© २०२३
बुुटवल,१५ पुस । शताब्दीकै उत्कृष्ट फुटबलर ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ । उनी केही समययता मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए । जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका विश्व प्रख्यात फुटबलर पेलेको बिहीबार राति मृत्यु भएको हो । पेले तीनपटक फिफा विश्वकप जित्ने एकमात्रै खेलाडी हुन् ।
फिफाले सन् २००२ मा पेलेलाई शताब्दीकै उत्कृष्ट फुटबलर घोषणा गरेको थियो ।
२१ वर्षको खेल करिअरमा पेलेले कुल १ हजार ३६३ खेल, विश्व कीर्तिमानी १ हजार २८१ गोल, जसअन्तर्गत आफ्नो देश ब्राजिलका लागि ९२ खेलमा ७७ गोलको सानदार रेकर्ड राखेका थिए ।
नियमित परीक्षणमा ट्युमर पत्ता लागेपछि सेप्टेम्बर २०२१ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उनको पेटबाट ट्युमरको शल्यक्रिया गरिएको थियो । नोभेम्बर २०२२ को अन्त्यमा उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो ।
पेलीकी छोरी केली नासिमेन्टोले नेपाली समय अनुसार बिहीबार राति एक तस्बिर सार्वजनिक गर्दै बाबुको मृत्युको अधिकारिक पुष्टि गरेकी हुन् ।
परिवारका सदस्यहरूको हातको तस्बिर सेयर गर्दै उनले लेखेकी हामी जे छौं सबै तपाईँलाई धन्यवाद छ । हामी तपाईंलाई असीम माया गर्छौं । रेस्ट इन पिस लेखेकी छन् ।