ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
समाचार

बुटवल उपमहानगरको अधिवेशनमा मेयर पाण्डेको ३५ बुँदे सम्बोधन

उनले उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडान, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति लगायतका कामका लागि नगरले अगुवाई गरिरहेको
२१ पुष २०७९, बिहीबार
२१ पुष २०७९, बिहीबार

बुटवल, २१ पुस ।बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु भएको छ । नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए ।
उनले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिने बताए ।उनले भने––‘चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका सबै योजनाहरु चालु आर्थिक वर्षभित्रै पूरा गरी आउँदो वर्षमा नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ अघि बढ्नेछौं ।’
चालु आर्थिक वर्षमा हासिल भएका उपलब्धि र प्रयासहरुको ३५ बुँदे सम्बोधन गर्दै उनले बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापना गर्ने काम अघि बढेको बताए ।

उनले उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडान, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति लगायतका कामका लागि नगरले अगुवाई गरिरहेको बताए ।
नगरप्रमुख पाण्डेयले गत वर्षायाममा बुटवलमा बाढीपहिरोबाट क्षति हुनबाट जोगाइएको र आगामी वर्षामा समेत जोखिम न्यूनीकरणका लागि प्रयास भइरहेको बताए ।
नगरप्रमुखले प्रस्तुत गरेको प्रगति विवरणमा बुटवलको ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन गर्ने काम जारी रहेको र छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अघि बढाएको बताए । उनले रोजगारदाता र रोजगारप्राप्त गर्ने व्यक्तिबीच समन्वय र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापनाको काम अघि बढेको बताए ।

बुटवलको बस्तीमाथि रहेको विद्युत प्रशारण लाईन बस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाएको, बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने काम अघि बढेको बताए ।

नगरसभाको बैठकमा स्वास्थ्यसम्बन्धि ऐन पहिलो संसोधनको प्रस्ताव विधायन समितिका संयोजक नरेन्द्र बस्नेतले टेबुल गरेका थिए । बस्नेतले प्रस्ताव टेबुल गरेपछि बैठक माघ ११ गतेसम्मका लागि स्थगित भएको छ । उप प्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रसासकीय अधिकृत टेकराज पन्थी , प्रवक्ता शिव राना लगायतको सभामाउपस्थिति थियो ।

यी हुन ३५ बुँदा

1 चालु आर्थिक वर्षका लागि तय गरिएका योजनाहरु समयमै सम्पन्न गर्नका लागि नियमित रुपमा बैठक तथा कार्यादेश भइरहेको छ ।
2। बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि टेण्डर आह्वान गरि सम्झौता भइसकेको छ ।
3। उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडानका लागि प्रस्ताव तयार गरी संघीय सरकारमा पठाइएको छ ।
4। संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति तथा क्षमता वृद्धिका लागि १० करोड रुपैयाँको प्रस्ताव पेश गरिएको छ ।
5। बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए (भ्क्ष्ब्) अन्तिम चरणमा पुगेको छ ।
6। बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
7। लामो समयसम्म विवादमा रहेको मोतीपूर औद्यौगिक क्षेत्रमा जग्गा यकिन गरी ब्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने कार्य सम्पन्न भएको छ ।
8। नगरभित्रको जग्गालाई कृषि र गैरकृषि क्षेत्र छुट्याउने कार्यका साथै कित्ताकाट खुला गर्ने काम भएको छ ।
9। लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरेपनि बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना जारी गरी प्रमाण पत्र वितरणको लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
10। उपमहानगर क्षेत्रभित्र सडक तथा सार्वजनिक स्थलमा अव्यवस्थित रुपमा रहेका ठेला व्यवसाय र अन्य व्यवसाय तथा सामग्री हटाई व्यवस्थित गर्ने कार्य अगाडि बढेको छ ।
11। बुटवल उपमहानगरपालिकाबाट इजाजत प्राप्त नगरेका ई–रिक्सा सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सालाई नियमन तथा व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ ।
12  सडकपेटीमा लगाउदै आएका हरेक खालका व्यवसायलाई व्यवस्थित गर्दै हाटबजारभित्र व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छ ।
13 । नियमित रुपमा बजार अनुगमन गर्दै उपभोक्ताको हित र अधिकारको संरक्षणका लागि निरन्तर अभियान सञ्चालन भएको छ ।
14 । तिनाउ नदी किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा च्यानलाइज गर्ने कार्यको प्रक्रिया थालनी भएको छ र नदीको विभिन्न ठाउँमा तारजाली लगाउने कार्यलाई निरन्तरता दिइएको छ ।
15 । ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रलाई गएको वर्षायाममा जोखिममुक्त बनाउने काम सफल भएको छ । साथै, आगामी वर्षायाममा जोखिम न्यूनीकरण गर्न बजेट व्यवस्थापन गरिसकिएकोले छिटै टेण्डर प्रक्रियामा जाने तयारी रहेको छ ।
16 । आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाण पत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययनका लागि काम अघि बढेको छ ।
17 । बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि भौतिक पूर्वाधार तयार गर्ने काम अघि बढेको छ ।
18 । बुटवल १६ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
19  बुटवल उपमहानगरपालिका, नगरविकास कोष र मल्टि डेफोर्ट हार्मोनिक जेभीसँग बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई आवश्यक प्रक्रिया अघि बढेको छ ।
20 । बुटवल ७ शिवनगरमा छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
21 । रोजगारदाता र रोजगार व्यक्तिबीच समन्वयको काम गर्ने र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापना गर्न कार्यविधि बनाइएको छ ।
22 । बुटवलको कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका लागि अनुमति दिइएको छ भने ट्राफिक चोक र अमरपथ क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका बारेमा अध्ययन भइरहेको छ ।
23 । राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक निर्माण कार्य छिटै सम्पन्न गर्न सहजीकरण र समन्वय गर्ने काम निरन्तर भइरहेको छ ।
24 । बुटवलको बस्तीमाथि रहेको विद्युत प्रशारण लाईन बस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
25 । पूर्वपश्चिम राजमार्गस्थित तिनाउ पुललाई विस्थापित गरी पर्यटकीय पार्कसहितको सिग्नेचर ब्रिज निर्माणका लागि विश्व बैंकसँग छलफल र वार्ता गरि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
26 । बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने कार्य अघि बढेको छ र नेपाल खानेपानी संस्थान बुटवलले यसैवर्ष टेण्डर गर्ने गरी लिखित प्रतिबद्धता प्राप्त भइसकेको छ ।
27 । बुटवल–११ मा वीपी–पुष्पलाल–सूर्यप्रसाद प्रधान पार्क निर्माणको लागि डीपीआर अन्तिम चरणमा पुगेको छ ।
28 । बुद्धनगर पुलदेखि झोलुंगे पुलसम्म पक्की सडक निर्माण कार्यका लागि सम्झौता भइसकेको छ ।
29 । बुटवल नगरभित्रको विभिन्न स्थानका १७ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्यका लागि सर्भे सम्पन्न भईसकेको छ र एडीबीबाट यसै वर्ष ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी रहेको छ ।
30 । बहुतले र व्यवसायिक भवन निर्माणका लागि डीपीआर तयार गर्ने र आवश्यक प्रक्रियामा अघि बढाउने काम गरिएको छ ।
31 । कोभिड १९ विरुद्ध खोप लगाएका नागरिकहरुलाई वैदेशिक प्रयोजनका लागि आवश्यक पर्ने क्युआर कोड ११ हजार १ सय ९ जनालाई उपलब्ध गराइएको छ ।
32 । बुटवलभित्रका सरकारी कार्यालयहरुका बीचमा समन्वय र सहकार्यका लागि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको टीमले नियमित रुपमा छलफल तथा बैठक बस्ने र सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको छ ।
33 । चालू आर्थिक वर्षका लागि सम्पत्ति कर र घरबहाल कर, इरिक्सा कर, हाटबजार बैठकी कर, महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसायमा लाग्ने कर छुट कार्यान्वयन गरिएको छ । साथै, राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माण कार्य समयमा सम्पन्न नहुँदा राजमार्गतर्फ पसल राखी व्यवसाय गर्न कठिनाई भोग्नुपरेका व्यवसायीहरुलाई व्यवसायमा लाग्ने कर छुट कार्यान्वयन गरिएको छ ।
34 । ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा लाग्ने घटाइएको कर छुट कार्यान्वयन गरिएको छ ।
35 । बुटवलका स्थायी बासिन्दाको लागि आमा र नवजात शिशुलाई पोषण खर्चवापत् रु २ हजार रुपैयाँ दिने व्यवस्था गरिएकोमा कार्यविधि बनाइ कार्यान्वयनको चरणमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission