© २०२३
चन्द्रौटा(कपिलवस्तु), पुस ।
मकवानपुर जिल्ला अदालतले सुस्मिता थापा के.सी.को हत्याराहरुलाई दोषी ठहर गरेको छ । करिब दुई बर्ष अघि हत्या गरिएकी केसीको घटनामा संलग्न ५ जनालाई दोषी ठहर गरेको हो ।
घटनामा मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीय सासू तुलसा, नन्दहरू २७ वर्षीय दुर्गा, दुर्गाका श्रीमान अरुण कार्की र २३ वर्षीय नन्द सीता थापालाई दोषी ठहर गरिएको छ । केही दिनदेखिको लगातारको बहसपछी न्यायाधिस श्री प्रसाद सन्जेलको एकल ईजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।
पुर्पक्षका लागि थुनामा रहेका उनीहरुलाई बिहीबार मकवानपुर अदालतले दोषी ठहर गरेको हो । हत्यामा संलग्नमध्ये ससुरा प्रकाश र कान्छी नन्द सीतालाई सरकारी वकिलको कार्यालयले जीवन रहेसम्म कैद सजायको माग गर्दै आरोप पत्र दायर गरेको थियो ।
मृतक सुम्मिताका ठुलोबुवा हेम बहादुर खड्काले भने ः “हामीले मात्र यो न्याय पाएको नभएर राष्ट्रले पाएको न्याय हो । हामीले करिब तीन वर्षदेखि गरेको अनवरत लडाई सफल भयो । आगामी दिनमा सुस्मिता जस्तो यो देशमा कुनै चेलीले ज्यान गुमाउन नपरोस ।
”कपिलवस्तुबाट विवाह गरी हेटौँडा गएकी सुस्मितालाई हेटौंडा उपमहानगरपालिका–४ मा २०७७ असार १ गते परिवार मिलेर हत्या गरिएको थियो ।
कपिलवस्तु बाणगंगा नगरपालिका–८ बस्ने सुस्मिताको माइती २ वर्षदेखि न्यायको याचना गर्दै मकवानपुर अदालत धाउदै न्यायको लडाईमा थिए । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ सूर्य चोक स्थित आफ्नै घरको भान्सा कोठामा घरपरिवारको मिलिमतो डिजाइनमा सुस्मिताको हत्या गरिएको थियो ।
पीडितलाई न्याय दिलाउन माइती परिवारका सदस्यहरुका साथमा सामाजिक अभियन्ता मन्जु खाँण, मेचि महाकाली बुहारी अभियानकी उपाध्यक्ष दिना सुबेदी , स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल लगायतको टोली मकवानपुर पुगेको अध्यक्ष पौडेलेले बताए ।