ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

बढ्दै संघसंस्था, खुम्चिंदै खेलकूद

खेल गतिविधि अनुसार खेलाडी उत्पादन न्यून
२९ पुष २०७९, शुक्रबार
२९ पुष २०७९, शुक्रबार

बुटवल, २८ पुस ।

रुपन्देही जिल्ला धेरै खेल गतिविधि हुने जिल्लामा पर्दछ । मार्शल आर्ट, फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, बुद्धिचाल, ब्याडमिन्टन, टेबलटेनिस, कुस्ती, लनटेनिस जस्ता हरेक खेल यहाँ हुन्छ । वार्षिक क्यालेन्डर बनाएर नै यहाँका क्लबहरु नियमित खेलकुद गतिविधि गर्दै आएका छन । कुनै बेला मार्शल आर्ट विधामा रुपन्देही अगाडि थियो । ‘वि.सं २०४५ सालमा रुपन्देही तेक्वान्दोमा कोरियाको रुपमा पहिचान बनाएको थियो’–तेक्वान्दोका प्रशिक्षक राजकुमार पाण्डे स्मरण गर्छन् । नेपालमा हुने सबै खाले तेक्वान्दो प्रतियोगितामा अविजित खेलाडी आलोक राना त्यसबेलाको नाम चलेका खेलाडी भएको उनी बताउँछन् ।

आलोकजस्तै रमन मल्ल, चित्र मल्ल, महिला खेलाडीमा उमा गुरुङ नाम कमाएका खेलाडी थिए । त्यसपछि पनि तेक्वान्दोका खेलाडी राजु तिमिल्सिनाले अन्तर्राष्ट्रियस्तरमा नाम कमाए । तेक्वान्दो प्रशिक्षक विपिन श्रेष्ठ, सन्तोष प्रधान लगायत मार्शल आर्टमा योगदान दिने र नाम कमाएको रुपन्देहीका अधिकाश खेलाडीहरु विदेश पलायनसंगै पहिचान फेरिन पुग्यो । अर्कोतर्फ केन्द्रस्तरमा नै विवादको असर खेल क्षेत्रमा परेको उनी बताउँछन् ।

राष्ट्रिय तेक्वान्दो संघ र नेपाल तेक्वान्दो संघ गरी दुई प्रतिष्पर्धी संगठन स्थापना गर्दा खेलाडीहर अन्यौलमा परेको उनी बताउँछन् । यसले सबैतिर समस्या भएको उनको दुखेसो छ । स्थानीय सरकारमा नयाँ नेतृत्व आएसंगै खेलकुद क्षेत्रमा धेरै विकास हुने सोचका उनीजस्ता धेरै खेलप्रेमीहरु अहिले निरास छन । निरन्तर हँुदै आएको पालिकास्तरको खेल गतिविधि समेत राकिएको उनले दुःखेसो गरे । मार्शल आर्ट खेललाई आत्मरक्षासँंग जोडेर धेरै विद्यालयहरुमा खेल सिकाउँदै आईएको छ । यो एउटा महत्वपूर्ण खेलाडी उत्पादन र विकासको पाटो भएको उनी बताउछन । निजी क्षेत्रसंगै सरकारीस्तरमा गरिएको लगानी खेलकुद विकासको आधार हुने भन्दै सरकारले ब्यावसायिक बनाउन नसक्दा सम्म खेल र खेलाडी पलायन नराकिने उनको तर्क छ ।

