© २०२३
लमही पौष – लमही नगरपालिका वडा नम्वर ५ कोलहीकी माया चौधरीको घर चिटिक्क सिघाँरिएको छ । लिपपोतले घर सिँघारिएको हो । घरमा विभिन्नखाले परिकारहरु पाक्न थालेका छन ।
साविक सिसहनिहा हाल राप्ती गाँउपालिका वडा नम्वर ६ की आसमानी चौधरीको घरमा पनि माघीको रमझम देखिन थालेको छ । घरमा आवश्यक पर्ने पाकवान देखि दुना टपरी खुट्न महिलाहरुलाइ भ्याइ नभ्याइ भएको छ । पुरुषहरु माछा मार्न खोलाहरुमा गएका छन ।केही सुँगुर काट्ने तरखरमा छन । टोल टोलमा थारु गित तथा नृत्यहरु वज्न सुरु गरेका छन ।
त्यसै गरि थारु जातीहरु मघी पर्वमा सरसफाइमा महत्व दिने हुदा हरेक थारु समुदायिका घरमा विषेश महत्व दिएको छ । लुगा लत्ता कपडा धुने घर पोताइ भएको छ ।
थारु समुदायहरुले माघी पर्वलाइ नयाँ पर्वका रुपमा लिने गर्दछन । उनिहरु हरेक नयाँ कार्य माघी पछि निर्णय लिने गर्दछन । विवाह , घर साफने , अधिया लगाउने , अघुवारे गाँउको नेता छान्ने लगायतका शुभकार्य माघी पछि गर्ने भएका कारण पनि उनिहरुले माघीलाइ नयाँ पर्वको रुपमा लिएका हुन ।
समयको परिर्वतनसंगै माघी मनाउने स्वरुप अव फेरीको छ , अव यसलाइ समृद्धीको ढोकासंग जोड्ने प्रयास हुन थालेको थारु संस्कृति जानाकार तथा वरिष्ठ पत्रकार छविलाल कोपिला बताउँछन ।
समाज फेरीपनि संस्कृतिलाइ जीवन्त दिने चिन्ता अझै पनि समुदायमा छ । त्यसका पनि उनिहरुले माघी पर्वको अवसरमा मघौटा वस्ती वस्तीमा देखाउने गर्दछन । त्यसका लागि मादल मोहोरा सकिएको छ ,मजुरा घुइना तयार पारिरहेका देखिन्छन । यद्यपी फेरी कोरोनाका कारण केही रौनतालाइ निरासामा वदलेको भने पक्कै छ । त्यसका वावजुद पनि थारुजातीहरु सक्नेले साम्प्रदायिक वाद्यवादन जोहो गरिरहेका छन भने नहुनेहरुले आधुनिक जर्वजस्त रुपमा लम्कीन थालेका छन । पछिल्लो समयमा नेपाली भाषाहरुमा जिंगलहरुमा घन्कीने गरेका छन ।
मुरिया लाहान बाबा कि सगर गैनुहो
करबी ढा्वाग सलाम बाबक याग हो ।करबी ढा्वाग सलाम डाइक याग हो
यसको अर्थ उनिहरु रातभरी जाग्राम वसि विहानै म गंगा सागरवाट शुद्ध भएर आए । विशुद्ध भएर विशुद्ध आफना वावा आमा , दाजुभाइ तथा अग्रजहरुमा प्रणाम ,सादर सम्मान गर्दछु भने आर्शिवाद लिने गर्दछन ।माघ संक्रान्तिका दिन फेरी थारु समुदायका बठनियाहरुले आफनो अभिभाकवहरुलाइ सृगांर सामाग्रीका लागि फकाउदै अर्को गित गाउँछन ।
संक्रान्तिको भोलीपल्ट थारुसमुदायिका युवतीहरु समुदायमा मघौटा भन्ने नाचगान देखाउँछन । यद्यपी उनिहरुले जर्वजस्ती नाचको दान भने उठाउँदैनन् । एक पछि अर्कोघर जाने गर्दछन । पाकाहरु माघी कहिले सकिन्छ भन्दा घैटोमाको जाँड सकिए पछि भन्ने गर्दछ । उनिहरुका लागि नभइ नहुने सुगुरको मास ,जाँड , अनदीको रोटी भात , घोगी , माछा ,डिक्रि लगाएतका परिकारलाइ विशेष महत्व दिने गरिन्छ । तर यि खानेकुरा भन्दा पनि बजारिया पेय पर्दाथ लगायतमा पछिल्लो पुस्ताले बढी जोड दिन थालेको थारु अगुवाले चिन्ता लिन थालेका छ ।
थारु बुद्धिजिवी तथा शिक्षाविद् गढवा गाँउपालिका ७ मानपुर निवासी हिरालाल चौधरी माघी पर्व ५ दिन सम्म मनाउने बताउँछन । पहिलो दिन पौष मसान्तको दिन सुगुर काट्ने ,माछा मासुको जोहो गर्ने गरिन्छ , दोस्रो दिन माघ १ गते विहान ४÷५ वजे पवित्र नदी तथा तलाउमा गइ नुहाइ दाल चामल ,नुन छोएर आफ्ना मान्यजनसंग आर्शिवाद लिने गरिन्छ । त्यस दिन अघिल्लो दिन बनाएको सुगुर मासु ,ढिक्री , आलुको तरकारी लगायतका परिकार खाएको मनाउने गरिन्छ । तेस्रो दिन शुद्ध घिउमा पकाएका परिकार खिचडी लगायत खाने र चौथो दिन घर परिवारको सदस्य रैती र अन्य व्यवस्थाको लागि छलफल गरि वार्षिक योजना तयार पार्ने र पाँचौ दिन गाँउभरीका किसान ,जमिन्दारहरुको बैठक बस्दै गाँउको अगुवा अघरिया ,चौकीदार,सिकरिया ,देवथान पुजारी नियुक्ती गर्दै गाँउको वार्षिक योजना तयारी पारिन्छ चौधरीले भने । परिवार देखि गाँउका वार्षिक योजना माघी पर्वसंगै निर्माण हुने हुदा पनि नयाँ वर्ष र समृद्धीको रुपमा मनाइने चौधरी वताउँछन ।
पछिल्लो एक दशक यता कमैया मुक्ती आन्दोलनको सफलता भनेको कम्लरीहरुको जिम्मा राज्यले लिएको छ । तर पनि माघीको समयमा यी विषय उठ्ने गरेका छन । थारु समुदायमा धेरै जागरण आएको छ तर केही सिमित व्याक्तीहरु राज्यवाट पहुँचमा पुगे पनि वास्तविक थारुको समृद्धीका लागि केही नगरेको वरिष्ठ पत्रकार कोपिला थारु भन्छन । सुकुम्वासी ,मुक्त कमैयाहरुलाइ राजनीतिक दलहरुले भोट बैकं बनाउनु वाहेक कुनै पनि परिर्वतन नभएको उनले वताए ।
उनि भन्छन् समय फेरिएसंगै माघी मनाउने स्वरुप फेरिएको छ । तर उएटै चिन्ता छ माघीलाई कसरी शाश्वत बनाउने भन्नेमा चिन्ता रहेको छ ।