© २०२३
बुटवल,५ माघ । लाफा समुहले स्थापना दिवसको अवसर पारेर पांचौ लाफा प्रथम मेयर कप बि लेभल मेन्स डबल तथा भेट्रान्स मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ ।
माघ ७ र ८ गते बुटबलको सुख्खानगरमा रहेको लाफा कोर्टमा सन्चालन हुने गरी तैयारी अन्तीम चरणमा पुगेको आयोजकले जानाकारी दिएको छ । दुई दिने ब्याडमिन्टन प्रतियोगितामा बि लेबल तर्फ ६० देखी ५६ टिम सहभागी हुने आयोजकले अनुमान रहेको छ भने भेट्रान तर्फ ३० देखी ३५ टिम प्रतिष्पर्धामा सहभागी हुने लाफा समुहका कार्यबाहक अध्यक्ष ज्ञानु थापाले बताए ।
प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरु सहभागी हुने उनले बताए । खुल्ला बि लेबल मेन्स डबल तर्फ प्रथम हुनेले ४० हजार, कप, मेडल र प्रमाण पत्र पाउने छन भने दोस्रो हुने टिमले २५ हजार कप मेडल प्रमाणपत्र पाउने छन । सेमिफाईनल खेल्नेलाई १५ हजार र क्वाटर फाईनल खेल्ने खेलाडीले १० हजार पाउने छन तेस्तै भेट्रान्स मेन्स डबल तर्फ प्रथम हुने टिमले नगद रु २५ हजार ५ सय ५५ कप मेडल प्रमाण पत्र पाउने छन भने दोस्रो हुने टिमले १५ हजार ५ सय ५५ कप मेडल प्रमाणपत्र पाउने छन् । तृतिय हुने टिमले नगद रु १० हजार ५ सय ५५ नगद सहित कप मेडल प्रमाण पाउने छन् ।
यस्तै लाफा समुहले दोेस्रो लाफा प्रथम उप मेयर कप बि लेबल भलिबल प्रतियोगिता २०७९ पनि गर्ने भएको छ । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने उद्देश्य सहित तिन दिने बि लेबल भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
यही माघ १२ देखि १५ गते तिन दिन सम्म चल्ने खेलमा रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासीबाट खेलाडीहरुले भाग लिने लाफा समुहका बरिष्ठ उपाध्यक्ष ज्ञानु थापाले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार, शिल्ड, मेडल प्रमाण पत्र पाउने छन भने दोस्रो हुने टिमले नगद २५ हजार शिल्ड मेडल प्रमाणपत्र पाउने छन । तृतिय हुने टिमले नगद १५ हजार शिल्ड, मेडल प्रमाणपत्र पाउने छन । सान्त्वना हुने टिमले नगद ८ हजार कप मेडल प्रमाण पत्र पाउने लाफा समुहका उपाध्यक्ष बिजय गुरुङले बताए । बि लेबल भएकाले खेल रोचक हुने गुरुङको भनाई छ । उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई बिभिन्न बिधामा नगद सहित सम्मान गरिने संस्थाका सचिब टिप बहादुर रानाले बताए । खेल सम्पन गर्न करीब २० लाख बढी लाग्ने आयोजकको भनाई छ । खेलको मुख्य प्रायोजक बुटबल उपमहानगरपालिका रहेको समुहले जनाएको छ ।
तस्वीर : टि.आर. शर्मा