महिला भलिबल खेलाडी उत्पादनमा बुटवलको एभरेष्ट बोर्डिङ स्कुलले राम्रो पहिचान बनाएको छ । राष्ट्रियस्तरको आधा दर्जनसहित विभागीय टिममा समेत खेलाडी उत्पादन गरेको विद्यालयमा भलिबल प्रशिक्षक अर्जुन घिमिरेको योगदान महत्वपूर्ण छ । गाउँगाउँमा लुकेका प्रतिभावान युवा खेलाडी छनौट गरी उनीहरुलाई खेल अभ्यास गराएर दक्ष बनाउने उनको मुख्य काम हो । ‘मेरो कामप्रतिको लगन नै मेरो कमाई हो’– उनी भन्छन् । एभरेष्टमा उत्पादन भएर उत्कृष्ट प्रदर्शनकै कारण पुनम चन्द, यमकली कवर मगर, सपना डागी, निशा चौधरी लगायत आधा दर्जन बढी राष्ट्रिय तथा विभागिय टिमबाट खेल्दै आएका छन् । खेलकुदमा निजी क्षेत्रको लगानी धेरै हुँदै आएको उनी बताउँछन् । सरकारीस्तरबाट आवश्यक लगानी नहुँदा सोचेजस्तो ग्रासरुट लेभलको खेलाडी उत्पादन हुन नसकेको उनी दुखेसो गर्छन् । त्यस्तै रुपन्देहीकै मणिमुकुन्द भलिवल क्लव जसले प्रदेशकै नेतृत्व गरेर राष्ट्रिय लेभलमा हुने भलिवल खेलमा भाग लिंदै आएको छ भने अध्ययनका लागि रुपन्देही आउने खेलप्रेमी विद्यार्थीहरुलाई तालिमको व्यवस्था गर्ने र रोजगारका लागि समेत सहयोगी भूमिका खेल्दै आएको छ । त्यस्तै बुटवलको पूरानो क्लव लाफा क्लवले पछिल्लो समय भलिवल खेलाडी उत्पादन गर्न महिला र पुरुष दुवैतर्फका नयाँ खेलाडीहरुलाई प्रशिक्षित गरेर खेलाडी उत्पादनमा जोड दिंदै आएको छ । लाफा क्लवले भलिवल र ब्याडमिन्टनलाई मुख्य खेल बनाएर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा तिलोत्तमा गोल्डकप गर्दै आएको छ । रुपन्देही जिल्लाकै पुरानो र महत्व बोेकेको तिलोत्तमा गोल्डकप प्रतियोगिताको २२ औ संस्करण गर्ने तयारीमा जिल्ला लागेको छ । नगर सभाबाट ३५ लाख रुपैयाँ बजेट विनियोजन भएसंँगै प्रतियोगिता गर्न संघ आतुर छ । संघका अध्यक्ष लोक पुनले प्रारम्भिक तयारी भैरहेको बताए । स्थानीय सरकारबाट जिल्ला लिग खेल्ने क्लबहरुलाई समेत १० लाख रुपैयाँ रकम बिनियोजन गरिएकोले थप हौसला बढेको उनले बताए ।

जिल्लामा आवद्ध २० वटा क्लबहरु कागजी र खेलकुद गतिविधिमा क्रियाशिल नहुँदा घटेर १४ वटामा झरेको भन्दै उनले नयाँ क्लबहरुलाई भित्र्याउने र गतिशिल गराउने गरी योजना अघि ल्याएको बताए । संस्थाको पान, अडिट, नविकरणहरु ल्याउन नसक्दा कतिपय क्लब लिग खेल्न नपाएको भन्दै उनले थप क्लबहरु सहित नकआउट प्रतियोगिता छिट्टै सिद्धेश्वरी खेलमैदानमा खेलाउने तयारी भएको बताए । रुपन्देही जिल्लाको भौगोलिक रुपमा समेट्न सोच राखेको उनले बताए । फुटबल खेल्ने र ब्यावसायिक खेल विकास गर्ने क्लबलाई आवद्ध गराउने उनले बताए । यो प्रतियोगिताबाट विजेता र उपविजेता टिमलाई जिल्लामा दर्ता गराउने र जिल्लाको बि डिभिजनको मान्यता दिने उनले बताए ।

लिग प्रतियोगितामा ‘ए’ डिभिजनमा ८ र ‘बि’ डिभिजनमा ८ वटा क्लबलाई राउण्ड एण्ड रोबिनको आधारमा टपको टिम ‘ए’ डिभिजनमा उक्लने गरी खेल सम्पन्न हुने उनले बताए । ‘यसले क्लबलाई ब्यावसायिक बनाउन मद्यत मिल्ने छ’– उनले भने । रुपन्देही जिल्लामा फुटबलका युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित देविनगरमा एकेडेमी संचालन गर्दै आएको छ । रुपन्देहीबाट उत्पादन भएका विमल घर्ती, नितिन थापा मगर, गौरब बुढाथोकी, डोना थापा, आशिष गुरुङ, मनोज श्रेष्ठ, निशान्त न्यौपाने लगायत दर्जन बढी राष्ट्रिय र डिभिजन लिगमा विभिन्न क्लबबाट खेलाडीहरु खेल खेल्दै आएका छन् । खेलकुद विकासमा प्रतियोगिताको महत्वपूर्ण हात हुने उनी बताउँछन् । अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) रुपन्देही खेलकुदको उवर्रभूमी भएको बताउँछन् । जिल्लामा सबै खाले खेलको पूर्वाधार विकास हुँदै गएको र खेल खेलिदै आएको उनले बताए । ग्रास रुटको विकास गर्ने फिफा र एन्फाको उद्देश्य अनुसार जिल्लामा प्रशिक्षण समेत हुँदै आएको उनले बताए । जिल्लामा झरना, लिस्नु, फर्साटिकर, खुकुरी कप लगायतका धेरै प्रतियोगिता निरन्तर सञ्चालन हँुदै आएका छन् ।

