© २०२३
बुटवल,२४ पुस । सत्ता साझेदार दलहरु नेकपा एमाले र माओवादीबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमालेले लिने सहमति भएको छ । आज आइतबार बसेको सत्ताारुढ दलहरुको वैठकमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेललाई दिने सहमति भएको स्रोतले दावी गरेको छ । एमालेले सरकारको नेतृत्व पाउंदा लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने छन् । उनी संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन् । लुम्बिनीमा माओवादीले पनि मुख्यमन्त्री दावी गरेको थियो । सत्तारूढ दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा अन्य ६ वटा प्रदेशको पनि बाँडफाँट भएको छ । जसमा गण्डकीमा पनि एमालेले सरकार बनाउने छ । वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको छ ।
प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकार ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको छ । यसैगरी कर्णाली प्रदेशको सरकार भने ५ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्नेछ ।
अब ७ बटै प्रदेशमा यस्तो बन्ने छ सरकार :
मुख्यमन्त्री : प्रदेश १ – एमाले
मधेश प्रदेश – जसपा र जनमत पार्टी आलोपालो
बाग्मती प्रदेश – माओबादी र एमाले आलोपालो
गण्डकी प्रदेश – एमाले
लुम्बिनी प्रदेश – एमाले
कर्णाली प्रदेश – माओवादी
सुदुर पश्चिम प्रदेश – एमाले र माओवादी आलोपालो
सभामुख :
प्रदेश १ – माओवादी
मधेश प्रदेश – एमाले
बाग्मती प्रदेश – राप्रपा
गन्डकी प्रदेश – माओवादी
लुम्बिनी प्रदेश – माओवादी
कर्णाली प्रदेश – एमाले
सुदुर पश्चिम प्रदेश – माओवादी
उपसभामुख :
प्रदेश १ – एमाले
मधेश प्रदेश – जनमत पार्टी
बाग्मती प्रदेश – माओवादी
गन्डकी प्रदेश – एमाले
लुम्बिनी प्रदेश – राप्रपा
कर्णाली प्रदेश – माओवादी
सुदुर पश्चिम प्रदेश – नागरिक उन्मुक्ति पार्टी
लुम्बिनीका भावी मुख्यमन्त्री लिला गिरीको व्यक्तिगत विवरण :
जन्म मिति : २०११ चैत १४ गते
जन्म स्थान : रुरु गाउँपालिका–५, गुल्मी
स्थायी ठेगाना : तिलोत्तमा नगरपालिका, वडा नं. १, रुपन्देही
शैक्षिक योग्यता ; बीए
विशेष योग्यता/पेशा र अनुभव : कृषिमा विविधिकरण, पशुपालन, वन विज्ञान र समाजशास्त्रमा विशेष दख्खल ।
विदेश भ्रमण : भारत, चीन, जापान, अमेरिका, कोलम्बीया
पार्टी सदस्यता : २०४६ पुस १५ गते (नेकपा माले)
राजकीय जिम्मेवारी : लुम्बिनी प्रदेश सभा सदस्य, प्रदेश सरकारमा मन्त्री, (उद्योग वन, पर्यटन, वातावरण मन्त्री । लुम्बिनी प्रदेश सरकारमै केही समय आन्तरिक मामिला तथा कानुन मन्त्री, स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी वहन ।
संक्षिप्त राजनीतिक जीवन :
२०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालिन पञ्चेहरुका विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरुसंगै आन्दोलनमा सहभागी भएको । गुल्मीबाट ०३४ सालमा रुपन्देहीको शंकरनगर–१ मा (हालको तिलोत्तमा नगरपालिका–१ बसाई सरेर आए यता राजनीतिक र सामाजिक काममा हालसम्म उत्तिकै सक्रियतापूर्वक निरन्तर क्रियाशील रहेको । बहुदलीय व्यवस्थाको पहिलो गाविस अध्यक्ष शंकरनगर गाउँ विकास समितिमा बहुदलीय ब्यवस्थाको पहिलो जननर्वाचित अध्यक्ष । सहीद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ,शिक्षक संगठन, युवा सक्रिय दल, दक्षिण एसीयामै ऐतिहासिक मानिने सोह्र–छत्तीस कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सरिक भएर किसानमा वामपन्थी राजनीति प्रवाह गरेको । किसानहरुलाई पार्टीमा आवद्ध गर्ने, संगठित गर्ने र अभियानमा सरिक बनाउने । शाही कू का विरुद्ध जेलयातना वि.सं.२०६१ माघ १९ गतेको ज्ञानेन्द्रको शाही ‘कु’ को विरोधको नेतृत्व गरेको भन्दै पक्राउ गरि जेल चलान गरियो । ०६१ माघ २७ देखि ०६२ बैशाख २८ गते सम्म जिल्ला कारागारमा जेल यातना भोगेको । २०४६ देखि पार्टी कमिटीको नेतृत्व २०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य, २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, वि.सं.२०५६ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव, वि.सं.०५८–०६१ सम्म एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव, ०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला कमिटी सचिव (पार्टी जिल्ला प्रमुख) र जिल्ला कमिटी अध्यक्ष । वि.सं.२०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख, वि.सं.०६९–०७० सम्म अञ्चल कमिटी सदस्य र नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएर काम गरेका । नेकपा कालमा नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष । हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी सहइन्चार्ज । ०७४ मंसिर २१ गते सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ (१) बाट प्रतिस्पर्धीलाई दोब्बरभन्दा धेरै मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित । २०७९ मंसिर ४ गते सम्पन्न चुनाबमा रुपन्देही क्षेत्र २(१) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै लुम्बिनी प्रदेश सभामा अत्यधिक मतले विजयी । गिरी नेकपा एमालेभित्र इमान्दार र स्वच्छ छविका नेता भएका प्रेस चौतारीका केन्द्रीय सदस्य अमृत गिरी बताउंछन् ।