© २०२३
बुटवल ७ माघ । तिलोत्तमा नगर स्तरीय छात्र–छात्रा फुटसल प्रतियोगितामा स्मृति बोर्डिङ् स्कुल विजयी भएको छ ।
प्याब्सन तिलोत्तमाद्वारा आयोजित शुक्रबार सम्पन्न छात्रतर्फको फाइनल खेलमा स्मृति बोर्डिङ् स्कुलले कुँवरवर्ती बोर्डिङ् स्कुललाई ७–० को गोल अन्तरले पराजित गरी विजयी भएको हो ।
तिलोत्तमा नगरपालिकका नौ वटा संस्थागत विद्यालयहरु सहभागी उक्त प्रतियोगितामा स्मृतिका साहिल गाहा बेस्ट गोलकिपर र सुवास बमले वेस्ट स्कोरर उपाधि प्राप्त गरेका छन् । यसैगरी स्मृति बोर्डिङ्कै देव तामाङ म्यान अफ द सिरिज भएका थिए । स्मृतिकै निखिल सुनार, सुवास वम र देव तामाङ विभन्न खेलमा म्यान अफ द म्याच भएका घोषणा भएका थिए ।
यसैगरी छात्रातर्फको फुटसल प्रतियोगितामा पनि स्मृति बोर्डिङ् स्कुल नै विजयी भएको छ । फाइनल खेलमा स्मृति बोर्डिङ् स्कुलले लिटिल स्टार बोर्डिङ् स्कुललाई २–० को गोलअन्तरले पराजित गरी विजयी भएको हो । प्रतियोगितामा स्मृतिकी महिमा गुरुङ्ग बेस्ट गोलकिपर र रिया अधिकारी वेस्ट स्कोरर भएका थिए । यसैगरी स्मृतिकै स्नेहा थापा म्यान अफ द सिरिज भएका थिए भने स्मृतिकै निरुता ज्ञवाली, स्नेहा थापा र रिया अधिकारी विभिन्न खेलमा म्यान अफ द म्याच भएका थिए ।
प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका छात्र तर्फ ९ वटा विद्यालय र छात्रातर्फ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।