© २०२३
बुटवल,२१ पुस । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गतेभित्र सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै कुनै दलको स्पष्ट वहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलहरुले वहुमत सदस्यको हस्ताक्षर सहित पुस २७ गते ४ बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान भएको जानकारी गराएका छन् ।
लुम्बिनीमा केन्द्रको सत्ता गठबन्धनमा रहेका दलहरुको स्पष्ट वहुमत छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्नेमा सत्ता गठबन्धनमा रहेका दलहरुसंग सरकार गठनका लागि ५२ सांसद छन् । स्वतन्त्रबाट जितेका रोल्पाका दिपेन्द्र पुन पनि माओवादीमा प्रवेश गरेकाले ५३ सांसद पुगेका छन् । यहां नेकपा एमालेका २९, माओवादी केन्द्रका १०,राप्रपा र नागरिक उन्मुक्तिका ४ –४, जसपा र जनमतका ३–३ सांसद छन् । विपक्षमा रहेका कांग्रेसका २७, लोसपाका ३,राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र २ जना छन् ।