© २०२३
बुद्ध र रामग्राम स्तुप अनि पर्यटन । यी सधै जोडिरहने प्रसङ्ग हुन् ।
त्यहि रामग्राम स्तुप छेउको खाली जमिनमा गोठालाका रूपमा बालबालिकाहरू भेटिन्छन् । कोही स्तुप नपुग्दै भेटिने बगैंचामा समूह समूह बनाई तास खेल्दै गरेको पनि देखिन्छ । त्यस समूहमा केही बालबालिका हुने गरेपनि धेरैजसो यूवा उमेर समूहका हुन्छन् ।
स्तुप नपुग्दै देखिने यी दृश्यले विदेशी पर्यटकको मन त तान्छ नै । ति विदेशीले त्यो दृश्यलाई आफ्नो क्यामरामा कैद गर्दछन् । नेपालीहरूले पनि त्यस दृश्यलाई त्यति मिठो मान्दैनन् । स्तुप छेउछाउँ गाईभैंसी, बाख्रा चराउने गोठालाहरू भेटिन्छन् । त्यसमा बालबालिका पनि भेटिन्छन् । उनीहरूलाई रामग्राम स्तुपको बारेमा त्यति चासो भएको पाइँदैन ।
नवलपरासीको रामग्राम स्तुप ऐतिहासिक पुरातात्विक तथा धार्मिक स्थल हो । नवलपरासी जिल्लाको तत्कालीन गाउँ उनवच विकास समितिको क्षेत्रअन्तर्गत वडा नं. ५ मा देउरवा गाउँमा रामग्राम स्तुप अवस्थित छ । हाल रामग्राम नगरपालिका उजैनीमा यो स्थल पर्छ ।
सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडक तीन कि.मि. पार गरेर उजैनी गाउँबाट १५ मिनेट पूर्वतर्फ हिँडेपछि झरही खोलाको किनारमा समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तुप हो । प्रचारप्रसारको अभाव र लुम्बिनी विकास कोषको वेवास्थाका कारण स्तुपको महŒव बढ्न नसकेको स्थानीय बताउँछन् । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको यो स्तुप चिल्लो इँटाले बनाइएको छ । अहिले स्तुपलाई काँडेतारले घेरी राखिएको छ ।
बौद्ध ग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उनको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको संज्ञा दिएको भन्ने भनाइ पाइन्छ । मोतीको दानामय अस्थिधातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शायगण, कोलीय, गबराज र मल्ल राज्यसमेत आठ राज्यका राजा आई बाडेर लिएका र विभिन्न स्थानमा अस्थिधातु राखी आठवटा स्तुप निर्माण गरिएको विभिन्न दस्तावेजले पुष्टि गरेको जानकारहरूको भनाइ छ । जसअनुसार राजगीर गाउँ पटना, कटिहार, तिलौराकोट (कपिलवस्तु) इलाहाबाद, भूपाल, गोरखपुर, कुशीनगर र रामग्राम (नवलपरासी) मा स्थापना गरी पुजिएको बताइन्छ ।
धार्मिक, पुरातात्विक एवं ऐतिहासिक दृष्टिकोणले महŒवपूर्ण यस स्थलमा विगत धेरै वर्षदेखि विदेशी तथा नेपाली बौद्ध धर्मावलम्बी निमितम् पूजा गर्न, धूप दीप बाल्न, बाजा बजाउने, भजन गाउने गर्ने गरेका छन् । रामग्रामको संरक्षण र विकास गर्नसकेमा लुम्बिनीजस्तै रामग्राम पनि एउटा अन्तर्राष्ट्रिय महŒवको बौद्ध तीर्थ स्थल बन्ने विश्वास गरिएको छ ।
तर यस ठाउँको महŒवबारे न त स्थानीयलाई चासो छ, न त पर्यटन मार्फत देशमा समृद्धि ल्याउने गफ गर्ने, भाषण सुनाउने नेतृत्वलाई नै । बुद्ध जयन्तीको दिन रामग्रामलाई सम्झिए आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन् नेतृत्व । बुद्ध र रामग्राम स्तुप अनि पर्यटनलाई नजोडिएजस्तै यहाँ गाईबाख्रा चराउने बालबालिकासँग शिक्षा, विद्यालयलाई जोडिएको देखिँदैन । यी पनि किसानका परिवारसँग जोडिरहने प्रसङ्ग हुन् । तर शिक्षा भने व्यवहारसँग जोडिएको छैन ।
जहाँ आधा दर्जन बालबालिका बाख्रा चराउँदै थिए । उनीहरू मध्ये एक बालिकाले कापीका पानामा विद्यालयको नाम उत्तम बालहित आधारभूत विद्यालय रामग्राम–७ उजैनी लेखिन् । उनीहरूको यो समूह विद्यालय समयलाई छलेर बाख्रा चराउन आउँदो रहेछ ।
ती बालबालिकासँगको छोटो कुराकानीले गतिलै सन्देश मिल्यो । रामग्राम स्तुपलाई पर्यटकसँग जोड्न नसक्ने नेतृत्व र गाईबाख्रासँग शिक्षालाई जोड्न नसक्ने विद्यालय उस्तै हुन् । स्थानीय पाठ्यक्रमले पनि रामग्रामबारे उनीहरूलाई केही भनेन । शिक्षकहरूले पनि विद्यालयमा रामग्रामको महŒवको कथा सुनाएनन् ।
त्यहाँ बाख्रा चराउँदै गर्दै गरेका बालबालिकाको पनि आशय रामग्रामको बारेमा यस्तै थियो ‘मेरो बाख्रा (मुनु) तिम्रो रामग्राम’ । अर्थात आउँछन् हेर्छन् रामग्राम हामीलाई केही थाहा छैन । à