ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
समाचार

कालिका पथमा रात्रीकालिन बजार सञ्चालन गर्न अनुमति

१७ पुष २०७९, आईतवार
१७ पुष २०७९, आईतवार

बुटवल  पुस– बुटवलको कालिकापथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिका पथ सडक बसपार्क देखि होराईजन चोसम्मसोमबारदेखि रात्रीकालिन बजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले अनुमति दिएको हो ।

जस अनुसार तत्काललाई राती ११ बजेसम्म बजार सञ्चालन गरिने छ । बजारमा आउने ग्राहकलाई निःशुल्क सौचालयको व्यवस्थापन व्यवसायीले गर्नुपर्ने छ । त्यस्तै पार्किङको लागि बुटवल बसपार्कमा पर्ने पनि नगरप्रमुख पाण्डेले बताए । ‘अहिले बुटवल बसपार्कमा नम्बरको गाडि मात्रै आउने व्यवस्था भएकाले त्यति भिडभाड हुँदैन, रातीको समयमा भएकाले त्यहाँ पार्किङ गर्न सकिन्छ ।’ उनले भने –‘अहिले सुरु गरिहालौं, सुधार गर्नुपर्ने कुराहरु विस्तारै सुधार गर्दै जाउँला ।’ लाईटिङ र सिसिटिभिको पनि तत्काललाई व्यवसायीले व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले अर्को वर्षसम्म नगरपालिकाले व्यवस्थित र राम्रो लाईटिङको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कालिका पथ सडकमा रात्रीकालिन बजार सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले सोमबार देखि रात्रीकालिन बजार सञ्चालनको लागि प्रस्ताव गरे । संगै व्यवसायीको समर्थनमा भोली देखि नै रात्रीकालिन बजार सञ्चालन गर्ने निर्णय गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले जानकारी गराएका थिए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले शुक्रबार देखि उक्त सडकमा आयोजना गरेको चौथो बुटवल सडक खाना महोत्सवको अवसरमा आईतबार बुटवल उद्योग वाणिज्य संघको सहकार्यमा रात्रीकालिन बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै बुटवलकी उपप्रमुख सावित्रादेवी अर्यालले आधारभूत कुराहरु पुरा गरेर कार्यक्रम अगाडि बढाउनु पर्ने र आउने कुराहरुलाई पनि सुधार गर्दै जानुपर्ने भनाई राखे ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले नेपालको कानुन र संविधानले मार्गदर्शन गरेको बाटोमा प्रहरी प्रशासन अविचलित रहेको भनाई राखे ।
पर्यटन विकास परिषद लुम्बिनीका निर्देशक रामु जोशीले नेपालमा ६१ प्रतिशत पर्यटक रमाईलोका लागि आउने बताउँदै रात्रीकालिन व्यवसाय सञ्चालन हुँदा उनीहरुलाई भुल्ने ठाउँ हुने भनाई राखे । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खस्किदो बुटवलको बजारलाई कसरी चलायमान बनाउन सकिन्छ ?, व्यापार व्यवसायको कसरी पर्वद्धन गर्न सकिन्छ भन्ने उद्देश्यले संघले लामो समयदेखि रातीको समयमा बजार सञ्चालन गर्ने विषयमा पहल पैरवी गर्दै आएको भनाई राखे ।

अन्तरक्रिया कार्यक्रममा रात्रीकालिन बजार सञ्चालन सम्बन्धि अवधारणा पत्र प्रस्तुत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य, रात्रीकालिन बजार सम्बन्धि समितिका संयोजक प्रतिक पोखरेलले पहिलो फेजमा होटल व्यवसाय सम्बन्धि कुराहरु राख्न सकिने र दोस्रो फेजमा गैरखाद्य बस्तुहरु पनि राख्न सकिने भनाई राखे । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, वडा नं. ११ अध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष तथा प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसी लगायतले भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission