ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
फ्रन्टपेज

गण्डक जलासयमा प्रतापुरको माछा

भारतिय मुख्य पश्चिमी गण्डक नहरको पुर्वी भागमा मात्रै ४५ हेक्टरको जलासय फैलिएको छ । सो जलासयमा समान्य छेकबार बनाउने वित्तिकै पोखरीको आकार लिन सक्छ । थोरै लगानीले ति जलासय उपयोगमा ल्याउन सकिन्छ । स्थानिय युवालाई सोही पोखरीमा माछापालनका लागि प्रोत्साहित गर्न सकिने संभावना छ ।
२६ पुष २०७९, मंगलवार
२६ पुष २०७९, मंगलवार

नवलपरासी, पुस – जिल्लाको प्रतापपुर गाउँपालिका भित्र रहेको भारतिय मुख्य पश्चिमी नहर सिचाई प्रणालीका किनारका जलासयलाई गाउपालिको ब्यवस्थित गरि मत्स्य पालनमा उपयोग गर्ने भएको छ । बर्षाै देखी खेर गईरहेको उतm जलासयको उपयोग गर्ने गरि नीति कार्यक्रम बनाउने कार्य भई रहेको गाउपालिको जनाएको हो ।
गाउपालिका भित्रै साधन स्रोत छ,गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले भने,तर अहिलेसम्म ध्यान कसैको गएन् । नेपाली भुमि भएर भारतिय नहर बगेको छ । नहर किनारमा जलासय बनेको छ । सो जलासय बर्षाै देखी अलपत्र अवस्थामा छ । रोजगारी खोज्दै स्थानिय युवा विदेशीएका छन्,उनले थपे्,विदेशका माछाले नेपाली बजार लिदैछ । यसबारे स्थानिय युवालाई मत्स्य पालन योजनामा ल्याउन सकियो भने विदेशी माछाको आयात घटाउछ । नेपाली युवालाई आफ्नै देश र घरमा बसेर रोजगारी दिलाउन सक्छ । तर यसको नेतृत्वदायी भुमिका भन्ने गाउपालिकाले नै लिनु पर्ने उनले धारणा ब्यतm गरेका थिए । मत्यस्य पालन गरेर अनुभवन समेत सँगालेका गाउपालिका अध्यक्ष यादव सोही जलासय किनारमा आफ्नो मत्स्यपालन योजना शुरुवात गरेका थिए । त्यसैबाट सफलता हात पार्दै अहिले गाउपालिकाको नेतृत्वदायी भुमिका खेल्ने स्थानमा पुगेका छन् ।
भारतिय मुख्य पश्चिमी गण्डक नहरको पुर्वी भागमा मात्रै ४५ हेक्टरको जलासय फैलिएको छ । सो जलासयमा समान्य छेकबार बनाउने वित्तिकै पोखरीको आकार लिन सक्छ । थोरै लगानीले ति जलासय उपयोगमा ल्याउन सकिन्छ । स्थानिय युवालाई सोही पोखरीमा माछापालनका लागि प्रोत्साहित गर्न सकिन्छ । माछाबजारको अभाव पनि छैन् । उतm जलासयमा सधै पानी जम्मा रहने हुदा पानी अभाव पनि हुदैन् । नहर छेउको जलासयमा नहरको चुहावट(सिपेज) भएर जाने पानीले पनि जल परिपुर्ण हुने देखिएको छ । यसले किसानलाई पानीका लागि पनि छुट्टै लगानी गर्नु पर्दैन्,उनले भने,पोखरी ब्यवस्थित गरि समान्य छेकबारको ब्यवस्थापन गर्ने हो,। माछा भुरा हालेर नियमित दाना मात्र खवाएर हुर्काउने अवस्था पनि सहज नै छ ।
नहरको चिस्यानले जहिले पनि माछालाई गर्मियाममा गर्मिले माछा मर्ने जोखिक पनि कम छ । सबै क्षेत्रमा माछापालन गर्न सकियो भने मत्यस्य क्षेत्र विकासको स्वरुप पनि लिन सक्छ । कृषि पर्यटनलाई पनि यसमा जोड्न सकिन्छ । तर युवाहरु अग्रसर हुन पर्यो,उनले थपे,एक जना युवा विदेश जादा कम्तीमा एक देखी दुई लाख खर्चने गरेका छन् । तर त्यही लगानी एक पटक सो जलायसमा हाल्न सक्यो भने,विउ पुजिँको रुपमा सो रकम हुन सक्छ । स्थानिय युवालाई सरकारबाट आउने अनुदान,शिप लालिम,उद्यमशिलता सबै गाउपालिकाले उपलब्ध गराउन सक्छ । पशु सेवा विज्ञ कार्यालय परासीले समेत यसमा लगानी गर्न सक्छ । प्रदेश सरकार तथा संघिय सरकारको लगानी पनि भित्रयाउन सकिन्छ ।
४५ हेक्टर क्षेत्रफल रहेको उतm जलासयका लागि पहिला ब्यवस्थित गर्ने नीति बनाउछौ,त्यस पश्चात युवाहरुद्धारा प्रस्ताव माग गर्ने र त्यसलाई वृहद मत्स्यपालन परियोजना बनाइने लक्ष्य रहेको गाउपालिका अध्यक्ष यादवले बताए । एक जना युवालाई कम्तीमा १० कट्ठाको दरले यदि उपलब्ध गराउन सकियो भने १ सय ३५ जना युवालाई यसै मत्स्यपालन योजनामा रोजगार प्रदान गर्न सकिन्छ । त्यसै खेर गईरहेको जलासय अतिक्रमण हुने गरेको छ । पटेरले भरिएको उतm जलासय अहिले फोहर जस्तै देखिने गरेको छ । सो फोहरलाई मोहरमा परिणत गर्ने,माछापालनमा युवालाई आकर्षित गरि रोजगारी सृजना गर्ने र उत्पादित माछाले नेपालमा माछा आयात विस्थापन गर्दै बजार सन्तुलनमा पनि सहयोगी बनाउन सक्ने अवस्था देखिएको छ । यसबारे चाडै नै योजना बन्ने उनको भनाई थियो ।
गाउपालिकाले यदि यस्तो योजना अगाडी सार्यो भने, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा मत्यस्य विकास अधिकृत श्रवण कुमार चौधरीलेले यस कार्यालयबाट पनि सहयोग रहने बताए । नयाँ पोखरी भन्दा पुरानै जलासय ब्यवस्थित गरि माछापालन गरियो भन्ने झ प्रभावकारी हुने उनको भनाई थियो । उनका अनुसार यदि राम्रोसँग माछालाई दाना हाल्ने,उपचार गर्ने,कृषि कर्म गर्न सकियो भन्ने प्रति कट्ठा ३ क्वीन्टलसम्म माछा उत्पादन लिन सकिन्छ । यसरी सो जलासयबाट बार्षिक ८ करोड १० लाखको माछा उत्पादन गर्न सकिन्छ । तर त्यसका लागि गाउपालिका र स्थानिय युवाले काम गर्ने साहष देखाउनु पर्छ । आखिरमा ति जलासय त्यसै खेर गईरहेको छ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission