ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
समाचार

एमालेको कान्छि सांसद घर्ती भन्छिनः रोल्पालाई दश वर्षको क्षतिपूर्ति दिनुपर्छ

२३ पुष २०७९, शनिबार
२३ पुष २०७९, शनिबार

रोल्पा,  पुस । नेकपा एमालेको प्रतिनिधि सभामा ४४ प्रत्यक्ष र ३४ समानुपातिक गरि ७८ सांसद छन । ती मध्ये सबैभन्दा कम उमेरकी सांसद हुन ईश्वरी घर्ती । नेकपा एमालेको केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह ईन्चार्ज समेत रहेकी घर्ती दश वर्ष लामो सशस्त्र द्वन्द्वमा रोल्पाले विकास बजेट धेरै गुमाएकाले त्यसको क्षतिपूर्ति हुनुपर्ने बताउँदै आएकी छिन ।

उनले दश वर्षे सशस्त्र द्वन्द्वमा देशका अन्य सबै जिल्लामा विकास गतिविधि निर्वाध भएपनि रोल्पाले विकास गतिविधि गर्न नपाएको भनाइ छ । यसमा तत्कालिन विद्रोही मात्र हैन सत्ता पक्ष पनि दोषी छ । जनतालाई सुरक्षा दिएर विकास गतिविधिमा सहभागी गराउने जिम्मा राज्यको हो त्यसमा राज्य चुकेका कारण रोल्पा विकासमा पछि परेको घर्तीको भनाइ छ ।
मैले दश वर्ष रोल्पाले गुमाएको विकासको अहिले क्षतिपूर्ती हुनुपर्ने गरि संसदमा कुरा उठाउँछु घर्तीले भनिन । दश वर्षमा बजेट मात्रै फिर्ता गएन भएका संरचनाहरू पनि ध्वस्त पारिए त्यसको पुननिर्माणले गति लिन सकेको छैन घर्तीले भनिन । तत्कालिन गाविस भवन, प्रहरी चौकी, सेवाकेन्द्र लगायतका धेरै संरचना ध्वस्त भएपनि निर्माणको काम निकै सुस्त छ घर्तीले भनिन ।

रोल्पा जस्ता द्धन्दले थिलोथिलो भएका जिल्लालाई क्षतिपूर्ती हुने गरि कानून वनाउने गरि वकालत गर्नु पर्ने घर्तीको भनाई छ । रोल्पामा विकासको नाममा सडक तथा भवन निर्माण जस्ता भौतिक विकासले मात्रैप्राथमिकता पाउदा सामाजिक मुद्धाहरू ओझेलमा परेको घर्तीको वुझाई छ । रोल्पामा वालविवाह, आत्महत्या र संवन्ध विच्छेद व्याप्त रहदा यस तर्फ ध्यान जान सकेको छैन उनले भनिन । भौतिक विकास संगै सामाजिक न्याय र सामाजिक परिवर्तन जरुरी रहेको उनको भनाई छ ।

पछिल्लो परिवर्तनमा ठूलै कुर्वानी गरेपनि परिवर्तन पछि रोल्पालीको मुहारमा खुसीयाली छायो की छाएन यो नै अहम प्रश्न हो घर्तीले भनिन । पचासौ हजार रोल्पाली रोजीरोटीका लागि खाडी मलेसिया र भारत जान वाध्य भएको वताउदै उनीहरूलाई आफ्नै गाउँमा स्वरोजगार नवनाउदा सम्म आर्थिक विकास सम्भव नहुने घर्तीको भनाई छ । राजनीति भन्दा माथि उठेर विकास नगर्दा सम्म रोल्पाले काँचुली फेर्न नसक्ने वताउदै यसको लागी तीनै तहका प्रतिनिधिहरू एकै ठाउँमा वसेर रोल्पाको विकासका लागी चित्र कोर्नु पर्ने घर्तीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission