ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

रिडी मा माघे संक्रान्ती मेला शुरु

१ माघ २०७९, आईतवार
१ माघ २०७९, आईतवार

गुल्मी, पुस – गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रिडीमा आजदेखि माघे संक्रान्ती मेला शुरु भएको छ । मेलाको सबै तयारी पुरा भएको मेला आयोजक संस्था रुरु फ्रेण्ड्स क्लवका अध्यक्ष सोबित थापाले जानकारी दिएका छन । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी क्षेत्रको काली गण्डकी नदिमा माघे संक्रान्तिको दिन स्नान गर्न आउने श्रद्धालुहरुको बिहानैदेखि घुँईचो लाग्ने गर्दछ ।
विगत तीन वर्षदेखि कोभिडका कारण सुनसान जस्तै बनेको रिडीमा यस पटक माघे संक्रान्ती मेलासँगै चहलपहल समेत बढेको छ । माघे संक्रान्तिको अवसरमा रिडी स्थित काली गण्डकी नदिमा स्नान र पुजाआजाका लागि टाढाटाढावाट कतिपय श्रद्धालुहरु रिडी आई पुगेका छन । भोली बिहानैदेखि कालीगण्डकी नदिमा स्नान गर्न आउने श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी स्थीत काली गण्डकि नदिमा स्नान गर्न र रिषीकेश भगवानको दर्शन गर्नकालागि छिमेकी जिल्लाहरु भारतवाट समेत श्रद्धालुहरु रिडी क्षेत्रधाममा आउने गर्दछन् ।

माघे संक्रान्तिको दिनमा श्रद्धालुहरु काली गण्डकी नदीमा स्नान गरि नजिकै रहेको रिषीकेष मन्दिरमा गई पुजा आराधना गरेपछि आफुले अन्जानका गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने विश्वास रहिआएको छ । विशेषगरि माघे संक्रान्तिको दिनमा काली गण्डकीमा स्नान गर्नाले देव रिण, पितृ रिण तथा रिषी रिण समेत तरिने धार्मिक विश्वास रहेको छ । त्यँही विश्वासका कारण हजारौं मानिसहरु माघे संक्रान्तिको अवसरमा रिडी क्षेत्रमा आउने गर्दछन् ।
रुरुक्षेत्र गाउँपालिकाको संरक्षकत्वमा स्थानीय रुरु फ्रेण्ड्स क्लवको आयोजनामा रिडीमा पाँच दिनसम्म मेला लाग्ने गर्दछ ।रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा माघे संक्रान्तिको अवसरमा कृषि मेला प्रर्दशनीको समेत आयोजना गरिने भएको छ । प्रर्दशनीमा घरेलु उत्पादीत सामग्री लगायत कृषि उपज वस्तुहरु राखिने रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।

रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल बाहिर पनि उत्तिकै प्रख्यात छ । मकर संक्रान्तिको अवसर संचालन हुन लागेको रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी– पाखी, बाँस तथा चोयावाट निर्मित सामग्रिहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । संक्रान्तिको अवशरमा रिडीमा व्यापार गर्नका लागि वाग्लुङ्ग, रुकुम, रोल्पा लगायतका ठाउँबाट पैदल यात्रा गरि मानिसहरु रिडी आईपुगेका छन् ।
रिडी क्षेत्र धार्मिक, पौरााणीक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिन्छ । नेपालका चार धाम मध्ये एक धाम र धार्मिक तथा पर्यटकिय दृष्टिकोणले रुरु क्षेत्र निकै महत्वपूर्ण मानिन्छ । माघे संक्रान्तिको दिन काली गण्डकिमा स्नान गरेर रुरु कन्याको दर्शन गरेमा मानिसहरुले आफुले अन्जानका गरेका सम्पूर्ण पापवाट मोक्ष प्राप्त हुन्छ भन्ने किंवदन्ती छ । मेलालाई लक्षीत गरेर रिडीमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा क्लवले विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?