी बढाइएको भए पनि अझै दोषी पत्ता लाग्न नसकेको स्वीकारोक्ती गरेका छन । सामुहिक बलात्कार पछि अपरिचत युवतीहत्याको घटनाले सूर्यपुरा बजार आसपासको क्षेत्रका बासिन्दाहरूको मनमस्तिष्कमा अझै सनसनी फैलिएपछि महिलाहरू एक्लै मेलापात गर्न, घर बाहिर निस्किन असुरक्षित डराई रहेको अवस्थामा अभिभावकलाई बेटी पाल्न धौ धौ भएको गैडहवा गाँउ पालिका अध्यक्ष बछुलाल केवटको भनाई छ ।
जनताको जीवधनको सुरक्षा गर्नु स्थानीय सरकारको पनि प्रहरी जस्तै दायित्व रहेको हुदा आफू सँग अपरिचत युवती हत्या प्रकरण प्रहरीले पत्ता लगाउन नसकेकै कारण स्थानीयलाई जबाफदेही बनाउन नसकेको गैडहवा गाँउपालिका सरकार प्रमुख समेत रहेका केवटको दुःखेसो छ ।
यद्यपि अपरिचत युवतीको हत्यालाई जघन्य अपराधको कोटिमा राखि शव भीम अस्पतालको आई.सी.यु.मा राखि अपराध अनुसन्धान टोलीद्वारा सूक्ष्म अनुसन्धान भईरहेको हँुदा सनाखत नभएको निजको पोष्टमार्टम रिपोर्ट बाहिर सार्बजनिक गर्न नमिल्ने रूपन्देही प्रहरी प्रबक्ता डी.एस.पी. कुमार ढुंगेलले बताए ।
यो खबर तयार पार्दासम्म ती युवतीको शवको पहिचान हुन नसक्दा सनाखत हुन नसके तै पनि कतै बाट अपहरण गरि उक्त सालघारीमा बलत्कार पछि हत्या गरि निबस्त्र नदीमा फालिएको दुई जोर चप्पल र मृतकको फेला पारिएको कपडाबाट पुष्टि भएको स्थानीय प्रत्यक्षदर्शिले दाबी गर्दै आइरहेका छन । तर निज युवतीको हत्याप्रकरण जघन्य अपराधकोटीमा राखेर प्रहरीले अनुसन्धान गरे पनि मृतकको सनाखत र दोषी फेला नपर्दा सम्म सो क्षेत्रका थारु र मधेशी महिलामा एक्लै हिडडुल गर्ने डरत्रास मेटाउन रही राख्ने भएकोमा सरोकारवालाले दोषी प्रमाणित गराउन बिशेष चासो देखाउनु पर्ने महिला अधिकार कर्मी रीमा बी.सी.को भनाई छ ।