ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

उपराष्ट्रपतिमा रोल्पाकी घर्तीको चर्चा

१९ पुष २०७९, मंगलवार
१९ पुष २०७९, मंगलवार

रोल्पा ९८ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितका दल र स्वतन्त्र सांसदहरुको समर्थनमा सरकार गठन भएसंगै अवको ध्यान राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनमा गएको छ । सत्ता भागवण्डामा गठवन्धनको ठूलो दल नेकपा एमालेले राष्ट्रपति लिए संगै उपराष्ट्रपति पद गठवन्धनको दोश्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पाएको छ ।
२०७४ सालकै मोडलमा एमालेले राष्ट्रपति र माओवादी केन्द्रले उपराष्ट्रपति लिने गरि सैद्धान्तिक सहमति गरेका छन । सभामुख र प्रधानमन्त्री भने आलोपालो गर्ने सहमति अनुसार प्रधानमन्त्री माओवादी केन्द्रले पाएसंगै सभामुख नेकपा एमालेको भागमा परेको छ ।
राष्ट्रपति उपराष्ट्रपति चयनको समय अझै महिना दिन भन्दा वढी समय वाँकी रहेपनि यसको चर्चा भने सुरु हुन थालेको छ । उपराष्ट्रपति माओवादीले पाएसंगै यसको अवसर पुनः रोल्पालीले नै पाउने चर्चा चल्न थालेको छ । मुलुकको दोश्रो सर्वोच्च पदमा यस पटक पहिलो पटक महिला जाने चर्चा चल्न थालेको छ । दुई कार्यकाल भन्दा वढी उपराष्ट्रपति हुन नपाईने संवैधानिक व्यवस्थाका कारण रोल्पाकै नन्दवहादुर पुनको कार्यकाल पुरा भएसंगै केही समय पछि विदा हुदैछन ।
नयाँ उपराष्ट्रपतिका लागि रोल्पाकी नेतृ जयपुरी घर्तीमगको चर्चा सुरु भएको छ । जयपुरी रोल्पा परिवर्तन गाउँपालिका वडा नं. २ रांसीमा जन्मिएकी हुन । जयपुरीले सशस्त्र युद्धको समयमा रुकुममा विवाह गरेकी थिईन । उनको श्रीमान सशस्त्र युद्धमा मारिएका थिए । हाल जयपुरीले राजनैतिक कार्यक्षेत्र रोल्पालाई वनाएकी छिन ।
माओवादी सशस्त्र द्धन्दले जन्माएकी उनीले शान्ति स्थापना संगै २०६३ सालमा पहिलो पटक अन्तरिम व्यवस्थापिका संसद छिरेर संसदीय राजनीतिको सुरुआत गरेकी हुन ।
पहिलो पटक २०६३ सालमा अन्तरिम विधायक वनेकी जयपुरी २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा निर्वाचन क्षेत्र नं. २ वाट विजयी हुदा रोल्पा निर्वाचन क्षेत्र नं. १ वाट विजयी भएकी थिईन । सोही समय उनी छोटो समय महिला वालवालिका तथा समाजकल्याण मन्त्री समेत भएकी थिईन । २०६९ सालमा एकीकृत नेकपा माओवादी विभाजन हुदा उनले मोहन वैद्य लाई रोजेकी थिईन । वैद्यको पार्टीले २०७० सालको दोश्रो संविधान सभा निर्वाचन वहिष्कार गरेका कारण उनी सो निर्वाचनमा सहभागि भईनन । पछि पुनः पुरानै पार्टीमा फर्किएकी उनी २०७४ सालको निर्वाचनमा समानुपातिक सांसद वनेकी थिईन । सोही कार्यकाल उनी प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको सभापति समेत भईन । जयपुरी हाल नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य छिन । उनले ४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रोल्पावाटै निर्वाचन लड्ने चाहाना व्यक्त गरेकी थिईन । रोल्पाबाट वर्षमान पुन निर्वाचन लडेसंगै उनको संसद यात्रा रोकिएको थियो ।
ओनसरी भन्दा कम अवसर पाएकी जयपुरीलाई यस पटक उपराष्ट्रपति वनाउनु पर्ने कुरामा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णवहादुर महरा पनि सकारात्मक रहेको माओवादी केन्द्रका एक नेताले वताए । वर्षमान पुन वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा नगएका कारण ओनसरीलाई उपराष्ट्रपति दिने सम्भावना पनि उत्तीकै छ ती नेताले भने ।
उपराष्ट्रपतिमा राष्ट्रकै दोश्रो सर्वोच्च पद पुनः रोल्पाले चर्चा चल्न थालेको छ । यस अघि नन्दवहादुर पुन २ कार्यकाल उपराष्ट्रपति भईसकेका छन भने ओनसरी घर्तीमगर र कृष्णवहादुर महरा सभामुख भईसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?