© २०२३
बुटवल, २५ मंसिर । माओवादी केन्द्रले चाहेको मन्त्रालय नपाएको भन्दै अत्तो थापेपछि लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउसो १ बजेका लागि सपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्रीको सपथ लिन इन्कार गरेपछि सपथ ग्रहणमा ढिलाई भएको हो । महराले सपथ नलिने भएपछि माओवादी केन्द्रले बांकेबाट निर्वाचित कृष्णा केसीलाई सपथका लागि पठाउने निर्णय भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । महराले अर्थ वा शहरी विकास मन्त्रालयको दाबी गरेका छन् । एमालेबाट दलका उपनेता चेतनारायण आचार्यले आज सपथ लिने उक्त पार्टीको संसदीय दलका एक सांसदले बताए ।
आज माओवादी केन्द्रलाई समेटेर सानो आकारको मन्त्रिपरिषद् बनाउने र बाँकी दलहरुसंग छलफल गरेर विस्तार गर्ने मुख्यमन्त्री लिला गिरी निकटका एक नेताले बताए ।