ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
गुल्मीको रेसुङ्गा बिमानस्थलः

परिक्षण सफल, नियमित उडान कहिले ?

२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

गुल्मी, २४ पुस
गुल्मीको रेसुङ्गा विमानस्थलमा डेमोस्ट्रेसन उडान सफल भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ढल्–ब्ीइ ट्वीनअटर जहाज आइतवार अपरान्ह १२ बजे रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा रहेको रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो ।
विमान आउने खबर पाएपछि विहानैदेखि विमानस्थल वरिपरि हजारौं मानिसहरुको उत्साहजनक उपस्थिति रहेको थियो । विमान अवतरण पछि गुल्मेली जनताले तारा एयरका कर्मचारी, चालक दल, नागरिक उड्ययन प्राधिकरण र राजनीतिक दलका नेताहरुलाई स्वागत गरेका थिए ।
डेमोस्ट्रेसन उडानको लागि नेपाल नागरिक उडड्यन प्राधिकरण र तारा एयरलाइन्स बिच रेसुङ्गा नगरपालिका बिच सम्झौता भएपछि व्यवसायीक उडानका लागि तारा एयरले आइतबार दोश्रोपटक परिक्षण उडान गरेको हो । परिक्षण सफल भएपछि अब व्यवसायीक उडानका लागि पनि तारा एयरसँग सम्झौता गरिने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।

२०६३ सालदेखि निर्माणकार्य शुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि निर्माण सम्पन्न भएको हो । कुल ३३ करोड लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाई पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १५ सय २६ मिटरको उचाईमा रहेको छ ।
काठमाण्डौदेखि बिहान ११ बजे उडेको सो जहाज ११ बजेर ४७ मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । डेमोस्ट्रेसन उडान सफल भएपछि अब इलाम मोडलमा नियमित उडानका लागि थप प्रक्रिया थालिने तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । इलाममा ११ वटा हवाइ टिकटको सुनिश्चितता नगरपालिकाले गरेको छ ।
लामो समयपछि गुल्मीवासीहरुको सपना साकार भएको भन्दै गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले यो आजको अवस्थासम्म ल्याई पुराउन सहयोग गर्ने सबै राजनीति दल, विभिन्न निकाय र जिल्लावासीहरुमा धन्यवाद व्यक्त गरे । उनले यसलाई निरन्तरता दिन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए थिए ।

त्यसैगरि पुर्व सांसद एवं नेकपा एमालेका उप महासिचव प्रदिप ज्ञवालीले सुरक्षीत हवाई यात्रावाट समयमा गन्तव्यमा पुग्न, बिरामीलाई लैजान र आकस्मीक सेवाका लागि निकै महत्वपूर्ण हुने बताए । आफु तत्कालिन अवस्थामा परराष्टमन्त्री हुँदा शिलन्यास गरेको बिमानस्थलमा ढिलै भएपनि उडान शुरु हुन लागेकोमा खुसि व्यक्त गरे ।
जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेश सभा सदश्य धनेन्द्र बहादुर कार्कि लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी सहितको टोली आएको थियो । विमान आउने भएपछि रेसुङ्गा नगरपालिकाले आइतबार पालिकाभित्रको सेवा प्रवाह बन्द गरेको थियो । रेसुङ्गा विमानस्थलमा यस अघि २०७५ जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो । परिक्षण उडान सफल भएपछि गुल्मेली जनताले गुल्मीबाट नियमित उडानको आशा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?