© २०२३
पाल्पा, पुस – श्रम तथा यातायात व्यवस्था मन्त्री पुरमती ढेगाले तानसेन नगरको बास्टारीमा दुई पाग्रे सवारी साधनको सवारी चालक अनुमती पत्र सेवाको सोमबार उद्घाटन गरिन ।
मन्त्री ढेगाले उद्घाटनका क्रममा अबका दिनमा सवारी चालक अनुमति पत्रका लागि दु.ख भोग्न पर्दैन । लुम्बिनी प्रदेश सरकारले सघियता कार्यन्वयन भनेर यसलाई पनि लिन सकिने बताउदै यस्तो सेवा अब धेरै जिल्ला बाट सुरुवात गरिने बताइन ।मन्त्रालयका सचिव दिपक नेपालले यो कार्यक्रमले पाल्पालीको गौरवता सगै प्रतिष्ठा बढाएको छ ।
यो वर्ष भौतिक पुर्वाधार निर्माणको लागि ३४ लाख रुपैया खर्च भएको र यसै गरी थप पुर्वाधार निर्माणका लागि १ करोड रुपैया विनियोजन भएको बताउदै यसै गरी नवलपरासी जिल्ला बाट पनि सेवा सुरु हुने बताए । सचिव नेपालले ४ पांग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको पनि यही बाट व्यवस्थापन हुने गरी भौतिक पुर्वाधार संगै आवश्यक सामाग्री खरिदका लागि लुम्ब्निी सरकारले वजेटको व्यवस्थापन गरी सकेको बताए ।