ट्रेंडिंग:

>> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

सुस्तामा ‘आमालाई शिक्षा’

१४ पुष २०७९, बिहीबार
१४ पुष २०७९, बिहीबार

नवलपरासी, १३ पुस ।

जिल्लाको सुस्ता गाउँपालिकाले पालिकाभित्रका प्राथमिक तथा आधारभुत विद्यालयहरुमा विद्यार्थीका आमालाई आमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । स–साना बालबालिकालाई घरदेखि विद्यालयसम्म र उनीहरुप्रति आमा अभिभावकले गर्ने ब्यवहार परिवर्तन गराउने उद्देश्य लिई विद्यालयमा आमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

असल विद्यार्थी बन्नका लागि घरबाटै असल बालबालिका बन्नु पर्छ, असल बालिका बन्नका लागि असल आमा हुनुपर्छ मान्यताका साथ यो कार्यक्रम सञ्चालन गरिएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । स–साना बालबालिकाहरु आमासँगै धेरै समय बिताउँछन् । उनी भन्छिन्, “विद्यालयका शिक्षकले सिकाउने कुरा भन्दा बालबालिकाहरु आमाले गर्ने ब्यवहारबाट धेरै कुरा सिक्ने गरेका छुन्छन् । त्यो भएर पहिला आमाले नै बालबालिकासँग कसरी ब्यवहार गर्ने कुरा सिकाउन आवश्यक छ ।” असल अभिभावकका लागि असल आमा बन्न जरुरी रहेको भन्दै उनी थप्छिन्, “आमाले सन्तानको जन्म दिएर मात्र पुग्दैन्, ती सन्तानलाई के बनाउने सपना पनि हेर्नुपर्छ, त्यही सपना अनुसार ब्यावहारिक कुरा पनि सिकाउनु पर्छ ।”

बुधवार सुस्ता ३ फेनहरा स्थित शुभकामना आधारभूत विद्यालयमा आमा शिक्षा कक्षाको उदघाटन गर्दै उपाध्यक्ष चौधरीले कक्षामा उपस्थित भएकी आमा अभिावकहरुलाई देखेर उत्साह पनि ब्यक्त गरेकी थिईन् । आफु बालबालिका हँुदा यतिको आमाहरु सक्रिय थिएनन्, तर अहिले विद्यालयसम्म आमा आउनु सकारात्मक लक्षण भएकोमा खुशी ब्यक्त गरेकी थिईन् । परीक्षणको रुपमा अहिले गाउँपालिकाका आधारभूत विद्यालयमा आमा अभिभावक शिक्षा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल बताउँछन् । “असल नागरिकले मात्र मुलुकमा परिवर्तन हुन्छ”–अधिकृत पौडेल भन्छन्, “असल नागरिकका लागि असल आमा र असल शिक्षक हुनु आवश्यक पर्छ । असल आमाले मात्र सही तरिकाले आफ्ना सन्ताको हेरचाह, लालनपालन गर्छिन्, असल शिक्षकले प्रगतिशिल शिक्षा दिन्छन् । त्यही भएर मुलुक बनाउन बालबालिकामै लगानी आवश्यक छ ।”

गाउँपालिकाको सिमित साधन स्रोतले आवश्यक जति शिक्षा क्षेत्रमा लगानी गर्न सकिरहेका छैनौ भन्दै उनी थप्छन्, “तर भौतिक पूर्वाधारतर्फ गाउँपालिकाले विगत भन्दा अहिले काम गरिरहेको छ, तर गुणस्तरीय शिक्षा पुर्याउन अझै पनि चुनौती नै छ ।” अहिले पाईलटिङको रुपमा केही विद्यालयमा यो आमा अभिभावक शिक्षा शुभारम्भ गरिएको छ, यसको प्रभावकारिता धेरै राम्रो देखिएको छ । अगामी दिनमा यसलाई सबै विद्यालय, सबै तह र सबै कक्षामा अध्ययनरत बालबालिकाका आमालाई आमा अभिभावक शिक्षा दिईने लक्ष्य रहेको छ ।

“बालबालिका शिक्षकसँग मात्र ६ घण्टा विताउछन्, तर तिनै बालबालिका आमासँग १८ घण्टा विताउने गरेका हुन्छन् । आमाले आफ्नो सन्तानलाई जे बनाउन चाह्यो, त्यही बनाउन सक्छिन्”–आमा अभिभावक शिक्षाका प्रशिक्षक रामप्रसाद पाण्डे बताउँछन् ।

तर आमालाई नै थाहा छैन कि आफ्ना सन्तानलाई के बनाउने ? कसरी बनाउने ? के भूमिका निर्वाह गर्ने ? त्यो सम्बन्धी ज्ञान र सिप नभएपछि आमाले पनि के गर्न सक्छिन् । त्यो भएर अहिले सुस्ता गाउँपालिकाले चलाएको यो आमा अभिभावक शिक्षा कार्यक्रमले आमाहरुलाई ज्ञान र सिपको विकास गर्ने उनी बताउँछन् । “आमा जब ज्ञानी र सिपयुक्त हुन्छिन्, तब सन्तानलाई ती ज्ञान र सिप सिकाई नै हाल्छिन् । संसारको कुनै पनि आमाले आफ्नो सन्तानको कुभलो सोच्ने खालकी हँुदैनन् । तर आफैलाई थाहा नहुने ती गाउँकी आमाले जे सिकेकी हुन्छिन्, त्यही कुरा सिकाउने गर्छिन् । सरकारलाई असल नागरिक चाहिएको छ, भने असल र दक्ष आमा बनाउन आवश्यक छ ।

पिस क्लब इन्टरनेशनल सस्थाले अहिले ती कार्यको जिम्मेवारी लिई सुस्तामा अभियान सञ्चालन भईरहेको छ । पहिलो चरणमा प्राथमिक तथा आधारभूत विद्यालयका आमालाई एक दिने अभिभावक शिक्षा प्रदान गर्दै छ । आमा अभिभावक शिक्षाले शिक्षकलाई पनि सहज बनाएको शुभकामना आधारभूत विद्यालयका प्रधानाध्यापक सुदामा विश्वकर्मा बताउँछन् । पहिला अभिभावक बोलाउँदा पनि नआउने तर आमा अभिभावक शिक्षामा सहभागी भए पश्चात विद्यालय र आ–आफ्ना बालबालिकाको अवस्था बुझ्न थालेका छन् । “यसले शिक्षकमा पढाउने उत्साह थपेको छ”–उनी भन्छन्, “यस्तो अभिभावक शिक्षा साता वा महिना महिनामा चलाउन आवश्यक देखिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?