ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

जलेको घरमा जस्तापाताको मल्हम

१५ पुष २०७९, शुक्रबार
१५ पुष २०७९, शुक्रबार

रोल्पा, १५ पुस ।

रोल्पाका तीन हजार १५६ घरधुरी वर्षातको पानी चुहिने र सु्ख्खामा आगलागी हुने समस्याबाट मुक्त भएका छन् । खरको छानाका सट्टा टिनको छाना लगाउनका लागि रोल्पामा संघीय र स्थानीय सरकारले १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन् ।

संघीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम र स्थानीय सरकारको फुसको छानो विस्थापन कार्यक्रम सुरु भएपछि रोल्पाका विपन्न समुदायका धेरैलाई राहात पुगेको छ ।

संघीय सरकारको आर्थिक सहयोगमा चार वर्षअघि रोल्पामा नागरिक सुरक्षित आवास कार्यक्रम थालिएको थियो । यसका लागि सरकारले प्रति घर रु ५० हजार दिने गर्दछ । संघीय सरकारको कार्यक्रमले मात्रै सबै घरको छानो फेर्न नसकिने भएपछि रोल्पाका पालिकाहरुले पनि फुसको छानो हटाउने कार्यक्रम अघि सारे । फुसको छानो फेर्न नसक्ने परिवारलाई छानो फेर्न लाग्ने खर्चका आधारमा वजेट दिने गर्दछन् ।

रोल्पामा खर तथा काठले घर छउने चलन पुरानो हो । थवाङ, सुनछहरी र परिवर्तन गाउँपालिकाका केही वडाहरुमा काठले छाना छाउने गर्दछन् भने अन्य पालिकामा खरले छाउने गर्दछन् । सम्पन्न व्यक्तिहरुले स्लेट ढुंगा र टिनले छाउँछन् । खर र काठले छाएका घरमा पानी चुहिने, आगलागी हुने डर हुन्छ ।

रोल्पामा हालसम्म रुन्टीगढी गाउँपालिकामा सबैभन्दा धेरै फुसको छाना हटाइएको छ । यहाँका फुसको छाना भएका एक हजार ६३१ घरमध्ये हालसम्म एक हजार १२ घरधुरीको छाना फेरिएको गाउँपालिकाले जनाएको छ । सो गाउँपालिकामा यस शीर्षकमा संघीय सरकार र स्थानीय तहको पाँच करोड ६ लाख भन्दा वढी बजेट खर्च भएको छ । चालु आर्थिक वर्षमा बाँकी घरको समेत छाना फेर्न १ करोड ६९ लाख वजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ ।

रोल्पा नगरपालिकामा एक हजार २७७ वटा घरमा फुसको छाना भएकोमा हालसम्म ६२४ घरको छाना फेरिएको छ । नागरिक सुरक्षित आवास कार्यक्रमबाट २७७ र फुसको छाना विस्थापित कार्यक्रमबाट ३४७ घरको छाना फेरिएको हो । यस कार्यक्रमका लागि संघीय सरकार र नगरपालिकाको ३ करोड १२ लाख खर्च भइसकेको छ । रोल्पा नगरपालिकाले चालु आर्थिक वर्षमा थप १ सय घरको छाना हटाउन १ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

त्रिवेणी गाउँपालिकामा टिनको छाना लगाउन छनौट भएका ५१४ मध्ये ३८८ घरको छाना फेरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसका लागि उसले संघीय सरकार र स्थानीय सरकारको १ करोड ९४ लाख खर्च गरेको छ । चालु आर्थिक वर्षमा थप घरको छाना फेर्न गाउँपालिकाले ५० लाख विनियोजन गरेको गाउँपाकिलकाका सूचना अधिकारी भरत डिसीले जानकारी दिए ।

परिवर्तन गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रम अन्तर्गत २०० घर छनौट भएका थिए । उसले छनौट भएका मध्ये १६४ घरको छाना फेर्न ५१ लाख ९३ हजार दिइसकेको छ । तर कसैले पनि हाल सम्म छाना फेरेका छैनन् । यसवर्ष सो गाउँपालिकाले यस कामका लागि थप ३३ लाख बजेट विनियोजन गरेको छ ।

  • रोल्पामा हालसम्म रुन्टीगढी गाउँपालिकामा सबैभन्दा धेरै फुसको छाना हटाइएको छ । यहाँका फुसको छाना भएका एक हजार ६३१ घरमध्ये हालसम्म एक हजार १२ घरधुरीको छाना फेरिएको गाउँपालिकाले जनाएको छ ।

गंगादेव गाउँपालिकामा ४४८ घरको छाना फेर्ने कार्यक्रम छ । हालसम्म २२४ घरले सवै किस्ता र २२४ घरधुरीले पहिलो किस्ता भुक्तानी लगेका छन् । सो गाउँपालिकाले यस काममा १ करोड ६८ लाख खर्च गरिसकेको छ भने चालु आर्थिक वर्षका लागि समेत ५६ लाख वजेट विनियोजन गरेको छ ।

सुनछहरी गाउँपालिकाले हालसम्म १०१ घरमा खरको साटो टिनको छाना लगाउन सहयोग दिने भएको छ । यस काममा हालसम्म सो गाउँपालिकाले ५० लाख ५० हजार खर्च गसिकेको छ । चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ यस कामका लागि छुट्याएको गाउँपालिकाले जनाएको छ ।