छोटो समयमा क्रिकेट खेलकै कारण नेपाल अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भयो । यो खेलमा रुपन्देहीको खेलाडीहरुको योगदानलाई नकार्न सकिदैन । शक्ति गौचनदेखि निरन्तर रुपन्देहीले राहुल विक, सोमपाल कामी, सौरभ खनाल, सुशान्त भारी, सन्दिप सुनार, देव खनाल लगायतका दर्जन बढी खेलाडी उत्पादन गरेको छ । जिल्ला क्रिकेट संघ क्यानले क्लबहरुको सहकार्यमा वर्षभरि नै विभिन्न क्रिकेट प्रतियोगिता गर्दै आएको छ । सिद्धार्थनगरमा यो वर्ष अन्तर्राष्ट्रियस्तर, राष्ट्रिय र स्थानीय सबै प्रकारको खेल खेलाउन सफल भएको क्यानका सचिव सन्जय गुरुङले बताए । खेल गतिविधिबाट नया युवा खेलाडीहरुले प्लटेफर्म पाउने उनी बताउँछन् । वार्षिक क्यालेन्डर अनुसार जिल्ला लिग खेलाएर टिम र खेलाडीको पहिचान गर्ने, उमेर समुहका खेलाडी छनौटका लागि क्याम्प चलाउने, बलिङ ब्याटिङ सुधार गर्ने गरि प्रशिक्षकमार्फत अभ्यास गराउदै आएको उनले बताए । जिल्लामा टिपिएल, उजिरसिह रनिङशिल्ड, न्यु होराईजन कप, मेयर कप, वडा कप लगायत प्रतियोगिता हुँदै आएको छ ।

जिल्लामा हुने खेलकुद गतिविधिमा यहाँका क्लब, संघसंस्थाहरुको योगदान धेरै छ । महगो खेलको पहिचान बनाएको लनटेनिस काठमाडौं र पोखरापछि रुपन्देहीमा खेलिने गरेको छ । यहाँ आठ वर्षदेखि माथि उमेर समूहको नियमित प्रशिक्षण हुने रुपन्देही जिल्ला लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली बताउँछन् । युवा खेलाडीहरुले खेलमार्फत पहिचान दिलाउन सफल भएको उनको दाबी छ । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रेकिङमा बुटवलका खेलाडीहरु छन’– उनले भने । यो खेलमा गरिएको लगानीको राम्रो प्रतिफल भएको उनी बताउँछन् । निजी क्षेत्रबाट सुरु भएको लनटेनिसमा सरकारबाट पूर्वाधार विकास र खेल प्रतियोगिता सञ्चालनमा समेत सहयोग हुँदै आएको उनले बताए । ‘राष्ट्रिय प्रतियोगिताको पाँचौ संस्करण आयोजनाको तयारीमा छौ’– उनले भने । प्रतियोगिताको पाचौ संंस्करण बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा संघले यो वर्ष प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ गर्दैछ । यसपटक छिमकी ३ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने उनले बताए । रुपन्देहीबाट भेट्रान्स खेलाडीहरु पनि राम्रो खेल प्रदर्शन गर्दै आएको उनले बताए । स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सार्थक बनाउन स्थानीय सरकारले खेलकुदमा लगानी गर्न जरुरी रहेको उनी बताउँछन् ।

ओमसतिया कुस्तिको लागि ख्याति कमाएको छ । यहाँ प्रत्येक वर्ष हुने मेला महोत्सवमा नियमित कुश्ती प्रतियोगिता हुँदै आएको छ । रुपन्देहीमा लाफा समूह, न्यु लुम्बिनी ब्याडमिन्टन क्लब, आशिष स्टेशनरी, बुटवल ब्याटमिन्टन क्लब, भैरहवा ब्याडमिन्टन, तिलोत्तमा ब्याडमिन्टन क्लबले नियमित प्रतियोगिता गराउँदै आएको छ । दोस्रो लुम्बिनी प्रदेशस्तरिय ‘सि’ डिभिजन र भेट्रान्स खुला आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०७९ पुस २९ र ३० गते सञ्चालन हुँदैछ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना, लुम्बिनी साँस्कृतिक, शुद्घोधन, सियारी, ओमसतिया लगायत धेरै स्थानीय सरकार खेलकूद पूर्वाधार र खेल गतिविधिको लागि बजेट बिनियोजन गर्दै आएको छ । स्थानीय सरकारले छुट्टयाउने बजेट सही ढंगबाट गर्न जरुरी देखिन्छ । रुपन्देहीमा खेलकूदका नाममा क्लव, संघसंस्था बढ्दै गएपनि खेलकूदका प्रतियोगिता भने खुम्चिदै गएका पाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?