माडी गाउँपालिकाका २८० मध्ये ६५ घरले दुवै किस्ता र ५० घरले पहिलो किस्ता भुक्तानी लिएका छन् । यसका लागि गाउँपालिकाले ४५ लाख खर्च गरेको छ । यस शीर्षकमा उसले चालु आर्थिक वर्षमा समेत २९ लाख वजेट विनियोजन गरेको छ ।

सुनिलस्मृती गाउँपालिकाले हालसम्म ४०१ घरमा फुसको छानाका साटो टिनको छानो लगाएको छ । संघीय सरकारको सहयोगमा २३६ घर र गाउँपालिकाको कार्यक्रम अन्तर्गत १६५ घरमा टिनको छाना हालिएको हो । यसका लागि सो गाउँपालिकाले २ करोड ५० हजार भन्दा वढी खर्च गरिसकेको छ । चालु आर्थिक वर्षमा समेत उक्त कार्यक्रमलाई निरन्तरता दिदै निकट भविष्यमै गाउँपालिकालाई फुसको छाना मुक्त बनाउने गाउँपालिका उपाध्यक्ष मीना थापाले बताइन् ।

लुंग्री गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रम अन्तर्गत ७० घरमा टिनको छाना लगाएको छ । छनौट भएका ११० घर मध्ये ७० घरमा टिनको छाना लगाई सकिएको छ । वाँकी घरमा पनि टिनको छाना लगाउन सहयोग गर्ने गाउँपालिकाले बताएको छ ।

थवाङ गाउँपालिकाले नागरिक सुरक्षित आवास अन्तर्गत काठको छानाका सट्टामा टिनको छाना लगाउन छनौट भएका १२१ घरमध्ये ५७ घरको छाना फेरिएको छ । यसका लागि सो गाउँपालिकाले २८ लाख ५० हजार खर्च गरिसकेको छ । वाँकी घरको पनि छाना फेर्नका लागि उसले चालु आर्थिक वर्षमा वजेट विनियोजन गरेको छ ।

फुसको छानो हटाएपछि आगोले जलेको घरमा जस्तापाताको मल्हम लगाएजस्तो भएको कुरा रोल्पा नगरपालिका ५ का कमल वुढाथोकीले बताए । फुसको छानाको घरमा पटक पटक आगलागीको समस्या भोगेको उनले वताए । “२÷३ वर्षको अन्तरालमा छाना फेरिरहनु पर्ने समस्याका साथै पानी चुहिने समस्या समेत भोग्दै आएका थियौं अहिले एकैपटक सवै समस्या हल भएको छ”– वुढाथोकीले भने ।

सशस्त्र युद्धका मृतक तथा वेपत्ता परिवारको घरमा पनि जस्तापाता

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरुका परिवारलाई समेत जस्तापाता वितरण गरिएको छ । सांसद सुरक्षित आवास कार्यक्रम अन्तर्गत पूर्वमन्त्री वर्षमान पुनको पहलमा जस्तपाता वितरण गरिएको हो । रोल्पामा यस कार्यक्रम अन्तर्गत तीन सय ६९ घरको छाना फेरिएको हो ।

पूर्व सभामुख ओनसरी घर्तीमगर अध्यक्ष रहेको रोल्पा फाउण्डेशन मार्फत वितरण गरिएको थियो । पालिकाको सिफारिसका आधारमा जस्तापाता वितरण गरिएको थियो ।

सशस्त्र युद्धका क्रममा रोल्पामा नौ यस ६९ को मृत्यु भएको थियो भने ३३ जना बेपत्ता भएका थिए । यसरी मृत्यु र वेपत्ता भएकाहरुका परिवारमध्ये करिव आधा जति फुसको छानामा वस्दै आएको वताईन्छ ।

विपन्नलाई आर्थिक भार

जस्तापाताका लागि बढीमा हरेक घरलाई ५० हजार दिइएको छ । अन्य खर्च नदिदा विपन्नहरुमाथि आर्थिक भार परेको छ । छाना फेर्नका लागि सरकारले दिने टिन भन्दा अन्य सामग्री महंगो भएको सेवाग्राहीको भनाई छ । सरकारले १८ हातको घरका लागि २५ पाता टिन दिएपनि अरु सवै खर्च ऋण गरेर जुटाए सुनछहरी गाउँपालिका ५ थनवाङकी ललिता विष्टले भनिन् । “छाना फेर्नका लागि काठ खरिद, किला काँटा तथा मिस्त्री खर्च गर्दा सरकारले दिएको भन्दा मेरो बढी खर्च भयो”– विष्टले भनिन् ।

कतिपय पालिकाले बील भर्पाइका आधारमा अन्तिम भुक्तानी दिने गरी लाभग्राहीसंग संझौता गरेका छन् । पहिलो किस्ता स्वरुप लाभग्राहीलाई पेश्की दिने गरिएको छ । अन्तिम भुक्तानी भने काम सकिएपछि मात्र दिने गर्दछन् । जस्ता पाता खरिदका लागि आधा बजेट आफैेले जुटाउनु पर्दा उनीहरुले समयमै काम नसक्ने र ऋणको बोझ बोक्नु पर्ने समस्या देखिएको छ । यो झन्झटिलो प्रकृयाले गर्दा संघीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम अपेक्षाकृत सफल हुन सकेको छैन । यसै हुनाले परिवर्तन गाउँपालिकामा हाल सम्म एक जनाले पनि फुसको छाना हटाएर टिनको छाना लगाएको भनी कार्यसम्पादन गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?